Ntc summer Offer
Khabar Dabali ३० आश्विन २०८१ बुधबार | 16th October, 2024 Wed
Investment bank

भदौ महिनामा उपभोक्ता मूल्यवृद्धि ३.८५ प्रतिशत: राष्ट्र बैंक

खबरडबली संवाददाता

काठमाडौं । भदौ महिनामा उपभोक्ता मूल्य वृद्धिदर (मुद्रास्फीति) ३.८५ प्रतिशत कायम रहेको राष्ट्र बैंकले जनाएको छ । 

मंगलबार राष्ट्र बैंकले सार्बजनिक गरेको रिपोर्टका अनुसार गत वर्षको सोही महिनाको तुलनामा मुद्रास्फीति घटेको हो । गत वर्ष सोहि महिनामा यस्तो मूल्यवृद्धि ८.१९ प्रतिशत रहेको थियो । सो अवधिमा खाद्य तथा पेयपदार्थ समूहको मूल्य वृद्धिदर ५.०३ र गैरखाद्य तथा सेवा समूहको ३.१९ प्रतिशत रहेको रिपोर्टमा उल्लेख छ । गत वर्ष सोही अवधिमा यी समूहहरुको मूल्यवृद्धि क्रमशः ९.७७ प्रतिशत र ७.१९ प्रतिशत रहेको थियो । 

गत भदौमा खाद्य तथा पेयपदार्थ समूहअन्तर्गत दाल तथा गेडागुडी उपसमूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक १०.८०, तरकारीको ९.८४, खाद्य तथा खाद्यजन्य पदार्थको ९.३४ र फलफूलको ४.९४ प्रतिशतले बढेको छ । तर, मरमसला उपसमूहको वार्षिक विन्दुगत मूल्य सूचकांक २.६९ प्रतिशतले घटेको छ । 

त्यस्तै गैरखाद्य तथा सेवा समूहअन्तर्गत विविधवस्तु तथा सेवा उपसमूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक ८.७१, मदिराजन्य पेय पदार्थको ६.७६, कपडाजन्य तथा जुत्ताचप्पलको ६.०८ र घरायसी उपकरणको ४.८८ प्रतिशतले बढेको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मुस्ताङमा कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मुस्ताङ । मुस्ताङमा आज साँझ सवारी दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । मृत्यु हुनेमा गोरखा आरुघाट गाउँपालिका वडा नं ९ आरुचनौटेका ३२ वर्षीय सञ्जय खड्...

भक्तपुरबाट तीन राउण्ड गोली र पेस्तोलसहित एकजना पक्राउ

भक्तपुर । जिल्ला प्रहरी परिसर भक्तपुरले लोड गरिएको तीन राउण्ड गोली र एक थान पेस्तोलसहित मंगलबार एक जनालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा काभ्रेपल...

प्रतिकूल मौसमका कारण लुक्लामा दुई दिनदेखि उडान ठप्प

सोलुखुम्बु । प्रतिकूल मौसमका कारण सोलुखुम्बुको तेन्जिङ हिलारी विमानस्थल लुक्लामा दुई दिनदेखि उडान ठप्प छ ।  मौसममा आएको परिवर्तनका कारण सोमबारबाट क...

एमालेप्रति विश्वप्रकाशको टिप्पणी:कांग्रेसले बनाएको कार्यालयप्रति सबै सदस्यको मन जोडिएको छ

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेकपा एमालेले भाटभटेनीका संचालक मीन बहादुर गुरुङको सहयोगमा उनको जमिनमा पार्टी कार्यलय बनाउ...

स्वास्थ्यमन्त्री पौडेलद्वारा बालबालिकाको क्यान्सर रोक्न निःशुल्क खोप माग

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले विश्वव्यापी खोप अलाएन्स गाभीका कार्यकारी अधिकृत सानिया निस्तारसँग भेट गरेका छन् ।  भेटमा उ...

भारतमा आज पाँच विमानमा बमको धम्की

काठमाडौं । भारतमा मंगलबार चारवटा विमानमा बमको धम्की दिइएको छ । जसमा दिल्लीबाट शिकागो गइरहेको एयर इन्डियाको विमानमा बम रहेको बताइएको छ । त्यसपछि उडान क...

नेपालद्वारा शान्ति सेनामाथि लेबनानमा भएको इजरायली आक्रमणको निन्दा

काठमाडौं । नेपालले शान्ति सैनिकमाथि लेबनानमा भएको इजरायली आक्रमणको कडा निन्दा गरेको छ । नेपालसहित राष्ट्रसङ्घीय शान्ति मिसनमा संलग्न ३४ देशले सोमबार स...

तीन सय ८६ जनामा स्क्रब टाइफस

चितवन । यहाँ विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये तीन सय ८६ जनामा स्क्रब टाइफसको सङ्क्रमण देखिएको छ । साउनयता दुई हजार १४४ जनाको परीक्षणका ...

भदौ महिनामा भित्रियो दुई खर्ब ६३ अर्ब विप्रेषण

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को भदौ महिनामा रु दुई खर्ब ६३ अर्ब १४ करोड विप्रेषण भित्रिएको छ । समीक्षा अवधिमा विप्रेषण आप्रवाह १५ दशमलव दुई प्र...

एम्बाप्पेमाथि स्विडेनमा बलात्कारको आरोप !

काठमाडौं । रियल म्याड्रिडका फ्रेन्च स्ट्राइकर किलीयन एम्बाप्पेमाथि बलात्कारको आरोप लागेको छ ।  रिपोर्टका अनुसार हालै स्विडेन पुगेका एम्बाप्पेमाथि स...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy