Khabar Dabali १० श्रावण २०८३ आईतवार | 26th July, 2026 Sun
Investment bank

आजको तरकारी तथा फलफूलको मूल्य: गोलभेँडा ६०, आलु ३० देखि ४२ रुपैयाँसम्म

खबरडबली संवाददाता

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ। समितिका अनुसार आज गोलभेँडा, आलु, प्याजदेखि फलफूल र माछासम्मका विभिन्न वस्तुको मूल्य निर्धारण गरिएको छ।

आज ठूलो नेपाली गोलभेँडा प्रतिकिलो ६० रुपैयाँ, सानो लोकल गोलभेँडा २२ रुपैयाँ र टनेल गोलभेँडा ३५ रुपैयाँ कायम गरिएको छ। रातो आलु प्रतिकिलो ३० देखि ४२ रुपैयाँसम्म तथा भारतीय सुकेको प्याज ५५ रुपैयाँमा कारोबार हुने समितिले जनाएको छ।

हरियो तरकारीतर्फ स्थानीय काउली ५० रुपैयाँ, बन्दा ६० रुपैयाँ, गाजर ९०–१०० रुपैयाँ, रातो मूला ४० रुपैयाँ, सेतो मूला २० रुपैयाँ, लौका २५ रुपैयाँ, करेला २० रुपैयाँ, भिन्डी ३० रुपैयाँ र इस्कुस ५० रुपैयाँ प्रतिकिलो तोकिएको छ।

सागपातमध्ये रायो ४० रुपैयाँ, पालुङ्गो ६० रुपैयाँ र तोरीको साग ५० रुपैयाँ प्रतिकिलो निर्धारण गरिएको छ। त्यसैगरी कन्य च्याउ २८० रुपैयाँ, डल्ले च्याउ ३५० रुपैयाँ र सिताके च्याउ एक हजार रुपैयाँ प्रतिकिलो रहेको छ।

फलफूलतर्फ फुजी स्याउ ३०० रुपैयाँ, नेपाली केरा प्रतिदर्जन २५० रुपैयाँ, मालभोग केरा २०० रुपैयाँ, कागती १७० रुपैयाँ, अनार ४५० रुपैयाँ, मालदह आँप १०० रुपैयाँ, दशहरी आँप १२० रुपैयाँ, हरियो तरबुजा ७० रुपैयाँ र नेपाली मेवा ९० रुपैयाँ प्रतिकिलो कायम गरिएको छ।

मसलातर्फ अदुवा १८० रुपैयाँ, हरियो खुर्सानी २५ देखि ५० रुपैयाँ, अकबरे खुर्सानी २५० रुपैयाँ, हरियो धनियाँ १०० रुपैयाँ तथा नेपाली सुकेको लसुन १७० रुपैयाँ प्रतिकिलो तोकिएको छ।

यस्तै, ताजा रहु माछा प्रतिकिलो ३४० रुपैयाँ, बचुवा ३०० रुपैयाँ, छडी ३५० रुपैयाँ र सुकेको माछा एक हजार रुपैयाँ प्रतिकिलो निर्धारण गरिएको समितिले जनाएको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रदेशमा सत्ता सहकार्यका लागि एमाले–नेकपाबीच ३ बुँदे सहमति, पाँच प्रदेशको नेतृत्व बाँडफाँट

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकार गठन तथा सत्ता सहकार्यका विषयमा तीनबुँदे सहमति भएको छ। शनिबार ...

रोल्पा पहिरोमा बेपत्ता दुवै महिला मृत फेला, एक गम्भीर घाइते

 रोल्पा । रोल्पाको सुनछहरी गाउँपालिका–१ सेरमस्थित दवाङ लेकमा शुक्रबार गएको पहिरोमा बेपत्ता भएका दुई महिलाको शव फेला परेको छ। मृतक स्थानीय ३५ वर्षीय...

नेपालगञ्जमा एकै दिन छ शालिक अनावरण

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकामा आज एकैदिन छ वटा शालिक अनावरण गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले जेनजी आन्दोलनका क्रम...

नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंक (नेपाल)’ अन्तर्राष्ट्रिय सम्मान

काठमाडौं । नबिल बैंकले अन्तर्राष्ट्रिय स्तरको ‘बेस्ट कमर्सियल बैंक (नेपाल)’ अवार्ड प्राप्त गरेको छ। भारतको नयाँ दिल्लीमा आयोजित चौथो इमर्जिङ एसिया बैं...

उदयपुरमा महिलाको रहस्यमय मृत्यु, फूलजोरमा रगताम्मे अवस्थामा शव फेला

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–१३ फूलजोर क्षेत्रमा एक महिलाको शव फेला परेको छ। घटनापछि प्रहरीले घटनास्थल सुरक्षित राखेर अनुसन्धान सुरु गरेको छ। ...

मोरङमा ४ वर्षीया बालिकाको बीभत्स हत्या, घरबाट हराएकी बालिकाको शव घाँसघारीमा भेटियो

विराटनगर । मोरङको सुनवर्षी नगरपालिका–९ डाइनियास्थित मुस्लिम टोलकी ४ वर्षीया बालिका कायानत खातुनको हत्या भएको अवस्थामा शव फेला परेको छ। उनी स्थानीय जफा...

कालो कोटको आडमा ठगी? धरौटी नलाग्ने मुद्दामा ६० हजार असुलेको आरोप

सुर्खेत । सुर्खेतमा एक कानुन व्यवसायीमाथि अदालतमा धरौटी नै नलाग्ने मुद्दामा धरौटी लाग्ने भन्दै सेवाग्राहीबाट रकम असुलेको आरोप लागेको छ। पीडित पक्षले अ...

८ लाख २१ हजार घुससहित सिँचाइ डिभिजन सर्लाहीका प्रमुख र अधिकृत पक्राउ

सर्लाही । सर्लाहीको भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, कर्मैयाका डिभिजन प्रमुख अनुपमा ढकाल र मेकानिकल अधिकृत तुलाकान्त चौधरी ८ लाख २१ हज...

मुगुमा घरमाथिबाट पहिराे खस्दा ३ वर्षीय बालकको मृत्यु, ८ घर उच्च जोखिममा

मुगु । मुगुको मुगम कार्मारोङ गाउँपालिका–५ पुलु बजारमा शनिबार बिहान घरमाथिबाट ढुंगासहितको पहिरो खस्दा तीन वर्षीय बालकको मृत्यु भएको छ...

साउनमै तरकारीको भाउ आकासियो, केही तरकारी पाँच गुणासम्म महँगियो

काठमाडौं । काठमाडौं उपत्यकामा हरियो तरकारीको मूल्य अस्वाभाविक रूपमा बढेको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार गत वर्ष साउनको पहिलो ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending