काठमाडौं । राष्ट्रिय पुरुष फुटबल टोलीका अन्तरिम मुख्य प्रशिक्षक नवीन न्यौपानेले बन्द प्रशिक्षणका लागि ३६ खेलाडी बोलाएका छन् ।
नोभेम्बरमा ताजकिस्तानविरुद्ध हुने मैत्रीपूर्ण खेलका लागि अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले सोमबार नै न्यौपानेलाई अन्तरिम मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो । फुटबल टोलीको प्रशिक्षक भिसेन्जो अल्बर्टो एनेससँगको सम्झौता सकिएपछि नेपाली राष्ट्रिय पुरुष फुटबल टोली मुख्य प्रशिक्षकबीहिन थिए । नेपाल नोभेम्बर फिफा विन्डोमा मैत्रीपूर्ण फुटबल खेल्न ताजकिस्तान जान लागेको हो । यस्तै एन्फाले चेतन घिमिरेलाई सहायक र नवीन महर्जनलाई गोलरक्षक प्रशिक्षकमा नियुक्त गरेको छ ।
प्रशिक्षणमा बोलाइएको खेलाडीहरुमा गोलरक्षक : किरणकुमार चेम्मोङ, विशाल सुनार, दीप कार्की, अभिषेक बराल, जियारथ शेख र कृशल मोक्तान रहेका छन् । यसैगरी रक्षकमा अनन्त तामाङ, छिरिङ लामा, सेमन्त थापा, रोहित चन्द, विमल पाण्डे, निर्मल घिसिङ, सनिश श्रेष्ठ, विवेक चौधरी, रणदीप पौडेल, एन्जेल महर्जन, सविन घिमिरे र अभिषेक वाइबा रहेका छन् ।
मिडफिल्डरमा लकेन लिम्बु, रोहन कार्की, मणि लामा, उत्सव राई, भरत खवास, कुशल देउवा, अरिक विष्ट, आशिष राई, अभिनाश स्याङ्तान, मनिष डाँगी, आयुष घलान र उज्वल राई रहेका छन् । स्ट्राईकरमा जिलेस्पीजङ्ग कार्की, अन्जन विष्ट, सुमित श्रेष्ठ, सञ्जीव विष्ट, समिर तामाङ र निराजन धामी रहेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ३ गते, २०८१ - २०:४५
मुम्बई । मुम्बईको समुद्री तट नजिक बुधबार एउटा डुङ्गा पल्टिँदा दुई जनाको मृत्यु भएको छ । बीबीसी मराठीका अनुसार स्थानीय समयअनुसार साँझ ५ः१५ बजे नीलकमल न...
पौष ३ गते, २०८१ - २०:३९
बाँके । प्रहरीले बाँकेमा गत मङ्सिरमा मात्रै लागुऔषध ओसारपसारविरुद्धको कारबाहीमा ठूलो परिमाणमा ब्राउनसुगर बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेल...
पौष ३ गते, २०८१ - २०:३५
जनकपुरधाम । मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान जनकपुरधाममा चिकित्सा शास्त्र अध्ययनअन्तर्गत स्नातक तह (एमबिबीएस) को अध्यापन सुरु भएको छ । सङ्घीय सरकारबा...
पौष ३ गते, २०८१ - २०:२८
काठमाडौं । आन्तरिक र बाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले पर्यटनको राजधानी पोखरामा यही पुस १३ देखि १७ गतेसम्म २६ औँ पोखरा सडक महोत्सव हुने भएको छ ...
पौष ३ गते, २०८१ - १९:४६
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमालेका सांसदहरूलाई आफुलाई भेट्न भोलि बिहान १० बजे आफ्नो सरकारी निवास बालुव...
पौष ३ गते, २०८१ - १९:३०
काठमाडाैं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले दक्षिण कोरियामा रहेका गैरआवासीय नेपालीलाई त्यहाँ सिकेको सिप, गरिरहेको श्रम र आर्जन गरे...
पौष ३ गते, २०८१ - १९:१७
काठमाडौं । नेपाली यु–१९ टोलीले एक खेल अगाबै हङकङविरुद्ध एकदिवसीय अभ्यास सिरिज जितेको छ । मुलपानी क्रिकेट मैदानमा बुधबार भएको दोस्रो खेलमा नेपालले हङकङ...
पौष ३ गते, २०८१ - १९:१३
काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले समानता र सबै अल्पसङ्ख्यक समूहको अधिकारको सुनिश्चितताका लागि नारीवादी परराष्ट्र नीतिमा जोड दिएकी छन् ।...
पौष ३ गते, २०८१ - १९:०७
काठमाडौं । प्रतिनिधिसभाका सदस्यले निजामती कर्मचारीलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गर्ने गरी ऐन बनाउनुपर्ने माग गरेका छन् । प्रतिनिधिसभाको राज्य व्यवस्...
पौष ३ गते, २०८१ - १९:०१
मापुटो । मोजाम्बिकमा चक्रवात चिडोबाट मृत्यु हुनेको सङ्ख्या ११ ले बढेर ४५ पुगेको राष्ट्रिय जोखिम तथा विपद व्यवस्थापन संस्थानले बुधबार घोषणा गरेको छ । म...
प्रतिकृया लेख्नुहोस्: