Ntc summer Offer
Khabar Dabali ३ कार्तिक २०८१ शनिबार | 19th October, 2024 Sat
Investment bank

रवि लामिछाने प्रहरी हिरासतमा, पाेखरामा सुरक्षा व्यवस्था कडा

खबरडबली संवाददाता

पोखरा । सहकारी ठगी तथा संगठित अपराध मुद्दामा अनुसन्धानका लागि शुक्रबार काठमाडौंमा पक्राउ परी रातारात पोखरा ल्याइएका राष्ट्रिय स्वतन्त्र पार्टी सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेलाई जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा राखिएको छ ।

कास्की प्रहरीले जिल्ला अदालत कास्कीबाट लामिछानेमाथि अनुसन्धान गर्न पक्राउ पूर्जीको अनुमति लिएको थियो । त्यसपछि सिआईबी सहयोगमा यहाँ ल्याएपछि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उनको स्वास्थ परीक्षण गरी राति करिब ३ बजे प्रहरी हिरासतमा राखिएको हो ।

शनिबार सार्वजनिक बिदा परेकाले म्याद थपका लागि आइतबार मात्र कास्की जिल्ला अदालत उपस्थित गराइने छ ।

यतिखेर पोखरा ४, गैह्रापाटनस्थित जिल्ला प्रहरी कार्यालयमा भने रास्वपाका नेता तथा कार्यकर्ताको चहलपहल छ । शनिबार पोखरामा रास्वपाले शक्ति प्रदर्शनको तयारी गरेको छ । रविलाई हिरासत छिराउनु पूर्व पनि प्रहरी कार्यालय अघि पनि ओली सरकारको दमन भन्दै गएराति रविको पक्षमा नाराबाजी गरिएको थियो । रास्वपामा नेता डा। स्वर्णिम वाग्ले, डिपी अर्याल, रवि पत्नी निकिता पौडेलले हिरासतमा रविलाई भेटेका थिए ।

रास्वपाले पार्टी सभापतिलाई राजनीतिक प्रतिशोध साँध्न पक्राउ गरेको र सो पक्राउविरुद्ध शनिबार बिहान ११ बजेपछि पोखरा चिप्लेढुंगास्थित मानवअधिकार चोकमा विरोध प्रदर्शन गर्ने तयारी गरेको छ । त्यसका लागि रास्वपाका काठमाडौं, चितवन, कास्कीसहित छिमेकी जिल्लाका कार्यकर्ता पोखरा आउने क्रम जारी छ ।

सम्भावित अप्रिय घटना हुन नदिन प्रहरी कार्यालय परिसर, जिल्ला अदालत, सिडियो कार्यालय तथा पोखराका मुख्य चोकचोकमा ठूलो संख्यामा प्रहरी परिचालित छ । त्यस खण्ड हुँदै आवतजावत गर्ने सर्वसाधारणलाई समेत चेकजाँच गरिएको छ । सवारी साधन रोकेर सोधपुछ गर्ने गरिएको छ ।

प्रहरी कार्यालय अघिका चिया पसलहरूमा मानिसहरू अनेक आकलनसहित गफ गरिरहेको भेटिन्छन् ।

लामिछानेमाथि पोखरामा प्रधान कार्यालय रहेको सूर्यदर्शन सहकारीसहित विभिन्न सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रा.लि.मा अपचलन गरेको आरोप छ । लामिछाने गोर्खा मिडियामा करिब १६ महिनासम्म कार्यकारी निर्देशक पदमा रहेकोमा राजीनामा दिएर राजनीतिमा प्रवेश गरेका हुन् । चितवनबाट लोकप्रिय मत सहित प्रतिनिधिसभाको चुनाव जितेर सांसद बनेका उनी छोटो समयमै गृहमन्त्री तथा उपप्रधानमन्त्री पदमा पुगेका थिए ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रवि लामिछाने प्रहरी हिरासतमा, पाेखरामा सुरक्षा व्यवस्था कडा

पोखरा । सहकारी ठगी तथा संगठित अपराध मुद्दामा अनुसन्धानका लागि शुक्रबार काठमाडौंमा पक्राउ परी रातारात पोखरा ल्याइएका राष्ट्रिय स्वतन्त्र पार्टी सभापति ...

नेपालले अमेरिकाविरुद्धको दोस्रो टी-२० खेल भोलि बिहान खेल्दै

काठमाडौँ । नेपालले भोलि बिहान अमेरिकाविरुद्धको टी- २० सिरिजको दोस्रो खेल खेल्दै छ । नेपाली समय अनुसार बिहान ५: ४५ बजेदेखि शुरु हुने यो खेल अमेरिकाको ट...

बाँकेमा धान उत्पादन बढ्ने प्रक्षेपण

काठमाडौँ । बाँकेमा यस वर्ष धानको उत्पादन बढ्ने प्रक्षेपण गरिएको छ । अनुकूल मौसम र समयमा रोपाइँ भएकाले उत्पादन बढ्ने कृषि ज्ञान केन्द्रले बताएको हो । ...

बाँकेमा धान उत्पादन बढ्ने प्रक्षेपण

काठमाडौँ । बाँकेमा यस वर्ष धानको उत्पादन बढ्ने प्रक्षेपण गरिएको छ । अनुकूल मौसम र समयमा रोपाइँ भएकाले उत्पादन बढ्ने कृषि ज्ञान केन्द्रले बताएको हो । ...

जनकपुरमा धोती, कुर्ता र सारी जुलुस

जनकपुर ।  मिथिलाको पहिरनलाई जगेर्ना गर्नुका साथै प्रचारप्रसार गर्ने उद्देश्यले युवाहरूले धोती, कुर्ता र सारी जुलुस निकालेका छन् । पछिल्लो समय युवाह...

सरकार मरेपनि न्यायलय मरेको छैनः डिपी अर्याल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का उपसभापति डिपी अर्यालले पार्टी सभापति रवि लामिछानेलाई थुन्न पाए रास्वपा सकाइन्थ्यो भन्ने मनसाय कांग्र...

राजनीतिक प्रतिशोध साँध्न सरकारले अदालतको समेत प्रयोग गर्‍योः रास्वपा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवहाक प्रवक्ता मनिष झाले सरकारमा रहेकाहरुले राजनीतिक प्रतिशोध साँधेर अदालतको समेत प्रयोग गरेको आरोप लगाएका...

प्रहरीले गर्यो जग्गादातालाई सम्मान

काठमाडौं । अस्थायी प्रहरी पोष्ट झोता र छान्ना पाटादेवलका लागि निःशुल्क जग्गा उपलब्ध गराएका नन्दादेवी सिंह, कृष्णबहादुर सिंह र पूर्णबहादुर थापालाई सम्म...

माओवाादी अध्यक्ष प्रचण्ड पुगे जनार्दनलाई लिएर चितवन

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चितवन पुगेका छन् ।  चितवनमा आयोजित कार्यक्रममा सहभागी हुन अध्यक्ष प्रचण्ड उपमहासचिव ...

लामिछाने पक्राउको विरोधमा रास्वपाको पोखरामा प्रदर्शन

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउ गरेको विरोधमा रास्वपाका कार्यकर्ताले पोखरा विरोध प्रदर्शन शुरु गरेका छन् । रास्वपाक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy