Ntc summer Offer
Khabar Dabali ३ कार्तिक २०८१ शनिबार | 19th October, 2024 Sat
Investment bank

सडक अभावले गोरखामा कुहिँदै करोडौँको स्याउ, बजार ल्याइदिन सरकारसँग माग

केही दिन अगाडि सिमकोटबाट सुर्खेतका लागि स्याउको कार्टुन लोड गरिएको ट्याक्टर। तस्बिर: राजन रावत, हुम्ला
खबरडबली संवाददाता

काठमाडौं ।  गोरखाको चुमनुब्री गाउँपालिकामा ३० हजार बोटमा फलेका करोडौँ मूल्य बराबरको स्याउ कुहिने अवस्थामा पुगेको भन्दै जनप्रतिनिधि र व्यवसायीले सरकारसँग बजारसम्म स्याउ ल्याइदिन माग गरेका छन्।

उत्पादन महाअभियान नेपालका अध्यक्ष रमेश पण्डितले सडक अभावले गाउँमै अलपत्र परेको स्याउलाई अनुदानमा बजारसम्म ल्याउने व्यवस्था गरिदिन सरकारसँग माग गरे।

उनले भने, ‘कृषि र पर्यटनको अथाह सम्भावना रहेको गोरखाको चुमनुब्री गाउँपालिकामा करोडौँको स्याउ बाटो नहुँदा बजारसम्म ल्याउन नसकेर कुहिने अवस्थामा पुगेको छ, सरकारले ती स्याउलाई बजारसम्म ल्याउने व्यवस्था गरिदिनुपर्छ।’

गत महाअष्टमीको दिनमा महाअभियानले हेलिकप्टरबाट चार सय ५० किलो स्याउ काठमाडौँ ल्याउँदा प्रतिकेजी रु छ सय ६६ पर्न गएको भन्दै सरकारले ती स्याउ नल्याए किसानको करोडौँको स्याउ कुहिने बताए।

चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाले भौगोलिक दृष्टिकोणले विकट रहेको हिमालपारीको गाउँ चुमनुब्रीमा स्याउका ३० हजार बिरुवाको खेती रहेकामा यातायातको सुविधा नहुँदा करोडौँको स्याउ बिग्रने अवस्थामा पुगेको बताए।

उनले यहाँको स्याउलाई मनास्लु स्याउ नामकरण गरेको बताए। उहाँले कृषि र पर्यटनलाई जाड्नेगरी छिटो सडकको पहुँच पुर्‍याए स्याउ, कोदो, मकैको लोकल रक्सी र वाइन उत्पादनगरी ब्राण्ड बनाउन सकिने धारणा राखे।

बाह्र हजार पाँच सय स्याउको बोट लगाएका पर्यटन व्यवसायी लाक्पा ढुड्डु लामाले आफूले स्याउको बिरुवा रोप्दा तीन वर्षसम्ममा गाउँमा सडक पुग्ला भन्ने सोचेर खेती सुरु गरे पनि सडक नपुग्दा नोक्सानी ब्यहोर्नु परेको बताए।

उनले भने, ‘गत वर्षभन्दा यस वर्ष दोब्बर स्याउको उत्पादन बढेको छ, एउटा बोटमा कम्तीमा ४५ वटा स्याउ फल्छ, मेरोमा मात्रै पाँच लाख दाना छ, केही स्याउको दाना, सुकुटी, वाइनलगायत बनाएर बिक्री गरौँला, करिब तीन लाखभन्दा बढी स्याउ कुहिने अवस्थामा पुगेको छ, अरु किसानको पनि अवस्था उस्तै छ।’

गोरखाकै धार्चे गाउँपालिकाकी उपाध्यक्ष सुनिला गुरुङले आफ्नो पालिकामा आलु, किबी, ड्रागन फ्रुटको प्रशस्त खेती रहे पनि बजार नपाएको बताए। उनले भने, ‘किबी र ड्रागन फ्रुटको उत्पादन राम्रो छ, तर सडक नपुग्दा बजार नपाएको अवस्था छ।’

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राजनीतिक प्रतिशोध साँध्न सरकारले अदालतको समेत प्रयोग गर्‍योः रास्वपा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवहाक प्रवक्ता मनिष झाले सरकारमा रहेकाहरुले राजनीतिक प्रतिशोध साँधेर अदालतको समेत प्रयोग गरेको आरोप लगाएका...

प्रहरीले गर्यो जग्गादातालाई सम्मान

काठमाडौं । अस्थायी प्रहरी पोष्ट झोता र छान्ना पाटादेवलका लागि निःशुल्क जग्गा उपलब्ध गराएका नन्दादेवी सिंह, कृष्णबहादुर सिंह र पूर्णबहादुर थापालाई सम्म...

माओवाादी अध्यक्ष प्रचण्ड पुगे जनार्दनलाई लिएर चितवन

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चितवन पुगेका छन् ।  चितवनमा आयोजित कार्यक्रममा सहभागी हुन अध्यक्ष प्रचण्ड उपमहासचिव ...

लामिछाने पक्राउको विरोधमा रास्वपाको पोखरामा प्रदर्शन

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउ गरेको विरोधमा रास्वपाका कार्यकर्ताले पोखरा विरोध प्रदर्शन शुरु गरेका छन् । रास्वपाक...

वीरगञ्जको घडीअर्वा पोखरीमा छठको तयारी थालियो

पर्सा। वीरगञ्जको घडीअर्वा पोखरीमा आसन्न छठपर्वको तयारी थालिएको छ । छठ पूजा व्यवस्थापन समिति घडीअर्वा पोखरीका अध्यक्ष दिलीप साहले विगतका वर्षमा जस्तै य...

आम आदमी पार्टीका नेता सत्येन्द्र जैन जमानतमा रिहा

काठमाडौँ । भारतको आम आदमी पार्टी (आप) का नेता र दिल्ली सरकारका पूर्व मन्त्री सत्येन्द्र जैनलाई अदालतले जमानतमा रिहा गर्न आदेश दिएको छ । अदालतको आदे...

आम आदमी पार्टीका नेता सत्येन्द्र जैन जमानतमा रिहा

काठमाडौँ । भारतको आम आदमी पार्टी (आप) का नेता र दिल्ली सरकारका पूर्व मन्त्री सत्येन्द्र जैनलाई अदालतले जमानतमा रिहा गर्न आदेश दिएको छ । अदालतको आदे...

नेपाल टेलिकमको सह–प्रवक्तामा मिश्र नियुक्त

काठमाडौं । नेपाल टेलिकमले कम्पनीको सह–प्रवक्ता नियुक्त गरेको छ ।  कम्पनीले केन्द्रीय कार्यालयस्थित प्रमुख व्यावसायिक अधिकृतको कार्यालयमा कार्यरत उप प्...

महिलाले गरे डेरी उद्योग सञ्चालन, मासिक १० लाखको कारोबार

तनहुँ। तनहुँको देवघाट गाउँपालिका–५ स्थित चक्रवर्ती सामाजिक उद्यमी महिला सहकारी संस्थाले सञ्चालन गरेको डेरी उद्योगले डेरी पसल विस्तार गरेको छ । डेरी उद...

घरेलु मैदानमा अन्तिम खेल खेल्ने शकिबको सपना अधुरो !

काठमाडौँ । बंगलादेशका अहिलेसम्मकै उत्कृष्ट क्रिकेट शकिब अल हसनको क्रिकेट क्यारियरको अन्त्यको संकेत देखिएको छ । घरेलु मैदानमा आफ्नो अन्तिम टेस्ट खेल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy