पोखरा । सहकारी ठगी तथा संगठित अपराध मुद्दामा अनुसन्धानका लागि शुक्रबार काठमाडौंमा पक्राउ परी रातारात पोखरा ल्याइएका राष्ट्रिय स्वतन्त्र पार्टी सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेलाई जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा राखिएको छ ।
कास्की प्रहरीले जिल्ला अदालत कास्कीबाट लामिछानेमाथि अनुसन्धान गर्न पक्राउ पूर्जीको अनुमति लिएको थियो । त्यसपछि सिआईबी सहयोगमा यहाँ ल्याएपछि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उनको स्वास्थ परीक्षण गरी राति करिब ३ बजे प्रहरी हिरासतमा राखिएको हो ।
शनिबार सार्वजनिक बिदा परेकाले म्याद थपका लागि आइतबार मात्र कास्की जिल्ला अदालत उपस्थित गराइने छ ।
यतिखेर पोखरा ४, गैह्रापाटनस्थित जिल्ला प्रहरी कार्यालयमा भने रास्वपाका नेता तथा कार्यकर्ताको चहलपहल छ । शनिबार पोखरामा रास्वपाले शक्ति प्रदर्शनको तयारी गरेको छ । रविलाई हिरासत छिराउनु पूर्व पनि प्रहरी कार्यालय अघि पनि ओली सरकारको दमन भन्दै गएराति रविको पक्षमा नाराबाजी गरिएको थियो । रास्वपामा नेता डा। स्वर्णिम वाग्ले, डिपी अर्याल, रवि पत्नी निकिता पौडेलले हिरासतमा रविलाई भेटेका थिए ।
रास्वपाले पार्टी सभापतिलाई राजनीतिक प्रतिशोध साँध्न पक्राउ गरेको र सो पक्राउविरुद्ध शनिबार बिहान ११ बजेपछि पोखरा चिप्लेढुंगास्थित मानवअधिकार चोकमा विरोध प्रदर्शन गर्ने तयारी गरेको छ । त्यसका लागि रास्वपाका काठमाडौं, चितवन, कास्कीसहित छिमेकी जिल्लाका कार्यकर्ता पोखरा आउने क्रम जारी छ ।
सम्भावित अप्रिय घटना हुन नदिन प्रहरी कार्यालय परिसर, जिल्ला अदालत, सिडियो कार्यालय तथा पोखराका मुख्य चोकचोकमा ठूलो संख्यामा प्रहरी परिचालित छ । त्यस खण्ड हुँदै आवतजावत गर्ने सर्वसाधारणलाई समेत चेकजाँच गरिएको छ । सवारी साधन रोकेर सोधपुछ गर्ने गरिएको छ ।
प्रहरी कार्यालय अघिका चिया पसलहरूमा मानिसहरू अनेक आकलनसहित गफ गरिरहेको भेटिन्छन् ।
लामिछानेमाथि पोखरामा प्रधान कार्यालय रहेको सूर्यदर्शन सहकारीसहित विभिन्न सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रा.लि.मा अपचलन गरेको आरोप छ । लामिछाने गोर्खा मिडियामा करिब १६ महिनासम्म कार्यकारी निर्देशक पदमा रहेकोमा राजीनामा दिएर राजनीतिमा प्रवेश गरेका हुन् । चितवनबाट लोकप्रिय मत सहित प्रतिनिधिसभाको चुनाव जितेर सांसद बनेका उनी छोटो समयमै गृहमन्त्री तथा उपप्रधानमन्त्री पदमा पुगेका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख १५ गते, २०८३ - २२:१६
रुकुम पश्चिम । रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा जिप दुर्घटना हुँदा १२ जना घाइते भएका छन्। आठबिसकोट नगरपालिका–९ राडी बजारबाट मैडाँडा जाँदै गरेको ...
बैशाख १५ गते, २०८३ - २२:१०
काठमाडौं । नेकपाले संसद् अधिवेशन अन्त्य गरेर अध्यादेश ल्याउने सरकारको निर्णयप्रति कडा असन्तुष्टि जनाएको छ । पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा बस...
बैशाख १५ गते, २०८३ - २२:०७
काठमाडाैं । सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोगविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ । अधिवक्ता डा प्रेमराज सिलवालले मंगलबार दायर गर...
बैशाख १५ गते, २०८३ - २२:००
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मुलुकको सङ्घीय संरचनालाई दीर्घकालीन रूपमा सबल पार्न जनताको चाहना र भूगोललाई मध्यनजर राख...
बैशाख १५ गते, २०८३ - २१:५५
काठमाडौँ । काठमाडौँ महानगरपालिकाको निर्देशनपछि धादिङ र नुवाकोटसम्म सञ्चालन हुने सार्वजनिक यातायात बसपार्कबाटै सञ्चालन हुन थालेका छन् । काठमाडौँ महा...
बैशाख १५ गते, २०८३ - २१:४६
झापा । झापामा अवैध रूपमा भारत लैजान लागिएको ठूलो परिमाणको चाइनिज फुजि स्याउ बरामद गरिएको छ। आज दिउँसो करिब साढे १२ बजेको समयमा झापा गाउँपालिका–१ सालमा...
बैशाख १५ गते, २०८३ - २१:०६
काठमाडौँ । काठमाडौंको थापाथली, मनोहरा र गैह्रीगाउँको सुकुमबासी बस्ती हटाएसँगै अन्य जिल्लामा पनि सुकुमबासीको विवरण संकलन गर्न थालिएको छ । सुकुमबासीक...
बैशाख १५ गते, २०८३ - २१:०१
काठमाडौं । पटक–पटक कानुनको फन्दामा परिरहेका सन्तोष रानाभाट फेरि चोरी आरोपमा पक्राउ परेका छन्। प्रहरीले लामो आपराधिक पृष्ठभूमि भएका उनलाई नियन्त्रणमा ल...
बैशाख १५ गते, २०८३ - २०:५३
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले बुधबार साँझदेखि देशका विभिन्न क्षेत्रमा तीव्र गतिको हावाहुरीसहित मेघगर्जन, चट्याङ, असिना र वर्षाको सम्भावना रहे...
बैशाख १५ गते, २०८३ - २०:४६
काठमाडाैँ । युद्ध अन्त्य र हर्मुज जलघाँटी पुनः सञ्चालन गर्ने प्रस्ताव अघि सारे पनि इरानले आफ्नो आणविक कार्यक्रमबारे छलफल स्थगित गर्न खोजेपछि अमेरिकाले...


प्रतिकृया लेख्नुहोस्: