काठमाडौं । साफ महिला च्याम्पियनसिप २०२४ को आफ्नो पहिलो खेलमा नेपालले आज भुटानसँग खेल्दैछ। दशरथ रंगशालामा साँझ साढे ५ बजे खेल सुरु हुनेछ।
घरेलु मैदानमा नेपाल जितसहित प्रतियोगिताको सुरुवात गर्ने लक्ष्यमा छ। तुलनात्मकरुपमा साविक उपविजेता नेपाल, भुटानभन्दा बलियो छ। यस प्रतियोगिताका लागि नेपाली टोलीले ३ साता अभ्यास गरेको थियो।
घरेलु मैदानमा राजेन्द्र तामाङको टोली च्याम्पियन बन्ने लक्ष्यमा हुने छ। तर नेपाल अन्तर्राष्ट्रिय एक्सपोजर बिनै प्रतियोगितामा सहभागिता जनाउँदै छ।
चयाम्पियनसिपमा हालसम्म प्रभावशाली प्रदर्शन गर्न नसकेको भुटानले यस पटक भने लामो तयारी गरेको छ। पहिलो पटक २०२२ मा सेमिफाइनलसम्म पुगेको भुटानले घरेलु महिला फुटबललाई विशेष प्राथमिकतामा राखेको छ।
पछिल्ला ६ मध्ये पाँच संस्करणको उपविजेता नेपालले च्याम्यिनसिप भने जित्न सकेको छैन। प्रतियोगितामा सबैभन्दा कमजोर प्रदर्शन गर्दै आएको भुटानले गत संस्करण पहिलो जित हात पार्दै सेमिफाइनलसम्म पुगेको थियो। आजको खेल स्टार फरवार्ड सावित्रा भण्डारीले गुमाउने भएकी छिन्।
आजै हुने पहिलो खेलमा श्रीलंका र माल्दिभ्सले प्रतिस्पर्धा गर्ने छन्। यो खेल दिउँसो साढे १ बजे सुरु हुने छ। हिजो भएको उद्घाटन खेलमा भारतले पाकिस्तानलाई ५–२ गोल पराजित गरेको थियो।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ४ गते, २०८२ - ०९:३२
काठमाडौं । रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि नक्खु कारागारमा थुनिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने...
पौष ४ गते, २०८२ - ०९:११
मुस्ताङ । मुस्ताङकाे वारागुङ मुक्तिक्षेत्र-३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल व...
पौष ४ गते, २०८२ - ०९:०६
काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे काठमाडौँको बबरमहलस्थित कार्की ब्याङ्केट...
पौष ४ गते, २०८२ - ०८:०९
म्याग्दी । धवलागिरि गाउँपालिकामा निर्माणाधीन जलविद्युत् आयोजनाहरूको निर्माणस्थलमा उड्ने धुलोले वायु प्रदूषण भएको छ। निर्माणस्थलमा चलाइएका डोजरले पा...
पौष ४ गते, २०८२ - ०७:५६
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीले यही पुस ५ गते भृकुटीमण्डपमा हुने एकता सन्देश सभामा सहभागी हुन पार्टीमातहतका कमिटीलाई आह्वान गरेको छ । पार्टी...
पौष ४ गते, २०८२ - ०७:५३
काठमाडौँ । वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पठाइदिने भन्दै रु ४९ लाख १४ हजार ५०० ठगी गर्ने तीन जनालाई प्रहरीले बिहीबार पक्राउ गरेको छ । कपिलवस्...
पौष ४ गते, २०८२ - ०७:५०
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, कुबेती र बह...
पौष ४ गते, २०८२ - ०७:४२
काठमाडौँ। नेपाल प्रहरीले स्पा र होटलबाट आठ बालिकाको उद्धार गरेको छ । यौनजन्य कार्यमा बालिकालाई सहभागी गराएको आरोपमा पाँच जना पक्राउ गरेका प्रहरीको मान...
पौष ४ गते, २०८२ - ०७:२०
काठमाडौँ । समानुपातिकतर्फको निर्वाचन प्रणालीमा जनसङ्ख्याको आधारमा प्रतिशत निर्धारणका लागि सरकारले कानुनी प्रबन्ध गरेको छ । त्यसका लागि मन्त्रिपरिषद्ले...
पौष ३ गते, २०८२ - ०९:१५
काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदान प्रक्रिया सम्पन्न भएको छ। बिहीबार बिहान सम्पन्न मतदानमा २ हजार २ सय २७ जना महाधिवेशन प्रति...




प्रतिकृया लेख्नुहोस्: