Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

घरेलु मैदानमा अन्तिम खेल खेल्ने शकिबको सपना अधुरो !

खबरडबली संवाददाता

काठमाडौँ । बंगलादेशका अहिलेसम्मकै उत्कृष्ट क्रिकेट शकिब अल हसनको क्रिकेट क्यारियरको अन्त्यको संकेत देखिएको छ ।

घरेलु मैदानमा आफ्नो अन्तिम टेस्ट खेल्ने बताएका शकिबले विरोधको सामना गर्नुपर्नेपछि दक्षिण अफ्रिकाविरुद्धको टेस्टबाट बाहिर राखिएको छ । अक्टोबर २१ देखि हुने टेस्ट खेलमा शकिबको स्थानमा लेफ्ट आर्म स्पिनर हसन मुरादलाई टिममा सामेल गरिएको छ । योसँगै घरेलु दर्शकका अगाडी अन्तिम टेस्ट खेल खेल्ने शकिबको सपना अधुरो रहने सम्भावना देखिएको छ । 

अमेरिकाबाट ढाका फर्किनेक्रममा दुबई पुगेका शकिबलाई दुबईपनि पर्खिन भनिएको बताइएको छ । ढाकामा शकिबलाई टिम बाहिर राख्न माग गर्दै प्रदर्शन जारी रहेपछि बंगलादेश क्रिकेट बोर्डले शकिबलाई देश नफर्किन सुझाव दिएको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ । अघिल्लो महिना भारतविरुद्धको टेस्टका क्रममा शकिबले घरेलु मैदानमा अन्तिम टेस्ट खेल खेल्ने इच्छा व्यक्त गरेका थिए । साथै बंगलादेशमा आफुविरुद्ध जारी विरोधप्रति संकेत गर्दै उनले आफ्नो यो नै अन्तिम टेस्ट हुनसक्ने पनि बताएका थिए ।

बंगलादेशमा खेल्ने सम्भावना कम हुदै गएपछि शकिबले सामाजिक सञ्जालमा केहिदिन अघि लेखेका थिए-  'म तपाईंहरू वरपरका सबैसँग बिदाइ गर्न चाहन्छु । विदाईको क्षणमा, म तपाईहरुसँग हात मिलाउन चाहन्छु जसको तालीले मलाई अझ राम्रो खेल्न बाध्य बनायो । म ती आँखाहरू भेट्न चाहन्छु जसले राम्रो खेल्दा रमाईलो गरे भने नराम्रो खेल्दा आँखा आँसुले भरिएको थियो ।'

साथै गत जुलाई- अगस्तमा भएको विद्यार्थी आन्दोलनका क्रममा चुप बसेकोप्रति माफी समेत मागेका थिए ।

अगस्तमा सेख हसिनाले देश छोडेदेखि नै शकिब बंगलादेश फर्किन सकेका छैनन् । हसिनाको दल अवामी लिगका निर्वाचित सांसद रहेका शकिबविरुद्ध बंगलादेशमा मुद्धा समेत दायर भएको छ । अगस्तमा सरकार विरोधी आन्दोलन चर्किदै गर्दा शकिब भने क्यानडामा ग्लोबल टी-२० लिग खेलिरहेका थिए । त्यसपछि उनी पाकिस्तान गएर बंगलादेशले जितेका दुई टेस्टको सिरिज खेलेका थिए । त्यसपछि सेप्टेम्बरमा शकिब बेलायत पुगेर सर्रेका लागि एक फर्स्ट क्लास खेल खेलेका थिए । बेलायतपछि उनी भारत आएर टेस्ट सिरिज खेलेका थिए ।

बंगलादेश बोर्डले पहिलो टेस्टबाट शकिबलाई बाहिर राखिएको उनी आफ्नो क्यारियरको अन्तिममा रहेपनि बोर्डको सिस्टम भित्र नै रहेको बताएको छ । साथै बोर्डले अक्टोबर २९ देखि हुने दक्षिण अफ्रिकाविरुद्धको दोस्रो टेस्टमा शकिब खेल्ने वातावरण बन्ने विश्वास व्यक्त गरेको छ ।

शकिब विश्वकै उत्कृष्ट अल राउण्डर क्रिकेटर हुन् । उनले बंगलादेशका लागि ७१ टेस्टमा ५ शतक र ३१ अर्धशतकसहित ४६०९ रन बनाएका छन् भने २४६ विकेट लिएका छन् । त्यस्तै २४७ एकदिवसीय खेलमा ९ शतक र ५६ अर्धशतकसहित ७५७० रन बनाएका छन् भने ३१७ विकेट पनि लिएका छन् ।

त्यसैगरी १२९ टी-२० अन्तर्राष्ट्रिय खेल खेल्दै शकिबले २५५१ रन बनाएका छन् भने १४९ विकेट लिएका छन् ।
         

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पश्चिम तराईमा हुस्सु र शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर । बाक्लो हुस्सु र लगातारको शीतलहरले पश्चिम तराईका जिल्लामा चिसो बढाएको छ। धनगढी, कञ्चनपुर लगायतका क्षेत्रमा दिनभर हुस्सु र चिसोको सामना गर्नु...

एमाले महाधिवेशन असाधारण, स्वस्थ प्रतिस्पर्धा भएको विष्णु रिमालको धारणा

काठमाडौँ । नेकपा एमालेका उपमहासचिव विष्णु प्रसाद रिमालले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशन असाधारण भएको बताएका छन्। उनले महाधिवेशनमा गरिमा, उत्साह र स...

काठमाडौँका २९ विद्यालयले राखे नेपालीपन झल्किने नयाँ नाम

काठमाडौँ । यस वर्ष काठमाडौँ महानगरपालिकामा सञ्चालनमा रहेका ३९ वटा विद्यालयले नेपालीपन झल्किने गरी विद्यालयको नाम परिवर्तन गरेका छन् । गत वर्षदेखि नै क...

मानव बेचबिखन रोकथाम गर्न सरकार संवेदनशील छः मन्त्री श्रेष्ठ

मोरङ । सङ्घीय महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले मानव बेचबिखन गम्भीर अपराध भएकाले यसको रोकथाम गर्न सरकार संवेदनशील रहेको बता...

एकैदिन घट्यो सुनको मूल्य तोलामा दुई हजार

काठमाडौं । नेपाली बजारमा शुक्रबार (पुस ४) सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा दुई हजार रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ...

दोलखामा कांग्रेसले प्रतिनिधि र समानुपातिक सांसदका लागि उम्मेदवार सिफारिस गर्‍यो

दोलखा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस दोलखाले बागमती प्रदेशसभा सदस्य एवं पूर्व मन्त्री कुन्दनराज काफ्लेसह...

रवि लामिछानेको सशर्त रिहाइ विधिको शासन र राजनीतिक उपयुक्तताका दृष्टिले स्वागतयोग्य : बाबुराम भट्टराई

काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई अदालतले सशर्त धरौटीमा रिहा गर्दै मुद...

टुकुचा खोलामा फोहर पानी प्रशोधन केन्द्र निर्माण हुँदै

काठमाडौँ । टुकुचा खोलाको पानीलाई प्रशोधन गरी पिउनयोग्य बनाउने दीर्घकालीन लक्ष्यसहित फोहर पानी प्रशोधन केन्द्र (Wastewater Treatment Plant) निर्माणको क...

शेरधन राईको घरमा डबल खुसी पद र पितृत्व, ५५ वर्षमा पहिलोपटक बाबु बन्दै

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनबाट सचिव पदमा निर्वाचित भएका पूर्वमुख्यमन्त्री शेरधन राईका लागि एकपछि अर्को खुशीको खबर आएको छ। ५५ वर्षको उमेरमा...

रूपन्देहीमा कलेज पढ्दै गरेका १७ वर्षीय युवकको हत्या,

रूपन्देही।  रूपन्देहीमा कलेज अध्ययनरत एक युवकको हत्या भएको अवस्थामा शव फेला परेको छ। मृतक कञ्चन गाउँपालिका–३, धौलागिरीचोकका १७ वर्षीय ईशान पौडेल हुन्।...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending