Ntc summer Offer
Khabar Dabali २० आश्विन २०८१ आईतवार | 6th October, 2024 Sun
Investment bank

बारामा ६ हजार ४७२ हेक्टर धानबाली डुबानमा

खबरडबली संवाददाता

बारा । जिल्लामा ६ हजार ४७२ हेक्टर क्षेत्रको धानबाली डुबानमा परेको छ।

यही असोज १० देखि १२ गतेसम्म अविरल रूपमा परेको पानीसँगै खोलानालामा आएको बाढीले उक्त क्षेत्रमा लगाइएको धानबाली डुबानमा परेको कृषि ज्ञान केन्द्र बाराले जनाएको छ।

केन्द्रका प्रमुख राजनारायण साहले डुबानमा कुन–कुन बालीमा के–कति क्षति भएको बारेमा किसानसँग तथ्याङ्क लिने काम भइरहेको जानकारी दिए।

केन्द्रका प्रचार अधिकृत रामजीवन ठाकुरले यस वर्ष कुल बर्खेधान ४६ हजार २० हेक्टर क्षेत्रमा रोपाइँ गरिएको जानकारी दिए।

मधेस प्रदेश कृषि विकास निर्देशनालय जनकपुरका प्रमुख जितेन्द्र यादवका अनुसार प्रदेशका आठ जिल्लामा ४२ हजार ६९ हेक्टर क्षेत्रमा धानबाली डुबानमा परेको छ।

सोमध्ये बारामा मात्र कुल छ हजार चार सय ७२ हेक्टर डुबानमा पर्दा रु ७७ करोड ६६ लाख ४० हजार बराबर क्षति भएको अनुमान गरिएको उनले जानकारी दिए।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

विज्ञ भन्छन्- वित्तीय संघीयता कार्यान्वयन सरकारको प्राथमिकतामा परेन

काठमाडौँ । नेपालको संविधान २०७२ जारी भएर मुलुक संघीयतामा गएको लामो समय बितिसक्दा पनि अझै वित्तीय संघीयता कार्यान्वयन भने चुनौतीपूर्ण रहेको धारणा जानका...

विपद्पश्चात् संक्रमणजन्य रोग फैलिएको सूचना आएको छैन : स्वास्थ्य मन्त्रालय

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका कुनै पनि ठाउँबाट विपद्पश्चात् महामारीजन्य रोग फैलिएको जानकारीमा नआएको बताएको छ । मन्त्रालयका प्...

बाढीपीडित किसानको गुनासो- स्याहार्ने बेलाको धान बाढीले लग्यो, अब के गर्ने थाहा छैन

राजविराज । सप्तरी हनुमाननगर कङ्कालिनी नगरपालिका-१ कोशी ब्यारेजका भीमराज मण्डलले दुई बिघामा लगाएको धानखेती बाढीले बगायो । कोशी किनारमै मजदुरी गर्दै आएक...

पटक-पटक रोकिँदै आएको पत्रकार महासंघको निर्वाचन अब मंसिर २८ गते हुने

काठमाडौँ । नेपाल पत्रकार महासंघको प्रदेश तथा जिल्ला अध्यक्षहरूको राष्ट्रिय भेला गएराति भक्तपुरको मध्यपुरथिमिको बोडेमा सम्पन्न भएको छ। महासंघ केन्द्रीय...

बाढीपहिरो- दुई सय ४४ जनाको मृत्यु, १९ अझै बेपत्ता

काठमाडौ‌ । हालैको बाढीपहिरामा परी हालसम्म दुई सय ४४ जनाको मृत्यु भएको छ भने १९ जना बेपत्ता छन् । अन्य एक सय ७९ जना घाइते भएका छन् । गृह मन्त्रालयका...

रातभरका विस्फोटनले बेइरुतमा गुमेको निद्रा, लेबननमा नेपाली कति सुरक्षित ?

काठमाडौं । बिहीवार राति बेइरुतमा इजरेली हमला हुँदा झन्डै १५ वर्षदेखि लेबननमा काम गरिरहेकी कास्कीकी सरु गुरुङलाई आफू बसेको घरमा बम खसेको जस्तो लाग्यो। ...

आजदेखि खसीबोका र च्याङ्ग्राको बिक्री खुुला, कति तोकियोे मूल्य ?

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आजदेखि खसीबोका र च्याङ्ग्राको बिक्री खुुला गरेको छ। कम्पनीले प्रतिकेजी खसीबोकाको ६७० रुपियाँ मू...

अनुदान रकम पाएपछि महोत्तरीका उखु किसान मक्ख

महोत्तरी । चाडपर्व प्रारम्भ हुन लागेका बेला सकारबाट अनुदान रकम पाएपछि महोत्तरीका उखु किसान प्रसन्न छन् ।  राज्यबाट अनुदान पाउने कुनै आशाभरोसा नभएको स्...

बारामा ६ हजार ४७२ हेक्टर धानबाली डुबानमा

बारा । जिल्लामा ६ हजार ४७२ हेक्टर क्षेत्रको धानबाली डुबानमा परेको छ। यही असोज १० देखि १२ गतेसम्म अविरल रूपमा परेको पानीसँगै खोलानालामा आएको बाढीले ...

इजरायल र हिजबुल्लाहबीच युद्ध चर्किएपछि लेबनान छाडेर सिरिया जानेको लर्को

काठमाडौं । इजरायल र हिजबुल्लाहबीच जारी युद्धका बीच दुई लाखभन्दा बढी मानिस लेबनान छाडेर सिरिया गएका छन्। संयुक्त राष्ट्रसंघका अनुसार इजरायली हवाई आक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy