काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले काठमाडौंको थापाथलीस्थित परोपकार प्रसुति तथा स्त्रीरोग अस्पतालमा नवजात शिशुको वंशाणुगत रोगजन्य परीक्षण सेवाको उद्घाटन गरेका छन् ।
अस्पतालमा आयोजित कार्यक्रममा सेवाको उद्घाटन गर्दे मन्त्री पौडेलले हेर्दा सानोजस्तो देखिए पनि यो महत्वपूर्ण प्रयास भएको उल्लेख गरे । ‘बाल मृत्युदर कम गर्न हामीले धेरै काम गर्न बाँकी छ,’ उनले भने,‘बालबालिकाको मृत्युदर घटाउन र वंशाणुगत रोगको समयमै उपचार गर्नका लागि यो सेवा महत्वपूर्ण छ । ’
प्रसुति अस्पतालमा देशमै ख्याती कमाएको अस्पतालमा अरु सेवा पनि विस्तार गर्ने सोच मन्त्रालयको रहेको बताउँदै मन्त्री पौडेलले यो शुरुवात त्यसैको एक कडी भएको उल्लेख गरे ।
अस्पतालले २० शैय्या आइसीयु थप्न लागेको भन्दै मन्त्री पौडेलले यसले अति आवश्यक मातृ शिशुका लागि धेरै राहत दिने विश्वास गरे ।
मन्त्री पौडेलले अस्पतालमा जनशक्ति पर्याप्त नभएको गुनासो सुनेको भन्दै आफू मन्त्रालय आउनासाथ त्यसको समाधानका लागि प्रयास थालेको र तत्कालका लागि छात्रवृत्तिमा अध्ययन गरेका चिकित्सकलाई खटाउने घोषणा गरे ।
मन्त्री पौडेलले अस्पतालमा गर्भवती महिलाका लागि मासिक परामर्शसम्बन्धी वहिरंग सेवाको समेत उद्घाटन गरे । उनले भने, मातृशिशुको स्वास्थ्य सुधारका लागि कसरी सेवा बढाउन सकिन्छ हामी लागिरहेका छौं । सबै क्षेत्र मिलेर मात्र यो सम्भव छ । म यस क्षेत्रमा क्रियाशिल सबैलाई सहकार्यका लागि आग्रह गर्दछु ।
मन्त्रालयका सचिव हरि मैनालीले अस्पतालको सेवा मातृ शिशु मृत्युदर घटाउन राम्रो थालनी भएको भन्दै आवश्यक सहयोगका लागि मन्त्रालय तयार रहेको बताए ।
अस्पताल निर्देशक डा श्रीप्रसाद अधिकारीले अकालमृत्यु बाट जोगाउने उद्देश्यले हाल परीक्षणका रुपमा सेवा थालेको भन्दै पाँच प्रकारका वंशाणुगत रोगको जन्मनासाथ परीक्षण र उपचार गरिने जानकारी दिए ।
देशमा २१ प्रतिहजार नवजात शिशुको मृत्यु दर रहेकामा यस्तो सेवा विस्तार गर्न सकिएमा कम गर्न सकिने उनले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आश्विन २० गते, २०८१ - १५:५५
सिन्धुलीमाढी। सिन्धुली जिल्लामा आइतबारसम्म हालैको बाढीपहिरोबाट प्रभावित ३९१ घर परिवारले राहत सामग्री पाएका छन्। ती मध्ये आइतबार मात्रै खुर्कोटमा स...
आश्विन २० गते, २०८१ - १५:३५
काठमाडौं । लामो समयदेखि मारबाडी सेवा समिति नेपालले सस्तोमा भाडामा लिएर एकलौटी रुपमा मनोमानी सञ्चालन गर्दै आएको आरोप लागेको पशुपति क्षेत्रमा रहेको धर्म...
आश्विन २० गते, २०८१ - १४:५४
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतलाई पद तथा गोपनीयताको शपथ गराएको छन् । राष्ट्रपति भवन शीतल निवासमा...
आश्विन २० गते, २०८१ - १४:४२
रौतहट । चन्द्रपुर नगरपालिका-१० स्थित सडकबाट नेपाली एक हजार दरका ४७ थान नक्कली नोट सहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूम...
आश्विन २० गते, २०८१ - १४:३४
काठमाडौँ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले दैनिक आयात गरिने सुनको कोटा बढाउन सरकार तयार रहेको बताएको छन् । नेपाल रत्न तथा आभूषण सङ्...
आश्विन २० गते, २०८१ - १३:५१
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले काठमाडौंको थापाथलीस्थित परोपकार प्रसुति तथा स्त्रीरोग अस्पतालमा नवजात शिशुको वंशाणुगत रोगजन्य...
आश्विन २० गते, २०८१ - १३:२९
बाँके। राष्ट्रिय प्रजातान्त्र पार्टीका महामन्त्री तथा प्रतिनिधिसभा सदस्य डा। धवलशम्शेर राणालाई क्यान्सर भएको पुष्टि भएको छ । भारतको मुम्बईमा उपचारको क...
आश्विन २० गते, २०८१ - १३:०९
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले तत्काल लाभग्राहीहरुको विवरण पठाउन सम्बन्धित जिल्लाका जिल्ला प्रशासन कार्यालय र जिल्ला सुरक्षा समितिलाई निर्देशन दिएक...
आश्विन २० गते, २०८१ - १३:०१
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नेपाल बैँक लिमिटेडबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि दुुई करोड रुपियाँको चेक हस्तान्तरण भएको ...
आश्विन २० गते, २०८१ - १२:५४
जनकपुर। मिथिलाञ्चलमा झिझिया नृत्युको रौनक जारी छ । मिथिला क्षेत्रमा गरिने लोक नृत्यहरुमध्ये झिझिया एक विशिष्ट प्रकृतिको नृत्य हो । दशैँको आगमनसँगै...
प्रतिकृया लेख्नुहोस्: