Ntc summer Offer
Khabar Dabali २० आश्विन २०८१ आईतवार | 6th October, 2024 Sun
Investment bank

बाढीमा परी उत्तरी थाइल्यान्डमा दुई हात्तीको मृत्यु

खबरडबली संवाददाता

बैंकक । थाइल्यान्डको लोकप्रिय पर्यटकीय स्थल च्याङ माईमा आएको आकस्मिक बाढीमा डुबेर दुई हात्तीको मृत्यु भएको उनीहरूको आश्रयदाताले आइतबार बताएका छन् । बाढीका कारण स्थानीय अधिकारीहरूले पर्यटकहरूलाई होटलहरूबाट खाली गराए र सहरको केन्द्रमा रहेका पसलहरू बन्द गरेका छन् । 

दादा नाम बताउने कर्मचारीले च्याङ माई प्रान्तको एलिफेन्ट नेचर पार्कमा रहेका एक सयभन्दा बढी हात्तीलाई तीव्र गतिमा बढिरहेको बाढीको पानीबाट उच्च स्थानमा सारिएको बताए । यद्यपि स्थानीय सञ्चारमाध्यमहरूका अनुसार १६ वर्षीया फहसाई र ४० वर्षीय प्लोइथोन (अन्धो) नामक दुई हात्ती शनिबार मृत फेला परेका थिए । 

“मेरो सबैभन्दा खराब सपना त्यतिबेला सत्य भयो जब मैले आफ्ना हात्तीहरू पानीमा तैरिरहेको देखेँ”, आगामी वर्षको मनसुनअगावै उनीहरूलाई उच्च स्थानमा सार्ने प्रतिबद्धता जनाउँदै उत्तरी थाइल्यान्डमा एलिफेन्ट नेचर पार्कका निर्देशक सेन्दुएन चाइलर्टले स्थानीय सञ्चारमाध्यमलाई भने, “म फेरि यस्तो हुन दिन्नँ, म उनीहरूलाई यस्तो बाढीबाट पुनः भाग्न लगाउँदिन ।”

च्याङ माई सहरको केन्द्रमा मानिसहरू राति बजारमा घुँडासम्म आउने हिलो पानीमा हिँडिरहेका थिए । अहिले बन्द गरिएको केन्द्रीय रेल स्टेसनमा पानी पसेको छ । पर्यटकहरूलाई होटलहरूबाट खाली गर्न बाध्य बनाइयो । एक स्थानीय टेलिभिजन स्टेसनले एक भिक्षुलाई बाढीको पानीबाट शव बोकेर दाहसंस्कार स्थलमा लगिरहेको देखाएको थयो । 

जिल्ला कार्यालयका अनुसार हालैको भारी वर्षाका कारण पिङ नदीको सतह ‘सङ्टकपूर्ण’ स्तरमा पुगेपछि उत्तरी थाइल्यान्डका केही भागमा ठूलो बाढी आएको छ । पानीको सतह शनिबार उच्च विन्दुमा पुगेको थियो र आइतबार केही कम भएको थियो । 

सेप्टेम्बरको सुरुमा यागी आँधीले थाइल्यान्डको उत्तरी प्रान्त ठूलो बाढीको चेपटामा परेको थियो । एउटा जिल्लामा ८० वर्षमा सबैभन्दा विनाशकारी बाढी आएको बताइएको छ । हाल २० प्रान्तमा बाढी आएको प्रकोप रोकथाम तथा न्यूनीकरण विभागले आइतबार बताएको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चार सय पोस्ट ग्रयाजुएट विद्यार्थी कोटा थप्ने गरी न्याम्समार्फत शिक्षक दरबन्दी थपिँदै

काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) ले प्रतिष्ठानअन्र्तगतका सरकारी मेडिकल तथा नर्सिङ कलेजमा पोस्ट ग्रयाजुएट चिकित्सक तथा नर्स अ...

प्रधानमन्त्री ओलीलाई माओवादी केन्द्रको ध्यानाकर्षण

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेकपा (माओवादी केन्द्र) ले बाढी, पहिरो, डुबानका कारण उत्पन्न जोखिमलाई न्यूनीकरण र घटनालगत्तै खोज, उद्धार र ...

राप्तीसोनारीमा वर्षाले धानबालीमा क्षति

बाँके । बाँकेको राप्तीसोनारी गाउँपालिकामा गएराति परेको अविरल वर्षाले भित्राउने बेलाको धानबालीमा क्षति पुर्‍याएको छ । यसअघि हावाहुरीले ढालेको धान काटेर...

आइएमइ ग्रुपबाट उद्धार कोषमा पाँच करोड हस्तान्तरण

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि ग्लोबल आइएमइ बैङ्क, आइएमइ ग्रुप र आबद्ध कम्पनीका तर्फबाट  पाँच ...

बाढीमा परी मृत्यु भएकाका परिवारलाई राहत रकम प्रदान

बरहथवा । बाढी तथा डुबानमा परेर ज्यान गुमाएका सर्लाहीको बलरा नगरपालिकाका दुई परिवारलाई राहत रकम हस्तान्तरण गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समितिका स...

एनपीएलमा आरिफ र अविनास सुदूरपश्चिमबाट खेल्ने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) का लागि नेपाली राष्ट्रिय क्रिकेट टिमका ब्याट्सम्यान आरिफ शेख सुदूरपश्चिम रोयल्समा आवद्ध भएका छन् । आइतबार भएको ...

हेलिकोप्टर प्रयोग गरेर भए पनि राहत वितरणलाई प्रभावकारी बनाउन गृहमन्त्रीको निर्देशन

काठमाडाैं । गृहमन्त्री रमेश लेखकले खोज, उद्धार र राहत वितरणलाई प्रभावकारी बनाउन निर्देशन दिएका छन् । जिल्ला प्रशासन कार्यालय, ललितपुरमा आइतबार बसेको ज...

लेबनान र इजरायलका नेपालीलाई आवश्यक सहयोग गर्न परराष्ट्रमन्त्रीकाे निर्देशन

काठमाडाैं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले इजरायल र लेबनानमा रहेका नेपालीहरुको अवस्थाबारे जानकारी लिएर ‘अपडेट’ भइरहन त्यहाँस्थित नेपाली दूतावा...

नेपाली सेनाद्वारा सुनकोशी नदीमा बेलिब्रिज जडान कार्य सुरु

काठमाडाैं । नेपाली सेनाले सुनकोशी नदीमा बेलिब्रिज जडान कार्य सुरु गरेको छ ।  सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ खुर्कोट र रामेछापको मन्थली नगरपालिका–...

गाजास्थित मस्जिदमा भएको इजरायली आक्रमणमा २१ जनाको मृत्यु

गाजा । गाजाको नागरिक सुरक्षा निकायले आइतबार मध्य देइर अल–बालाहमा रहेका एक मस्जिद परिसरमा भएको इजरायली आक्रमणमा २१ जनाको मृत्यु भएको जनाएको छ ।  मस्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy