लाहोर। पाकिस्तानको सबैभन्दा बढी जनसङ्ख्या भएको पञ्जाब प्रान्तका अधिकारीहरूले शुक्रबारका लागि सबै शैक्षिक संस्थाहरू बन्द गर्न निर्देशन दिएका छन् ।
पूर्व प्राथमिक तहदेखि विश्वविद्यालय तहसम्म समावेश गरिएको बन्दले पूर्वी पञ्जाब प्रान्तमा वयस्क विद्यार्थीका अतिरिक्त लगभग दुई करोड ६० लाख बालबालिका प्रभावित हुनेछन् ।
प्रान्तीय राजधानी लाहोरमा ‘पञ्जाब कलेज फर वुमेन’ को एक भवनको पार्किङस्थल ९भुईतल्ला०मा एक छात्रामाथि बलात्कार भएको समाचार सामाजिक सञ्जालमा फैलिएपछि प्रदर्शन सुरु भएको हो ।
प्रहरी, कलेज र प्रान्तीय सरकारले कुनै पनि पीडित अगाडि नआएको र अनलाइनमा आएको गलत सूचनालाई आधार मानेर आन्दोलित नहुन सर्वसाधारणलाई आग्रह गरेका छन् ।
त्यसपछि लाहोरका साथै राजधानी इस्लामावादसँग जोडिएको रावलपिण्डी सहरका क्याम्पसहरूमा प्रदर्शनहरू फैलिएका छन् र विद्यार्थीहरूले अधिकारीहरूले यसलाई ढाकछोप गरेको आरोप लगाएका छन् ।
रावलपिण्डीका वरिष्ठ प्रहरी अधिकारी सैयद खालिद महमुद हमदानीले बिहीबार शहरमा भएको प्रदर्शनमा तोडफोड र आगजनी गरेको आरोपमा ३८० जनालाई पक्राउ गरिएको र अनुसन्धान जारी रहेको बताएको छन् ।
उनले एएफपीसँग भने, “हामी सामाजिक सञ्जालबाट हिंसात्मक गतिविधिमा सम्लग्न व्यक्तिको खोजी गर्नेछौँ ।”
पञ्जाबको शिक्षा र आन्तरिक विभागले बिहीबार अबेर राति तीन छुट्टाछुट्टै सूचना जारी गर्दै सबै शैक्षिक विभागहरू बन्द गर्न आदेश दिएको छ ।
प्रान्तीय आन्तरिकमामिला मन्त्रालयले पनि शुक्रबार र शनिबार भेला हुन प्रतिबन्ध लगाएको छ ।
रावलपिण्डीमा बिहीबार प्रदर्शन गरिरहेका १९ वर्षीय एक विद्यार्थीले भने, “उनीहरूले आफ्नो संस्थाको साख जोगाउनका लागि सत्यलाई ढाकछोप गर्न सरकार र उच्च अधिकारीहरूलाई घूस दिएका छन् ।”
यी प्रदर्शनहरूले पाकिस्तानी विद्यार्थीहरूको सुरक्षा, उत्पीडन र कलेजहरूमा महिलाहरूमाथि हुने यौन दुब्र्यवहारका साथै अधिकारी प्रतिको अविश्वासप्रति गहिरो चिन्ता व्यक्त गर्दछ ।
प्रदर्शनकारीहरूले लाहोरस्थित क्याम्पसहरूमा झ्यालहरू तोडफोड गर्नुका साथै विद्यालयका सवारी साधन ९स्कूल बस० हरूमा आगजनी गरेका छन् । प्रदर्शनका क्रममा कैयौँ स्थानमा विद्यार्थी र प्रहरीबिच झडपसमेत भएको छ ।
प्रहरीले अनलाइन पोष्टमा पहिचान गरिएको भन्दै एक सुरक्षा गार्डलाई पक्राउ गरेको छ तर कुनै पनि पीडित अगाडि नआएको र उनीहरूले बलात्कारको आरोप पुष्टि गर्न नसकेको बताएका छन् ।
लाहोरका निजी पञ्जाब ग्रुप अफ कलेजका निर्देशक आरिफ चौधरीले बुधबार आयोजित पत्रकार सम्मेलनमा भने, “वास्तवमा यो घटनासँग सम्बन्धित कोही पनि व्यक्ति भेटिएको छैन ।”
उनले भने, “म राजीनामा दिन्छु र यो पेशा त्यागेर यदि घटना घट्यो भने म विद्यार्थीको साथमा उभिनेछु ।” सो प्रान्तकी मुख्यमन्त्री मरियम नवाज सरिफले गलत पोस्ट फैलाउनेलाई दण्डित गरिने बताएको छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ४ गते, २०८२ - १६:५३
काठमाडौं । जिल्ला कारागार कार्यालय कञ्चनपुरमा तनाव उत्पन्न भएको छ। कारागारभित्र रहेका कैदीबन्दीबीच विवाद भएपछि अवस्था तनावग्रस्त बनेको हो। तनाव भएक...
पौष ४ गते, २०८२ - १६:४८
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका शीर्ष तहका चार नेतालाई छलफलका लागि बोलाएका छन्। शनिबार बिहान ९ बजे बैठक बस्ने गरी उनले ...
पौष ४ गते, २०८२ - १६:३१
काठमाडौँ । जेनजी युवा पुस्ताको आन्दोलनको रिपोर्टिङका क्रममा घाइते भएका पत्रकारको उपचार खर्च सरकारले व्यहोर्ने भएको छ । शुक्रबार घाइते पत्रकारलाई न...
पौष ४ गते, २०८२ - १६:१७
काठमाडौँ। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमालेको काँधमा अहिले असाधारण जिम्मेवारी रहेको बताएको छन्। ११ औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन...
पौष ४ गते, २०८२ - १६:०४
काठमाडौँ । अमेरिकाले अवैध रूपमा बसोबास गर्दै आएका तथा कानुनको पालना नगरेका ७५ जना नेपालीलाई एकै दिन डिपोर्ट गरेको छ। उनीहरूलाई बिहीबार दिउँसो चार्टर्ड...
पौष ४ गते, २०८२ - १५:४२
एमाले राष्ट्रिय झन्डा ओढेर सिंहदरबार जलाउने जस्तो नक्कली आवरणको पार्टी होइन
पौष ४ गते, २०८२ - १५:२४
काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी आन्दोलनका क्रममा घाइते भएका पत्रकारलाई सम्मान गरेको छने । शुक्रबार मन्त्रालयमा विशेष क...
पौष ४ गते, २०८२ - १५:१०
चितवन । चितवनको भरतपुरबाट रास्वपा सभापति रवि लामिछानेलाई अहिले रुपन्देहीतर्फ लगिँदैछ। भैरहवा विमानस्थलमा घना हुस्सु ९कुहिरो०का कारण उडान नखुलेपछि उनी ...
पौष ४ गते, २०८२ - १४:५०
काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले बाँसवाट निर्माण हुने संरचनाको डिजाइन सम्बन्धी मार...
पौष ४ गते, २०८२ - १४:४२
काठमाडौँ । अमेरिकाले ‘ग्रीन कार्ड लटरी’ योजना अस्थायी रूपमा स्थगित गरेको छ। यो निर्णय ब्राउन युनिभर्सिटीमा दुई जनाको ज्यान जाने गोलीकाण्डपछि अमेरिकी र...




प्रतिकृया लेख्नुहोस्: