बैंकक । थाइल्यान्डको लोकप्रिय पर्यटकीय स्थल च्याङ माईमा आएको आकस्मिक बाढीमा डुबेर दुई हात्तीको मृत्यु भएको उनीहरूको आश्रयदाताले आइतबार बताएका छन् । बाढीका कारण स्थानीय अधिकारीहरूले पर्यटकहरूलाई होटलहरूबाट खाली गराए र सहरको केन्द्रमा रहेका पसलहरू बन्द गरेका छन् ।
दादा नाम बताउने कर्मचारीले च्याङ माई प्रान्तको एलिफेन्ट नेचर पार्कमा रहेका एक सयभन्दा बढी हात्तीलाई तीव्र गतिमा बढिरहेको बाढीको पानीबाट उच्च स्थानमा सारिएको बताए । यद्यपि स्थानीय सञ्चारमाध्यमहरूका अनुसार १६ वर्षीया फहसाई र ४० वर्षीय प्लोइथोन (अन्धो) नामक दुई हात्ती शनिबार मृत फेला परेका थिए ।
“मेरो सबैभन्दा खराब सपना त्यतिबेला सत्य भयो जब मैले आफ्ना हात्तीहरू पानीमा तैरिरहेको देखेँ”, आगामी वर्षको मनसुनअगावै उनीहरूलाई उच्च स्थानमा सार्ने प्रतिबद्धता जनाउँदै उत्तरी थाइल्यान्डमा एलिफेन्ट नेचर पार्कका निर्देशक सेन्दुएन चाइलर्टले स्थानीय सञ्चारमाध्यमलाई भने, “म फेरि यस्तो हुन दिन्नँ, म उनीहरूलाई यस्तो बाढीबाट पुनः भाग्न लगाउँदिन ।”
च्याङ माई सहरको केन्द्रमा मानिसहरू राति बजारमा घुँडासम्म आउने हिलो पानीमा हिँडिरहेका थिए । अहिले बन्द गरिएको केन्द्रीय रेल स्टेसनमा पानी पसेको छ । पर्यटकहरूलाई होटलहरूबाट खाली गर्न बाध्य बनाइयो । एक स्थानीय टेलिभिजन स्टेसनले एक भिक्षुलाई बाढीको पानीबाट शव बोकेर दाहसंस्कार स्थलमा लगिरहेको देखाएको थयो ।
जिल्ला कार्यालयका अनुसार हालैको भारी वर्षाका कारण पिङ नदीको सतह ‘सङ्टकपूर्ण’ स्तरमा पुगेपछि उत्तरी थाइल्यान्डका केही भागमा ठूलो बाढी आएको छ । पानीको सतह शनिबार उच्च विन्दुमा पुगेको थियो र आइतबार केही कम भएको थियो ।
सेप्टेम्बरको सुरुमा यागी आँधीले थाइल्यान्डको उत्तरी प्रान्त ठूलो बाढीको चेपटामा परेको थियो । एउटा जिल्लामा ८० वर्षमा सबैभन्दा विनाशकारी बाढी आएको बताइएको छ । हाल २० प्रान्तमा बाढी आएको प्रकोप रोकथाम तथा न्यूनीकरण विभागले आइतबार बताएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: