काठमाडौं । कात्तिक १ देखि १४ गतेसम्म दशरथ रङ्गशालामा आयोजना हुने महिला साफ च्याम्पियनसिपमा भाग लिन बङ्गलादेश र श्रीलङ्का टोली मङ्गलबार काठमाडौं आइपुगेको छ । दुवै टोलीलाई अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का पदाधिकारीले स्वागत गरे ।
च्याम्पियनसिपमा भाग लिन यसअघि पाकिस्तान टोली आइतबार र माल्दिभ्स सोमबार काठमाडौं आइपुगेको छ । एन्फाका अनुसार भारत र भुटान टोली बुधबार आउने बताइएको छ । दक्षिण एसियाका सात देशबिच हुने प्रतियोगिताको उद्घाटन खेलमा समूह ‘ए’ मा रहेको पाकिस्तान र भारतबिच प्रतिस्पर्धा हुनेछ ।
यस समूहमा अर्को टोली बङ्गलादेश रहेको छ । समूह ‘बी’ मा नेपालसहित माल्दिभ्स, भुटान र श्रीलङ्का रहेको छ । नेपालले कात्तिक २ गते भुटानसँग खेल्दै च्याम्पियनसिपको सुरुवात गर्नेछ । नेपालले साफका लागि एन्जिला तुम्बापो सुब्बाको कप्तानीमा २३ सदस्यीय खेलाडी टोली घोषणा गरिसकेको छ । टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले महिला लिगमा उत्कृष्ट प्रदर्शन गरेका तथा देश बाहिर रहेका सावित्री भण्डारी ‘साम्बा’ र रेखा पौडेललाई समेट्दै टोली घोषणा गरेका छन् ।
घरेलु मैदानमा हुने साफको उपाधि चुम्ने लक्ष्य राखेको नेपाली टोलीमा कप्तान एन्जिलासँगै अन्जना रानामगर, उषा नाथ, गीता राना, अमृता जैसी, समीक्षा घिमिरे, निशा थोकर, पूजा राना, विमला विक, हिरा कुमारी भुजेल, रेनुका नगरकोटे, प्रीति राई, सरु लिम्बु, दीपा शाही, सविता राना मगर, अनिता बस्नेत, अमिषा कार्की, विमला चौधरी, सावित्री भण्डारी, रेखा पौडेल, रश्मि कुमारी घिसिङ, अनिता केसी र सजनी थोकर छन् ।
नेपालले लगातार तेस्रो पटक महिला साफ आयोजना गर्न लागेको हो । नेपालले यसअघि सन् २०१९ मा विराटनगरमा र दुई वर्षअघि काठमाडौंमा महिला साफआयोजना गरेको थियो । यसअघिका ६ संस्करणमा पाँच पटक फाइनल पुगेको नेपालले उपाधि भने जित्न सकेको छैन । सन् २०१० देखि सुरु भएको महिला साफमा नेपाल सन् २०१६ को चौथो संस्करण बाहेक सबैमा फाइनल पुगेको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ३ गते, २०८२ - २०:२५
कास्की । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजनीतिक स्थिरताका लागि आउँदो फागुन २१ गतेको निर्वाचनलाई सबै मिलेर सफल बनाउनुपर्नेमा...
पौष ३ गते, २०८२ - २०:२२
काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदका प्रत्याशी ईश्वर पोखरेलले नवनिर्वाचित नेतृत्वलाई सामूहिक नेतृत्व र लोकतान्त्रिक पद्...
पौष ३ गते, २०८२ - २०:१६
काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक शुक्रबारका लागि बोलाइएको छ। नवनिर्वाचित सचिव डा. रा...
पौष ३ गते, २०८२ - १९:१५
विराटनगर । सात वर्षअघि सङ्खुवासभा छोडेर मोरङको सुन्दरहरैँचा नगरपालिका पुगेका खेमराज कटेल आज एक सफल किसानको रूपमा परिचित छन् । यसअघि व्यावसायिक खेतीको ...
पौष ३ गते, २०८२ - १९:०९
चितवन । चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि बाघ गणना सुरु गरिएको छ । बाघ गणनाका लागि यही पुस १ र २ गते तालिम दिएपछि एक सय ५० जना गणकहरू आजदेखि कार्यक्षेत...
पौष ३ गते, २०८२ - १९:०६
सप्तरी । पूर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको रुपनी गाउँपालिका ६ विरेन्द्र बजारमा बिहीवार इन्धन बोक्ने ट्याङ्करले ठक्कर दिँदा एक जना बालकको मृत्यु ...
पौष ३ गते, २०८२ - १९:०२
काठमाडौँ । हिमाली जिल्ला सोलुखुम्बुको सोताङ गाउँपालिका–२ र ५ मा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरमा परीक्षण गर्न आएका बिरामीमध्ये अधिकांशमा उच्च रक्तच...
पौष ३ गते, २०८२ - १८:५९
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय, प्रदेश र संघीय तहका स्वतन्त्र जनप्रतिनिधिहरूसँग समन्वय गर्न 'स्वतन्त्र जनप्रतिनिधि समन...
पौष ३ गते, २०८२ - १८:५७
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले वैदेशिक रोजगारीका नाममा हुने ठगी नियन्त्रण गर्न केन्द्रीय अनुसन्धान ब्यूरो ...
पौष ३ गते, २०८२ - १८:१७
काठमाडौं । नेकपा एमालेको एघारौं महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । शपथग्रहण कार्यक्रम राजधानी...




प्रतिकृया लेख्नुहोस्: