काठमाडौं । जिल्ला प्रहरी कार्यालय, मोरङको नयाँ प्रमुखमा एसपी राजन लिम्बूलाई खटाउने निर्णय तीन दिनमै फेरिएको छ ।
गत शुक्रबार प्रहरी प्रधान कार्यालय, नक्सालले मोरङ प्रमुखमा एसपी लिम्बूलाई पठाउने निर्णय गरेको थियो । तर, सोमबार लिम्बूको काज सरुवा रद्द गर्दै एसपी नारायणप्रसाद चिमरियालाई पठाउने निर्णय गरेको हो ।
यसअघि मोरङमा कार्यरत एसपी नवराज कार्कीलाई जिम्मेवारीबाट हटाएर प्रहरी प्रधान कार्यालयमा झिकाइएको थियो । उनीमाथि आर्थिक अपचलन गरेको आरोपमा छानबिन भइरहेको छ ।
लिम्बू प्रधानमन्त्री केपी शर्मा ओलीको व्यक्तिगत सुरक्षा अधिकृत (पीएसओ)समेत भइसकेका प्रहरी अधिकृत हुन् । स्रोतकाअनुसार कांग्रेस नेताहरुले गृहमन्त्री रमेश लेखकसँग असहमति जनाएपछि लिम्बूको सरुवा रद्द भएको हो ।
लिम्बू ताप्लेजुङको इन्चार्ज हुँदा विसं २०८० भदौमा कोशी प्रदेशका कांग्रेस सांसद खगेनसिंह हाङगामले धम्की दिएका थिए । त्यसपछि कांग्रेस नेताहरु उनीसँग असन्तुष्ट रहेकोले तीन दिनमै सरुवा भएको हो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
कार्तिक ७ गते, २०८१ - २१:२८
काठमाडौं । २७ वर्ष देखि सुनचाँदीको कारोबार गरिहेको राजधानीको न्युरोडस्थित नारायण ज्वेलर्सले तिहारको अवसरमा ‘ज्यालामा अदिकतम छुट अफर’ सार्वजनिक गरेको छ...
कार्तिक ७ गते, २०८१ - २१:२६
झापा। झापाको कमल गाउँपालिका–४ केरखास्थित पूर्वपश्चिम राजमार्गमा आज साँझ भएको सवारी दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ। मृत्यु हुनेमा कमल...
कार्तिक ७ गते, २०८१ - १८:१७
भैरहवा । भैरहवामा जारी ‘वीपी कोइराला स्मृति कप टी–२०’ अन्तर्राष्ट्रिय अन्तरक्लब क्रिकेट प्रतियोगितामा सेमिफाइनल समिकरण पूरा भएको छ । बुधबारको पहिलो खे...
कार्तिक ७ गते, २०८१ - १८:१७
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र आईसीआईसीआई बैंक क्यानाडाबीच विभित्र बैकिङ्ग सेवासम्बन्धी सहकार्यका लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ। यसस...
कार्तिक ७ गते, २०८१ - १३:३६
दोधारा चाँदनी । महेन्द्रनगरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पर्यटकका लागि खुला गरिएको छ । गत बिहीबारदेखि निकुञ्ज प्रशासनले पर्यटकका लागि शुक्लाफाँ...
कार्तिक ७ गते, २०८१ - १३:३१
काठमाडौं । आम जनता पार्टीका अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलीको १०० दिने कार्यकाल विपक्षीलाई दबाउने, भ्रष्टाचारीलाई जो...
कार्तिक ७ गते, २०८१ - १३:२७
काठमाडौं । उत्तर बेंगलुरुमा निर्माणाधीन भवन भत्किँदा एक जनाको मृत्यु भएको छ भने सात जना बेपत्ता छन् । यहाँ विगत चार दिनदेखि भारी वर्षा भइरहेको छ । ...
कार्तिक ७ गते, २०८१ - १३:२१
विराटनगर। नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सहकारी प्रकरणमा रवि लामिछानेलाई आफुहरुले क्लिन चिट नदिएको बताएका छन्। बुधबा...
कार्तिक ७ गते, २०८१ - १३:१३
काठमाडौं । प्रहरीले जबरजस्ती करणी र गर्भपतन मुद्दाका फरार प्रतिवादी पक्राउ गरेकाके छ । पक्राउ पर्नेमा सल्यान बागचौर नगरपालिका–२ बागचौर घर भई काठमाडौं ...
कार्तिक ७ गते, २०८१ - १३:११
काठमाडौं । प्रहरीले काठमाडौंसहित देशभरबाट २१ जना जुवाडे पक्रा गरेको छ । प्रहरीले काठमामडौंबाट १०, उदयपुरबाट ४ र बाँकेबाट ७ जनालाई पक्रााउ गरेको हो । ...
प्रतिकृया लेख्नुहोस्: