Khabar Dabali २६ फाल्गुन २०८२ मंगलवार | 10th March, 2026 Tue
Investment bank

वीरगन्ज नाकाबाट हुने आयात लयमा फर्कियो, व्यापार र उद्योग अझै फर्किएन

खबरडबली संवाददाता

पर्सा। मधेश आन्दोलनको क्रममा भएको वीरगन्ज भन्सार लक्षित धर्ना र भारतीय अघोषित नाकाबन्दीले वीरगन्जका दुईवटा भन्सार नाकाबाट हुने आयातमा निकै ठुलो सङ्कुचन देखापर्‍यो । यहाँका दुई भन्सार नाकाबाट हुने आयात आव २०७२/७३ मा ३५ प्रतिशतको हाराहारीमा खुम्चिएको थियो ।

भन्सार विभागको आव २०७२/७३ को तथ्याङ्कअनुसार कुल सात खर्ब ७४ अर्ब ७१ करोड मूल्य बराबरको वस्तु तथा सामान आयात भएर नेपाल भित्रिएको थियो । सो वर्ष असोजदेखि माघसम्म चलेको मधेस आन्दोलन र अघोषित नाकाबन्दीको कारणले कुल आयातमा वीरगन्ज भन्सार कार्यालयको हिस्सा २३ दशमलव ५० र यहाँकै अर्को सुक्खा बन्दरगाह भन्सार कार्यालयको हिस्सा भने १२ दशमलव २३ प्रतिशत रह्यो ।

आन्दोलनका कारणले नाका बन्द भएसँगै यहाँबाट हुने आयात मात्रै खुम्चिएन, यहाँबाट हुने आयात पनि भैरहवा भन्सार कार्यालयतर्फ सरेको थियो । सोही वर्ष भैरहवा भन्सार कार्यालयबाट कुल आयातको २४ दशमलव ०७ अर्थात् रु एक खर्ब ८६ अर्ब ४८ करोड मूल्य पर्ने वस्तु तथा सामान भित्रिएको थियो ।

संविधान जारी भएको नौ वर्षपछि भने वीरगन्ज भन्सार कार्यालय हुँदै आउने कुल आयातको सामानमा भने फेरि पहिलाकै जस्तै गुल्जार देखिएको छ । अहिले वीरगन्जका दुई ठुला भन्सार नाकाबाट कुल आयातको झन्डै ५० प्रतिशतको हाराहारीमा वस्तु तथा सामान आयात हुँदै आइरहेको छ ।

मधेश आन्दोलन र नाकाबन्दीले आयातमा खुम्चिएको वीरगन्ज भन्सार र सुक्खा बन्दरगाह भन्सारबाट आव २०८०/८१ मा आइपुग्दा कुल रु १५ खर्ब ९२ अर्ब आठ करोडको आयातमध्ये वीरगन्ज भन्सारको योगदान ३४ दशमलव ३० प्रतिशत र सुक्खा बन्दरगाहको योगदान १२ दशमलव ७८ रहेको छ । कुल आयातमा भैरहवा भन्सार कार्यालयको योगदान भने १५ दशमलव २३ प्रतिशत रहेको छ । 

वीरगन्ज उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष हरि गौतमले संविधान जारी भएसँगै भएको मधेस आन्दोलन र अघोषित नाकाबन्दीपछि आयात पुरानै लयमा फर्किए पनि उद्योग र व्यापार व्यवसायमा सुधार नआएको बताए। “वीरगन्जमा सुविधा सम्पन्न सुक्खा बन्दरगाह र एकीकृत जाँच चौकीलगायत पूर्वाधारका कारणले यहाँबाट हुने आयात पुरानै अवस्थामा फर्किसकेको छ,” उनले भने, “संविधान जारी भएसँगै भएको आन्दोलनको कारणले विस्थापित भएका उद्योगी, व्यवसायी र बजार भने अझै फर्किन सकेको छैन ।”

वरिष्ठ उपाध्यक्ष गौतम मधेस आन्दोलनपछि वीरगन्ज केन्द्रित रहेका उद्योगधन्दा बिस्तारै बारा र हेटौँडातर्फ बिस्तारै सर्ने क्रम बढेको पनि गुनासो व्यक्त गर्नुहुन्छ । “वीरगन्ज भन्सार कार्यालयबाट हुने सवारीसाधनको आयात पनि भैरहवा भन्सार कार्यालयतर्फ सरेको देखिन्छ,” उनले भने, “राजनीतिक स्थायित्व र उद्योगमैत्री वातावरणले पनि ठुलो अर्थ राख्ने रहेछ ।”

वीरगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत राजेन्द्र ढुङ्गानाले कुल आयातमध्ये एक तिहाइभन्दा धेरै आयात वीरगन्ज भन्सार कार्यालय  हुने बताउनुहुन्छ । “कुल आयातमध्ये वीरगन्जबाट हुने आयातको योगदान सन्तोषजनक नै देखिन्छ,” उनले भने, “कुन वस्तु तथा सामान कहाँबाट आयात गर्ने भन्ने कुरा नितान्त व्यापारी तथा व्यवसायीमा निर्भर हुने गर्छ ।” उहाँका अनुसार वीरगन्ज भन्सार कार्यालय हुँदै मुख्य गरी पेट्रोलियम पदार्थ, औद्योगिक कच्चापदार्थ र सवारीसाधन आयात  धेरै हुने गर्छ ।

भन्सार विभागको तथ्याङ्कअनुसार आव २०७३/७४ सालदेखि नै वीरगन्जका दुवै भन्सार कार्यालयबाट हुने आयातमा उल्लेखनीय सुधार भएको देखिन्छ । सो आवमा रु नौ खर्ब ८४ अर्ब ३० करोड आयातमध्ये वीरगन्ज भन्सार कार्यालयको योगदान ३४ दशमलव १२ प्रतिशत रह्यो भने सुक्खा बन्दरगाह कार्यालयको भने ११ दशमलव ७६ प्रतिशत रह्यो । सोही आवमा भैरहवा भन्सारको भने १८ दशमलव ५५ प्रतिशत रह्यो ।

यस्तै, आव २०७४/७५ मा पनि नेपालमा १२ खर्ब ४५ अर्ब १० करोड मूल्य पर्ने सामान आयात भएको देखिन्छ । यसमा वीरगन्ज भन्सार र सुक्खा बन्दरगाहको हिस्सा क्रमश: ३३ दशमलव ८९ र १० दशमलव ४९ प्रतिशत रह्यो । जसमा भैरहवा भन्सारको योगदान भने १७ दशमलव ९९ प्रतिशत थियो ।

विभागका अनुसार आव २०७५/७६ मा रु १४ खर्ब १८ अर्ब ५३ मूल्य पर्ने वस्तु तथा सामान विदेशी मुलुकबाट भित्रियो । जसमा वीरगन्ज भन्सारको योगदान ३४ दशमलव ७३ प्रतिशत, भैरहवा भन्सारको योगदान १६ दशमलव ९२ र सुक्खा बन्दरगाहको योगदान भने १० दशमलव ९२ प्रतिशत रह्यो ।

वि.सं. २०७६ चैतको पहिलो सातादेखि कोभिड– १९ को महामारी नियन्त्रण गर्न भन्दै गरिएको बन्दाबन्दीको कारणले पनि अघिल्लो वर्षको तुलनामा मुलुकभरिको समग्र आयातमा नै सङ्कुचन आयो । सो आवमा रु ११ खर्ब ९६ अर्ब ७९ करोड मूल्य बराबरका वस्तु तथा सामान नेपाल भित्रिएको थियो । कुल आयातमध्ये वीरगन्ज भन्सार नाका हुँदै ३४ दशमलव ३७ प्रतिशत भयो । त्यस्तै, सुक्खा बन्दरगाह हुँदै भने १३ दशमलव ८४ प्रतिशत र भैरहवा हुँदै भने १६ दशमलव ६१ प्रतिशत आयात भएको देखिन्छ ।

कोभिड–१९ को महामारीको कारणले सङ्कुचित आयात आव २०७७/७८ मा भने उल्लेखनीय सुधार हुँदै रु १५ खर्ब ३९ अर्ब ८३ करोड ७० लाख ६८ हजार बराबरको वस्तु तथा सामान आयात भयो । कुल आयातमध्ये वीरगन्ज भन्सार नाका हुँदै एक तिहाइ अर्थात् ३३ दशमलव २३ प्रतिशत रह्यो । सुक्खा बन्दरगाह हुँदै भने कुल आयातको १२ दशमलव ३० प्रतिशत र भैरहवा भन्सार नाकाबाट कुल आयातको १८ दशमलव २९ प्रतिशत आयात भएको देखिन्छ ।

कोभिड–१९ को असर र प्रभाव कम भएसँगै आव २०७८/७९ मा रु १९ खर्ब २० अर्ब ४४ करोड ८३ लाख ४९ हजार बराबरको आयात भयो । जसमा वीरगन्ज भन्सार कार्यालय हुँदै ३६ दशमलव ७८ प्रतिशत अर्थात् रु सात खर्ब छ अर्ब ३८ करोड ७९ लाख ६७ हजार बराबरको आयात भयो । त्यस्तै, सुक्खा बन्दरगाह हुँदै कुल आयातको ११ दशमलव ३५ प्रतिशत अर्थात् रु दुई खर्ब १७ अर्ब ९८ करोड ३४ लाख ३० हजारको आयात भयो । त्यस्तै, भैरहवा भन्सार कार्यालयबाट भने कुल आयातको १५ दशमलव ४० प्रतिशत अर्थात् रु दुई खर्ब ९५ अर्ब ६७ करोड १० लाख ५१ हजार बराबरको आयात भएको थियो ।

विभागको तथ्याङ्कअनुसार आव २०७९/८० मा रु १६ खर्ब ११ अर्ब ७३ करोड १७ लाख ७० हजार कुल आयात भएको थियो । कुल आयातमध्ये वीरगन्ज भन्सार हुँदै ३६ दशमलव ८२ प्रतिशत भयो । त्यस्तै, सुक्खा बन्दरगाह भन्सार कार्यालय हुँदै कुल आयातको १२ दशमलव ५५ प्रतिशत र भैरहवा भन्सारबाट भने कुल आयातको १५ दशमलव १९ प्रतिशत आयात भएको देखिन्छ ।

नेपाल उद्योग वाणिज्य सङ्घ मधेश प्रदेशका अध्यक्ष कुमार टेमानीले कोभिड–१९ महामारीपछि सरकारले अँगालेको नीतिको कारणले अर्थतन्त्रमा ठुलो खालको समस्या निम्तिएकाले पनि उद्योग र व्यापार क्षेत्रको गुल्जार अझै नफर्किएको बताए। “कोभिड–१९ पछि राष्ट्र बैङ्कले अघि सारेका नीतिकै कारणले अर्थतन्त्रमा निकै ठुला खालका समस्या ल्याउने काम गर्‍यो”, उनले भने, “जुन नीतिको कारणले उद्योगधन्दा अझैसम्म लयमा फर्किन सकेको छैन ।”

वीरगन्ज वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष गौतम पनि कोभिड–१९ महामारी सकिएपछि पनि उद्योगधन्दा मुस्किलले ३० देखि ४० प्रतिशतको हाराहारीमा मात्रै चल्दै आएको गुनासो गर्नुहुन्छ । “कोभिड–१९ को महामारीपछि ठुला उद्योग ३० देखि ४० प्रतिशत मात्रै उत्पादन गर्दै आइरहेका छन्,” उनले भने, “उद्योगरकलकारखानालाई खर्च धान्न पनि समस्या हुँदै आइरहेको छ । कोभिड–१९ पछि बारा–पर्सामा नगण्य मात्रामा मात्रै उद्योगधन्दा थपिएका छन् ।”

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मध्यपूर्व तनावले भारतको ग्यास बजार प्रभावित, सिलिन्डर खरिदमा नयाँ नियम लागु

भारतमा अमेरिका–इजरायल र इरानबीच बढेको युद्ध तनावले मध्यपूर्व क्षेत्र प्रभावित भएपछि त्यसको असर भारतीय घरेलु ग्यास बजारमा देखिन थालेको छ। विशेषगरी महार...

स्वतन्त्रता सेनानी इन्दुदेवी नौलखाको निधन

काठमाडौँ। प्रजातन्त्र स्थापनाका लागि महत्वपूर्ण योगदान पुर्‍याउनु भएकी स्वतन्त्रता सेनानी इन्दुदेवी नौलखाको ९३ वर्षको उमेरमा निधन भएको छ ।  काठमाडौ...

रुकुमपश्चिममा विवाहमा गएका दुई किशोरीको शव फेला, एक बेपत्ता

रुकुमपश्चिम। रुकुमपश्चिमको बाँफिकोट गाउँपालिका ३ भाग्ले नजिकै सानीभेरी नदिमा दुई किशोरीको शव फेला परेको छ । आज बिहान दुई अलग अलग स्थानमा दुई किशोरी...

डोटीमा ढिस्कोले पुरिएर किशोरीको मृत्यु

डोटी । घर लिप पोतका लागि माटो खन्न गएकी यहाँको सायल गाउँपालिका–२ ग्वानीकी १६ वर्षीया किशोरी एलिना सिंहको ढिस्कोले पुरिएर मृत्यु भएको छ । जिल्ला प्र...

आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकामा पाकिस्तानद्वारा नेपाललाई बधाई

काठमाडौँ । पाकिस्तानले आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा नेपाली जनता र नेपाल सरकारलाई बधाई दिएको छ । काठमाडौँस्थित पाकिस्तानी दूतावासका अनुसार ...

छतबाट खसेर प्रहरीको मृत्यु

टीकापुर। इलाका प्रहरी कार्यालय टीकापुरको ब्यारेकको छतबाट खसेर यहाँ कार्यरत प्रहरी जवान सन्देश चदाराको मृत्यु भएको छ ।  सोमबार राति करिब ११ बजेतिर क...

भुटानी प्रधानमन्त्रीले दिए रवि लामिछाने र बालेन शाहलाई बधाई

काठमाडौं । भुटानका प्रधानमन्त्री छिरिङ्ग तोब्गेलेले २१ फागुनमा सम्पन्न निर्वाचनबाट भारी जनमत प्राप्त गरेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति र...

तनहुँमा पूर्वमन्त्री भगवति न्यौपानेसहित २३ उम्मेदवारको जमानत जफत

तनहुँ। प्रतिनिधिसभा सदस्य निर्वाचनमा तनहुँका दुवै निर्वाचन क्षेत्रमा गरी पूर्वमन्त्रीसहित २३ जना उम्मेदवारको जमानत जफत भएको छ । निर्वाचन कानुनअनुसार क...

लुम्बिनी प्रदेशसभाबाट राजीनामा दिएर चुनाव लडेका चारजना मध्ये तीन पराजित

खजुरा। फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि लुम्बिनी प्रदेशसभा सदस्य रहेका विभिन्न दलका चारजना प्रदेशसभा सदस्यले राजीनामा दिएर चु...

तनहुँका दुवै निर्वाचन क्षेत्रमा समानुपातिकतर्फ रास्वपा प्रथम

तनहुँ । तनहुँका दुवै निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फ मात्र नभई समानुपातिक निर्वाचन प्रणालीतर्फ पनि राष्ट्रिय स्वतन्त्र पार्टी (र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE