काठमाडौँ । बंगलादेशका अहिलेसम्मकै उत्कृष्ट क्रिकेट शकिब अल हसनको क्रिकेट क्यारियरको अन्त्यको संकेत देखिएको छ ।
घरेलु मैदानमा आफ्नो अन्तिम टेस्ट खेल्ने बताएका शकिबले विरोधको सामना गर्नुपर्नेपछि दक्षिण अफ्रिकाविरुद्धको टेस्टबाट बाहिर राखिएको छ । अक्टोबर २१ देखि हुने टेस्ट खेलमा शकिबको स्थानमा लेफ्ट आर्म स्पिनर हसन मुरादलाई टिममा सामेल गरिएको छ । योसँगै घरेलु दर्शकका अगाडी अन्तिम टेस्ट खेल खेल्ने शकिबको सपना अधुरो रहने सम्भावना देखिएको छ ।
अमेरिकाबाट ढाका फर्किनेक्रममा दुबई पुगेका शकिबलाई दुबईपनि पर्खिन भनिएको बताइएको छ । ढाकामा शकिबलाई टिम बाहिर राख्न माग गर्दै प्रदर्शन जारी रहेपछि बंगलादेश क्रिकेट बोर्डले शकिबलाई देश नफर्किन सुझाव दिएको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ । अघिल्लो महिना भारतविरुद्धको टेस्टका क्रममा शकिबले घरेलु मैदानमा अन्तिम टेस्ट खेल खेल्ने इच्छा व्यक्त गरेका थिए । साथै बंगलादेशमा आफुविरुद्ध जारी विरोधप्रति संकेत गर्दै उनले आफ्नो यो नै अन्तिम टेस्ट हुनसक्ने पनि बताएका थिए ।
बंगलादेशमा खेल्ने सम्भावना कम हुदै गएपछि शकिबले सामाजिक सञ्जालमा केहिदिन अघि लेखेका थिए- 'म तपाईंहरू वरपरका सबैसँग बिदाइ गर्न चाहन्छु । विदाईको क्षणमा, म तपाईहरुसँग हात मिलाउन चाहन्छु जसको तालीले मलाई अझ राम्रो खेल्न बाध्य बनायो । म ती आँखाहरू भेट्न चाहन्छु जसले राम्रो खेल्दा रमाईलो गरे भने नराम्रो खेल्दा आँखा आँसुले भरिएको थियो ।'
साथै गत जुलाई- अगस्तमा भएको विद्यार्थी आन्दोलनका क्रममा चुप बसेकोप्रति माफी समेत मागेका थिए ।
अगस्तमा सेख हसिनाले देश छोडेदेखि नै शकिब बंगलादेश फर्किन सकेका छैनन् । हसिनाको दल अवामी लिगका निर्वाचित सांसद रहेका शकिबविरुद्ध बंगलादेशमा मुद्धा समेत दायर भएको छ । अगस्तमा सरकार विरोधी आन्दोलन चर्किदै गर्दा शकिब भने क्यानडामा ग्लोबल टी-२० लिग खेलिरहेका थिए । त्यसपछि उनी पाकिस्तान गएर बंगलादेशले जितेका दुई टेस्टको सिरिज खेलेका थिए । त्यसपछि सेप्टेम्बरमा शकिब बेलायत पुगेर सर्रेका लागि एक फर्स्ट क्लास खेल खेलेका थिए । बेलायतपछि उनी भारत आएर टेस्ट सिरिज खेलेका थिए ।
बंगलादेश बोर्डले पहिलो टेस्टबाट शकिबलाई बाहिर राखिएको उनी आफ्नो क्यारियरको अन्तिममा रहेपनि बोर्डको सिस्टम भित्र नै रहेको बताएको छ । साथै बोर्डले अक्टोबर २९ देखि हुने दक्षिण अफ्रिकाविरुद्धको दोस्रो टेस्टमा शकिब खेल्ने वातावरण बन्ने विश्वास व्यक्त गरेको छ ।
शकिब विश्वकै उत्कृष्ट अल राउण्डर क्रिकेटर हुन् । उनले बंगलादेशका लागि ७१ टेस्टमा ५ शतक र ३१ अर्धशतकसहित ४६०९ रन बनाएका छन् भने २४६ विकेट लिएका छन् । त्यस्तै २४७ एकदिवसीय खेलमा ९ शतक र ५६ अर्धशतकसहित ७५७० रन बनाएका छन् भने ३१७ विकेट पनि लिएका छन् ।
त्यसैगरी १२९ टी-२० अन्तर्राष्ट्रिय खेल खेल्दै शकिबले २५५१ रन बनाएका छन् भने १४९ विकेट लिएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २१ गते, २०८३ - २१:४१
काठमाडौं । निर्वासित तिब्बती धर्मगुरु दलाई लामा को जन्मदिनका अवसरमा सोमबार काठमाडौंमा जुलुस, सभा तथा सार्वजनिक प्रदर्शन गर्न नदिने निर्णय गरिएको छ। ...
आषाढ़ २१ गते, २०८३ - २१:३४
ध्रुवे हात्तीको आक्रमणमा ज्यान गुमाएका आमाछोराको परिवारसँग भेट, क्षतिपूर्ति र घर पुनर्निर्माणको प्रतिबद्धता
आषाढ़ २१ गते, २०८३ - २१:३२
दार्चुला । कालापानी–लिपुलेक यात्रामा रहेको राष्ट्रिय जेनजी नागरिक अभियानको टोलीले दार्चुलाको तिंकर भञ्ज्याङस्थित ५ हजार २५८ मिटर उचाइमा रहेको एक नम्बर...
आषाढ़ २१ गते, २०८३ - ०९:२७
दुई दशकदेखि आतंकको पर्याय बनेको जंगली हात्तीले फेरि लियो आमाछोराको ज्यान
आषाढ़ २१ गते, २०८३ - ०९:२५
सुर्खेत । सल्यानमा खेत रोप्न गएकी एक महिलाको शारदा नदीमा डुबेर मृत्यु भएको छ। मृत्यु हुनेमा कालिमाटी गाउँपालिका–४, ज्यामिरेकी ४६ वर्षीया सिता विक र...
आषाढ़ २१ गते, २०८३ - ०९:१७
काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ। समितिका अनुसार आज गोलभेँडा, आलु, प्या...
आषाढ़ २१ गते, २०८३ - ०९:१६
धादिङ । धादिङको गंगाजमुना गाउँपालिका–४ गुम्दी धङ्गार्चोकमा शनिबार पारिवारिक विवादका क्रममा छोराले बाबुको हत्या गरेका छन् । ६४ वर्षीय धनबहादुर सुना...
आषाढ़ २१ गते, २०८३ - ०९:१४
काठमाडौँ । अविरल वर्षासँगै देशको विभिन्न क्षेत्रमा बाढी तथा पहिरोका घटना बढ्दै जाँदा कर्णाली प्रदेशका दुई प्रमुख राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। ...
आषाढ़ २१ गते, २०८३ - ०९:१३
काठमाडौं । डोल्पाको जगदुल्ला गाउँपालिका–५ गैरीगाउँमा अविरल वर्षापछि धुलाखोलामा आएको हिलोसहितको बाढी घरमा पस्दा एक महिलाको मृत्यु भएको छ भने चार जना घा...
आषाढ़ २१ गते, २०८३ - ०९:०८
काठमाडौँ । महोत्तरीको एकडारा गाउँपालिका–३ स्थित अजमरपट्टीबाट सशस्त्र प्रहरीले गाँजासहित दुई जनालाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिएकाहरूमा मकव...



प्रतिकृया लेख्नुहोस्: