भैरहवा । रुपन्देहीको भैरहवामा जारी ‘वीपी कोइराला स्मृति कप टी–२०’ अन्तर्राष्ट्रिय अन्तरक्लब क्रिकेट प्रतियोगितामा भारतको लाइफ केयर क्रिकेट क्लब र बंगलादेशको साईक्यू क्रिकेट एकेडेमी विजयी भएका छन् । आइतबारको खेलमा नेक्सस रुपन्देही–११ नेपाललाई ७ विकेटले पराजित गर्दै लाइफ केयर भारतले लगातार दोस्रो जित निकालेको हो । साईक्यूले भने पाकिस्तानको जावेद गोहार इन्टरनेशनल क्रिकेट एकेडेमीलाई ४२ रनले पराजित गरेको हो । प्रतियोगितामा साईक्यूले विजयी सुरुवात गर्दा पाकिस्तान भने लगातार दुई खेलमा पराजित हुन पुगेको छ ।
भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेक्ससले निर्धारित खेलमा ७ विकेट गुमाएर १ सय ३३ रनको मध्यम योगफल बनायो । नेक्ससका लागि आकाश त्रिपाठीले ४८, सुमित महर्जन र वसिर अहम्मदले समान २८–२८ रन बनाए । अन्य ब्याटरले भने दोहोरो अंकमा रन बटुल्न सकेनन् । बलिङमा भारतको लाइफ केयरका योगेश कुमारले ३ तथा शुभम लाम्रा, हिमांसु र विपुल कम्बोजले समान १–१ विकेट लिए ।
१ सय ३४ रनको लक्ष्यसहित मैदानमा उत्रिएको भारतको लाइफ केयरले १६ ओभर ३ बलमा ३ विकेटको नोक्सानीमा १ सय ३७ रन बनाउँदै सहजै लक्ष्य पूरा गर्यो र जित निकाल्यो । उसको जितमा दीपक पुनियाले अर्धशतकीय पारी खेल्दै ४३ बलमा ३ छक्का र ५ चौकाको मद्दतमा ६० रन जोडे । यस्तै, राजेश शर्माले नटआउट ३७ र विपुल कम्बोजले ३२ रनको योगदान दिए । बलिङमा नेक्सस नेपालका साहब आलमले २ तथा वसिर अहम्मदले १ विकेट लिए । खेलमा भारतको लाइफ केयरका दीपक पुनिया म्यान अफ द म्याच भई पाँच हजार रुपैयाँ प्राप्त गरे ।
दोस्रो खेलमा सिद्धार्थ क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको साईक्यूले १९ ओभर ५ बलमा सबै विकेट गुमाउँदै १ सय ४७ रनको लक्ष्य प्रस्तुत गर्यो । उसका लागि मुल्लरले ४६, मुनिम सानरिअरले २७, शौरभले अविजित २५, रानाले १७ र फैसालले १४ रन बनाए । बलिङमा जावेद गोहारका रिशभ जोशीले ३, इमरान नाजिर र अब्बास अलीले २–२ तथा अहाब अली र सामोहले समान १–१ विकेट लिए ।
पाकिस्तानको जावेद गोहारले जवाफी ब्याटिङ गर्दै १८ ओभर २ बलमा अलआउट हुँदै १ सय ५ रनमै समेटियो । उसका लागि अली हुसेनले ३४, जिम खानले १९, सामोहले १८ र रिशभ जोशीले १० रन बनाए अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न नसक्दा टीमले हार व्यहोर्यो । बलिङमा उसलाई सस्तैमा रोक्न बंगलादेशको साईक्यूका सोमराटले ३, राकिव र मुल्लारले २–२ तथा एकस, शाहबाज र शाकिवले समान १–१ विकेट हात पारे । साईक्यूका मुल्लर म्यान अफ द म्याच भई पाँच हजार रुपैयाँ पाए ।
नेक्सस क्रिकेट एकेडेमीको आयोजना र रुपन्देही क्रिकेट संघको प्राविधिक सहयोगमा जारी प्रतियोगिता कार्तिक १० गतेसम्म संचालन हुनेछ । प्रतियोगितामा विजेता टीमलाई ५ लाख र उपविजेतालाई ३ लाख रुपैयाँ पुरस्कार प्रदान गरिने छ । त्यस्तै म्यान अफ द सिरिजलाई ३५ हजार, बेस्ट बलरलाई २० हजार, बेस्ट ब्याट्सम्यानलाई २० हजार र प्रत्येक खेलको म्यान अफ द म्याचलाई ५ हजार प्रदान गरिने आयोजक संस्थाका अध्यक्ष अध्यक्ष भरतबहादुर शाहीले जनाए । प्रतियोगितामा दक्षिण एसियाली चारवटा टेष्ट राष्ट्र भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र नेपाल गरी पाँच देशका प्रथम श्रेणीका खेलाडीहरुको सहभागी भएका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २१ गते, २०८३ - २१:४१
काठमाडौं । निर्वासित तिब्बती धर्मगुरु दलाई लामा को जन्मदिनका अवसरमा सोमबार काठमाडौंमा जुलुस, सभा तथा सार्वजनिक प्रदर्शन गर्न नदिने निर्णय गरिएको छ। ...
आषाढ़ २१ गते, २०८३ - २१:३४
ध्रुवे हात्तीको आक्रमणमा ज्यान गुमाएका आमाछोराको परिवारसँग भेट, क्षतिपूर्ति र घर पुनर्निर्माणको प्रतिबद्धता
आषाढ़ २१ गते, २०८३ - २१:३२
दार्चुला । कालापानी–लिपुलेक यात्रामा रहेको राष्ट्रिय जेनजी नागरिक अभियानको टोलीले दार्चुलाको तिंकर भञ्ज्याङस्थित ५ हजार २५८ मिटर उचाइमा रहेको एक नम्बर...
आषाढ़ २१ गते, २०८३ - ०९:२७
दुई दशकदेखि आतंकको पर्याय बनेको जंगली हात्तीले फेरि लियो आमाछोराको ज्यान
आषाढ़ २१ गते, २०८३ - ०९:२५
सुर्खेत । सल्यानमा खेत रोप्न गएकी एक महिलाको शारदा नदीमा डुबेर मृत्यु भएको छ। मृत्यु हुनेमा कालिमाटी गाउँपालिका–४, ज्यामिरेकी ४६ वर्षीया सिता विक र...
आषाढ़ २१ गते, २०८३ - ०९:१७
काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ। समितिका अनुसार आज गोलभेँडा, आलु, प्या...
आषाढ़ २१ गते, २०८३ - ०९:१६
धादिङ । धादिङको गंगाजमुना गाउँपालिका–४ गुम्दी धङ्गार्चोकमा शनिबार पारिवारिक विवादका क्रममा छोराले बाबुको हत्या गरेका छन् । ६४ वर्षीय धनबहादुर सुना...
आषाढ़ २१ गते, २०८३ - ०९:१४
काठमाडौँ । अविरल वर्षासँगै देशको विभिन्न क्षेत्रमा बाढी तथा पहिरोका घटना बढ्दै जाँदा कर्णाली प्रदेशका दुई प्रमुख राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। ...
आषाढ़ २१ गते, २०८३ - ०९:१३
काठमाडौं । डोल्पाको जगदुल्ला गाउँपालिका–५ गैरीगाउँमा अविरल वर्षापछि धुलाखोलामा आएको हिलोसहितको बाढी घरमा पस्दा एक महिलाको मृत्यु भएको छ भने चार जना घा...
आषाढ़ २१ गते, २०८३ - ०९:०८
काठमाडौँ । महोत्तरीको एकडारा गाउँपालिका–३ स्थित अजमरपट्टीबाट सशस्त्र प्रहरीले गाँजासहित दुई जनालाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिएकाहरूमा मकव...



प्रतिकृया लेख्नुहोस्: