Ntc summer Offer
Khabar Dabali ६ कार्तिक २०८१ मंगलवार | 22nd October, 2024 Tue
Investment bank

विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा चार जनाको मृत्यु

सांकेतिक तस्विर
खबरडबली संवाददाता

काठमाडौं । विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परेर कम्तीमा चार जनाको मृत्यु भएको नेपाल प्रहरीले जानकारी दिएको छ ।

उदयपुरको त्रियुगा नगरपालिका–७ चुहाडेस्थित सडकमा बाग्मती प्रदेश ०१–००६ ख ५३५२ नम्बरको बसले प्रदेश नम्बर ३–०२–००६ प ७०८६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार त्रियुगा नगरपालिका–५ पूर्वी श्रीपुर बस्ने १८ वर्षीय अंशु राईको मृत्यु भएको छ । दुर्घटना गम्भीर घाइते भएका उनको आर्या न्युरो अस्पताल विराटनगरमा थप उपचारको क्रममा सोमबार राति मृत्यु भएको हो ।  

यसैगरी मोरङको सुन्दरहरैँचा नगरपालिका(६ दुलारीस्थित सडकमा को.१ ह ७६५८ नम्बरको सिटी सफारीबाट लडेर चालक सोही नगरपालिका–५ बस्ने ४५ वर्षीय खैरा चौधरीको मृत्यु भएको छ । सिटी सफारीबाट सोमबार दिउँसो लडेर बेहोस भएका उनको बिराट टिचिङ अस्पताल विराटनगरमा उपचारको क्रममा मंगलबार बिहान मृत्यु भएको हो । 

यता कास्कीको पोखरा महानगरपालिका–७ शहिदचोकस्थित सडकमा ग.११ प ६७२५ नम्बरको स्कुटरको ठक्करबाट पैदलयात्री सोही महानगरपालिका–१३ सितलटोल बस्ने ४९ वर्षीय छल बहादुर गुरुङको मृत्यु भएको छ । सोमबार दिउँसो ठक्करबाट गम्भीर घाइते भएका उनको गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा गए राति मृत्यु भएको हो । स्कुटर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।                 

यस्तै कपिलवस्तुको शिवराज नगरपालिका–५ बालापुर मोड नजिकै अनटेष्ट लेखिएको ई–रिक्साबाट लडेर सोही ठाउँ बस्ने ७२ वर्षीया सुन्तली बिकको सोमबार राति मृत्यु भएको छ । ई–रिक्साबाट ओर्लिने क्रममा लडेर गम्भीर घाइते भएकी उनको चौराहा अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । ई–रिक्सा चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

सबै दुर्घटनाका सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

भैरहवामा सुप्रिम पीडितको प्रदर्शन

छविलालसँग रुपन्देही जिल्ला सरकारी वकिलको कार्यालयले लियाे बयान

सञ्चालनमा आयो सिन्धुली–रामेछाप जोड्ने खुर्कोटको बेलिव्रिज

रामेछाप । बाढीले बगाएको सिन्धुली–रामेछाप जोड्ने सुनकोसी नदीमा जडान भएको बेलिव्रिज आजबाट शुभारम्भ भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्...

बाढीपहिरो पीडितलाई माछापुच्छ्रे बैंकको २५ लाख सहयोग

काठमाडौं ।  माछापुच्छ्रे बैंक लिमिटेडले बाढीपहिरो पीडितहरूको राहतका लागि २५ लाख रुपैयाँ सहयोग गरेको छ। बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्...

एनआरएनएद्वारा सिन्धुपाल्चोकका बाढी तथा पहिरो प्रभावित २३ परिवारलाई राहत वितरण

काठमाडाै‌ ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सिन्धुपाल्चोक बाह्बिसे नगरपालिकाका बाढी तथा पहिरो प्रभावित २३ परिवारलाई राहत प्रदान गरेको छ । बाढी तथा ...

उदयपुरमा आगो लगाएर श्रीमतीको हत्या

उदयपुर । उदयपुरमा श्रीमानले श्रीमतिको आगो लगाई हत्या गरेका छन । जिलको बेलका नगरपालिका–८ मा ४८ वर्षिय दानबहादुर राईले आफ्नै श्रीमति ४० वर्षिय पुर्णकुमा...

कृषि प्राबिधिक विद्यार्थीले गरे व्यावसायिक फूल खेती

उदयपुरकाे त्रियुगा नगरपालिकाले गर्याेे प्लास्टिकजन्य मालाकााे प्रयाेगमा निषेध

तिहारलाई कोसेली कर्णालीको स्याउ

बाँके । कर्णालीको प्राङ्गारिक स्याउ बजारमा सस्तो दरमा उपलब्ध भएपछि यस वर्ष दसैँ–तिहारको कोसेलीका रुपमा घरघरमा पुगेको छ । आयातीत भारतीय र चीनको भन्दा स...

श्रीमतीमाथि घरेलु हिंसा गर्दै १४ वर्षीया छोरीलाई पटक पटक बलात्कार

चितवन । चितवनका एक बाबुले आफ्नी १४ वर्षकी छोरीलाई दुई वर्षदेखि बलात्कार गर्दै आएको खुलेको छ । भरतपुर महानगर घर भएका ती व्यक्तिले २०७९ माघदेखि पटक पटक ...

विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा चार जनाको मृत्यु

काठमाडौं । विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परेर कम्तीमा चार जनाको मृत्यु भएको नेपाल प्रहरीले जानकारी दिएको छ । उदयपुरको त्रियुगा नगरपालिका–७ ...

प्रहरीले समात्यो ३९ जना जुवाडे

काठमाडौं । राजधानी काठमाडौंसहित दाङ र बाँके जिल्लाबाट जुवातास खेलिरहेको अवस्थामा नेपाल प्रहरीले ३९ जनालाई पक्राउ गरेको छ । काठमाडौँको टोखा नगरपालिक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy