सुनसरी । नसरी सदरमुकाम इनरुवा–२ बिहीबारे हाटमा रहेका राजा शर्माको दिनचर्या फलामका विभिन्न सामग्री बनाउनेमै बित्ने गरेको छ । उनले बिहानैदेखि फलामको सामग्री बनाउन तल्लीन देखिन्छन् ।
वैदेशिक रोजगारी र अन्यको मजदुरी गर्नुभन्दा उनले फलामकै विभिन्न सामग्री निर्माण गरेर बेच्दा मनग्य आम्दानी हुने गरेको बताउँछन््।
दुहबीमा रहेको फलाम उद्योगबाट फलाम ल्याएर आफ्नो हस्तकलाको प्रयोग गर्दै विभिन्न सामग्री निर्माण गरेर बिक्री गर्दै आएका छन्। चुलेसी, कचिया, खुर्पी, दबिया, सुपारी काट्ने मेसिनलगायत विभिन्न सामग्री बनाउँछन् ।
उनले भने, “फलामको सामग्री निर्माण गरेर मासिक रु ४० देखि ५० हजारसम्म आम्दनी हुन्छ । रोजगारीका लागि विदेश जानुभन्दा आफ्नै गाउँठाउँमा मेहनत र सीपको प्रयोग गर्यो भने राम्रै आम्दानी गर्न सकिन्छ ”
उनीजस्तै बिहीबारे हाटमा रहेका ४० भन्दा बढी शर्मा (लोहार) समुदायका मानिसले फलामको सामग्री बनाउनेमै बित्ने गरेको छ । त्यस ठाउँमा रहेका शर्मा (लोहार) समुदायका मानिसले फलामको सामग्री निर्माण गरेर त्यसबाट आएको आम्दनीले घरपरिवार चलाउनुका साथै बालबालिकालाई राम्रो शिक्षादीक्षा दिँदै आउनुभएको स्थानीय सन्तोष शर्माको भनाइ छ ।
लोहारसमुदायका मानिसले फलामबाट निर्माण गरेको सामग्री स्थानीय हाटबजारमा बिक्री गर्नुका साथै पूर्वी नेपालको विभिन्न जिल्लामा बिक्री गर्दै आएको स्थानीय राजा शर्माको भनाइ छ ।
पुख्र्यौली पेशालाई संरक्षण गर्दै सोचे जतिको आम्दानी गर्दै आएको बताए । आधुनिकताको विकास भए पनि सो समुदायका अधिकांश मानिसले पुरानै शैली र उपकरणको प्रयोग गरेर फलामको सामग्री बनाउँदै आएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ७ गते, २०८१ - ०९:४७
काठमाडौं । त्रिपुरेश्वरस्थित भाटभटेनी सुपर मार्केटलाई काठमाडौँ महानगरपालिकाले दुई लाख रुपैयाँ जरिवाना गरेको छ। ढुसी लागेको सामग्री बेचेको पाइएपछि ...
पौष ७ गते, २०८१ - ०९:४३
बागमती । बागमती प्रदेशमा यस वर्ष धानबाली उत्पादनमा ह्रास आएको छ । गत असोज ११ र १२ को वर्षासँगै आएको बाढीपहिरोले क्षति पुर्याउँदा धान एक दशमलव ३७ प्रति...
पौष ७ गते, २०८१ - ०९:४०
बागलुङ । बागलुङ नगरपालिका–१२ अमलाचौरका मुकुन्द ढकाल ४४ वर्षको भए। मलेसियामा १२ वर्ष बिताएका ढकालले गाउँमै पशुपालन सुरु गरेको चार वर्ष भयो । सुरुमा...
पौष ७ गते, २०८१ - ०९:३७
झापा । यहाँको बुद्धशान्ति गाउँपालिका–३ मा चार केजी प्रतिबन्धित लागुऔषध गाँजासहित २९ वर्षीया दुर्गा धिमाल पक्राउ परेकी छन् । बुधबारे इलाका प्रहरी का...
पौष ७ गते, २०८१ - ०८:२६
भरतपुर । मुग्लिन-काठमाडौँ सडक आजदेखि दैनिक तीन घण्टा बन्द हुने भएको छ। स्तरोन्नतिसहित निर्माणाधीन उक्त सडक विस्तारका क्रममा घुम्तीलगायत केही स्थानमा ...
पौष ७ गते, २०८१ - ०८:२२
काठमाडौं । रास्वपा सभापति एवं पूर्वगृह मन्त्री रवि लामिछानेविरुद्ध आज मुद्दा दर्ता गरिँदैछ। सहकारी ठगी प्रकरणमा जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासत...
पौष ७ गते, २०८१ - ०७:५१
काठमाडौंमा पनि थोरै बदली भई छिटफुटसम्म वर्षा हुनसक्ने
पौष ७ गते, २०८१ - ०७:३८
काठमाडौं । पहिलोपटक भएको देशकै ठूलो क्रिकेट प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि जनकपुर बोल्ट्सले जितेको उपलक्ष्यमा पर्साको सखुवा प्रसौनी ...
पौष ७ गते, २०८१ - ०७:३२
काठमाडौं । पूर्वराष्ट्रपति विद्या भण्डारी र पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन पार्टी राजनीतिमा सक्रिय हुने चर्चा चलिरहेको छ। नेकपा एमालेबाट दुई कार्यका...
पौष ७ गते, २०८१ - ०७:२६
काठमाडौं । एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले कार्यालय घेराउसँगै अवरोध गरेपछि त्रिविका उपकुलपति प्रा.डा. केशरजंग बराल कार्यालय जानै छाडेका छन् ...
प्रतिकृया लेख्नुहोस्: