Khabar Dabali ८ असार २०८३ सोमबार | 22nd June, 2026 Mon
Investment bank

अन्नपूर्ण आधार शिविरमा पर्यटकको चहलपहल बढ्यो

खबरडबली संवाददाता

म्याग्दी । अन्नपूर्ण प्रथम हिमालको उत्तरी आधारशिविरमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ । दशैं तिहार बिदा मनाउन निस्केका आन्तरिक पर्यटकको रोजाईका कारण जिल्लाको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङस्थित आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको उत्तरी आधार शिविर र आरोहण मार्गमा पर्यटकको भिड बढेको हो । 

नारच्याङको हुमखोलाबाट सुरु हुने मौरीस हर्जोग पदमार्ग ९अन्नपूर्ण आरोहण ट्रेक० हुँदै दुई दिनको यात्रापछि अन्नपूर्णको आधार शिविर पुग्न सकिन्छ । मिश्रीखोलाको किनारै किनार निर्माण गरिएको पदमार्गको यात्रामा मनोरम प्राकृतिक सुन्दरताको अवलोकन गर्न सकिन्छ । प्राकृतिक सुन्दरता, हिमनदी र झरनाले पर्यटकहरुलाई आकर्षित गरेको छ   

दशैं तिहार बिदाको अवसरमा आन्तरिक पर्यटकहरुले यो पदमार्गको भ्रमणलाई प्राथमिकतामा राखेका छन् । भर्जिन पर्यटकीय गन्तब्यका रुपमा विकास भएको अन्नपूर्ण आधार शिविर बेनीबाट छोटो दूरीमा पर्ने आकर्षक पर्यटकीय गन्तब्य हो । 

नारच्याङ गाउँदेखि दुईदिनमा पुग्न सकिने सुन्दर पर्यटकीय स्थल भएकाले यसपाली आन्तरिक पर्यटकको संख्या बढेको मौरीस हर्जोग पदमार्गका अभियन्ता तेजबहादुर गुरुङले बताउनुभयो । 

गत वर्षको भन्दा यस वर्ष अन्नपूर्ण आधार शिविरको भ्रमण गर्ने पर्यटकको संख्यामा चारगुणा बढेको पदमार्गका अभियन्ता गुरुङले जानकारी दिए। उनका अनुसार दशैंको दिनदेखि शुक्रबार सम्म करिब ८ सय भन्दा बढी आन्तरिक पर्यटक आधारशिविर पुगिसकेका छन् । यसका साथै भारतीय, चाइनिजि, ताइवानी र इटालियन पर्यटकहरुको संख्या पनि गतवर्ष भन्दा यसपाली बढेको उनले बताए । 

उनले भने, ूआन्तरिक पर्यटकका कारण पदमार्गमा चहलपहल बढेको छ । हुमखोला देखि आधार शिविर सम्म पर्यटकको लर्को लागेको छ ।ू

म्याग्दी, बागलुङ, पर्वत, पोखरा, काठमाडौँ, चितवन लगायतका जिल्लाहरुबाट आन्तरिक पर्यटकहरु भ्रमणमा आएको उनले बताए। पदमार्ग र आधार शिविरको भ्रमण गरेका पर्यटकहरुले पर्यटन पूर्वाधारको अभावका साथै आधार शिविरमा फोहोर बढेको गुनासो गरेको उनको भनाइ छ । 

बेनीबाट दशैंको भोलिपल्ट साथीहरूसँग पहिलो पटक आधारशिविर पुगेका बेनीका छवी आचार्यले अन्नपूर्णको उत्तरी आधार शिविर धेरै रमणीय भएको बताए । 

आचार्यले पर्यटकको सुविधाका लागि बेसक्याम्पमा सुविधासम्पन्न होटल, लज, संचारको सुविधा र बिच बाटोमा टी आउस लगायतका पूर्वाधार बनाउनुपर्ने उनले सुझाव दिए।

उत्कृष्ट पर्यटकीय गन्तब्य भएकाले अन्नपूर्ण पर्यटकको रोजाईमा परेको उनको भनाइ छ । उहाँले भने, ‘‘अन्नपूर्ण उत्तरी आधारशिविर साच्चिकै स्वर्ग जस्तो छ । बेनीबाट दुईदिनको यात्रामा सजिलै पुग्न सकिने रमणीय पर्यटकीय स्थल भएकाले सम्बन्धित निकायले पर्यटन पूर्वाधार निर्माण र प्रवद्र्धनमा ध्यान दिन आवश्यक छ ।’’

नेपालमा ‘जेठो हिमाल’ भनेर समेत चिनिने अन्नपूर्ण प्रथमको आधार क्षेत्रसम्म पुग्ने ‘मौरिस हर्जोग पदमार्ग’ अन्तर्गत नारच्याङको दोभान–छोटेपा हुँदै हुमखोलासम्म सवारी साधनमा पुगेर त्यहाँबाट पैदलमार्ग हुँदै दुईदिनमा सहजै अन्नपूर्ण आधार शिविरसम्म पुग्न सकिन्छ ।

अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरबाट २२ किलोमिटरसम्म सवारीसाधनको यात्रा गरी होमखोलासम्म  पुगेपछि त्यहाँबाट २१ किलोमिटरको पदैलयात्राबाट आधार क्षेत्र पुगिन्छ । पदमार्गमा रहेको फुतफते झरना,आधार शिविरमा रहेको पञ्चकुण्ड ताल र हिमालको प्राकृतिक सुन्दरताले पर्यटकको यात्रालाई थप रोमाञ्चक बनाउँछ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपाको बन्द सत्र स्थगित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनअन्तर्गत सोमबारका लागि तय गरिएको बन्द सत्र स्थगित भएको छ। महाधिवेशन प्रतिनिधिको नामावलीम...

पासपोर्ट ठेक्का प्रकरणमा सिद्धार्थ थापा र मनिन्द्र मल्लविरुद्ध पनि भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ई–पासपोर्ट खरिद (पासपोर्ट ठेक्का) प्रकरणमा जर्मन कम्पनी भेरिडोसका नेपाल प्रतिनिधि सिद्धार्थ थापा र म्यूल...

रास्वपाको बन्दसत्र आज नहुने सम्भावना, भोली बिहान गर्नेबारे छलफल

काठमाडौं । चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत बन्दसत्र कार्यक्रम आज नहुने सम्भावना बढेको छ। महाधिवेशन प्रत...

राहदानी छपाइ प्रकरण: आरजु राणासहित १८ जनाविरुद्ध मुद्दा दायर

काठमाडौँ । राहदानी छपाइ तथा प्रणाली व्यवस्थापनसम्बन्धी ठेक्का प्रक्रियामा भएको भनिएको अनियमितताबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान पूरा ...

रास्वपा महाधिवेशनमा खानाको मेन्यू, काउलीदेखि खसीको मासुसम्म

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन चितवनमा जारी रहेको छ। आइतबारदेखि सुरु भएको महाधिवेशन तीन दिनसम्म सञ्चालन हुने कार्यक्र...

यसवर्षको मनसुन कोशीदेखि विस्तार हुँदै

काठमाडौं । यस वर्षको मनसुन प्रणाली कोशी प्रदेशको सम्पूर्ण भू-भाग, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही भाग र लुम्बिनी प्रदेशको पूर्वी क्षे...

नेप्से परिसूचक १.४६ अंकले घट्यो, ४ अर्ब ४४ करोडभन्दा बढीको कारोबार

काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ। नेप्से १.४६ अंकले घट्दै २७००.६५ विन्द...

गर्मी बढेपछि विद्यालयमा चार दिन बिदा

धनगढी। कैलालीको धनगढी उपमहानगरपालिकाले पालिकाभित्र रहेका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयमा चार दिन बिदा दिने निर्णय गरेको छ ।  अत्यधिक गर्...

बेलायती प्रधानमन्त्री कीर स्टार्मरद्वारा राजीनामाको घोषणा

लन्डन । बेलायतका प्रधानमन्त्री सिर कीर स्टार्मरले प्रधानमन्त्री पद र लेबर पार्टीको नेतृत्व दुवैबाट राजीनामा दिने घोषणा गरेको छन् । बुधबार लन्डनस्थि...

तुलसीपुर नगरपालिकाको बजेट दुई अर्व ४४ करोड

तुलसीपुर। दाङको तुलसीपुर उपमहानगरपालिकाले दुई अर्ब ४४  करोड ९५ लाख रुपियाँको बजेट ल्याएको छ । आर्थिक वर्ष २०८२–८३ भन्दा आगामी आर्थिक वर्ष २०८३–८४ मा ३...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending