काठमाडौं । विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परेर कम्तीमा चार जनाको मृत्यु भएको नेपाल प्रहरीले जानकारी दिएको छ ।
उदयपुरको त्रियुगा नगरपालिका–७ चुहाडेस्थित सडकमा बाग्मती प्रदेश ०१–००६ ख ५३५२ नम्बरको बसले प्रदेश नम्बर ३–०२–००६ प ७०८६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार त्रियुगा नगरपालिका–५ पूर्वी श्रीपुर बस्ने १८ वर्षीय अंशु राईको मृत्यु भएको छ । दुर्घटना गम्भीर घाइते भएका उनको आर्या न्युरो अस्पताल विराटनगरमा थप उपचारको क्रममा सोमबार राति मृत्यु भएको हो ।
यसैगरी मोरङको सुन्दरहरैँचा नगरपालिका(६ दुलारीस्थित सडकमा को.१ ह ७६५८ नम्बरको सिटी सफारीबाट लडेर चालक सोही नगरपालिका–५ बस्ने ४५ वर्षीय खैरा चौधरीको मृत्यु भएको छ । सिटी सफारीबाट सोमबार दिउँसो लडेर बेहोस भएका उनको बिराट टिचिङ अस्पताल विराटनगरमा उपचारको क्रममा मंगलबार बिहान मृत्यु भएको हो ।
यता कास्कीको पोखरा महानगरपालिका–७ शहिदचोकस्थित सडकमा ग.११ प ६७२५ नम्बरको स्कुटरको ठक्करबाट पैदलयात्री सोही महानगरपालिका–१३ सितलटोल बस्ने ४९ वर्षीय छल बहादुर गुरुङको मृत्यु भएको छ । सोमबार दिउँसो ठक्करबाट गम्भीर घाइते भएका उनको गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा गए राति मृत्यु भएको हो । स्कुटर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यस्तै कपिलवस्तुको शिवराज नगरपालिका–५ बालापुर मोड नजिकै अनटेष्ट लेखिएको ई–रिक्साबाट लडेर सोही ठाउँ बस्ने ७२ वर्षीया सुन्तली बिकको सोमबार राति मृत्यु भएको छ । ई–रिक्साबाट ओर्लिने क्रममा लडेर गम्भीर घाइते भएकी उनको चौराहा अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । ई–रिक्सा चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सबै दुर्घटनाका सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख १८ गते, २०८३ - २०:०६
काठमाडौँ । १३८औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट अखिल नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट)ले काठमाडौँको भृकृट...
बैशाख १८ गते, २०८३ - १९:५८
काठमाडौं । नेपाल मेडिकल काउन्सिलले थप १९ जना चिकित्सकको दर्ता प्रमाणपत्र (लाइसेन्स) खारेज गरेको छ। काउन्सिलका रजिस्ट्रार डा सतिशकुमार देवका अनुसार ...
बैशाख १८ गते, २०८३ - १९:५३
पर्सा । सिमरास्थित विशेष आर्थिक क्षेत्र (सेज) प्राधिकरण मातहत रहेको ४९० बिघा जमिन अतिक्रमण भएको छ । सेजको सो जग्गामा अहिले करिब छ सयभन्दा धेरैले घरटहर...
बैशाख १८ गते, २०८३ - १९:४८
काठमाडाैँ । टर्कीएको प्रहरीले शुक्रबार इस्तानबुलमा मे दिवसको प्रदर्शनमा अश्रुग्यास प्रहार गर्नुका साथै दर्जनौँ मानिसहरूलाई पक्राउ गरेको छ। सिएचडी लयर्...
बैशाख १८ गते, २०८३ - १९:४३
राेल्पा । रुकुमपूर्वबाट रोल्पाको जलजलातर्फ जाँदै गरेको जीप बिहीबार दिउँसो दुर्घटनामा पर्यो । उक्त दुर्घटनामा परी २० जनाको मृत्यु भयो भने एक जना घाइत...
बैशाख १८ गते, २०८३ - १९:३७
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल ले सम्पत्ति शुद्धीकरण निवारण (मनी लाउन्डरिङ) सम्बन्धी अध्यादेश जारी गरेका छन्। राष्ट्रपति कार्यालयका प्रवक्ता...
बैशाख १८ गते, २०८३ - १९:३२
काठमाडौँ । लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले एक थान पेस्तोल, म्यागेजिन र लागुऔषधसहित चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बूढानील...
बैशाख १८ गते, २०८३ - १९:२९
काठमाडौं । जनकपुरधामस्थित कृष्णा मेडिकल एण्ड टेक्निकल रिसर्च सेन्टरमा शल्यक्रियापछि एक महिलाको मृत्यु भएको घटनामा उत्पन्न विवाद सहमतिमा टुंगिएको छ। ...
बैशाख १७ गते, २०८३ - २०:५०
काठमाडौं । सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोगले सुरक्षा निकायका डीएसपी तहसम्मका अधिकृतहरूको सम्पत्ति जाँचबुझ गर्ने भएको छ। मन्त्रिपरिषद्को निर्...
बैशाख १७ गते, २०८३ - २०:४५
नयाँ दिल्ली । अनलाइन छलीमा वृद्धि हुँदा भारतले कडा सुरक्षा उपायहरू अपनाएको छ । भारतको केन्द्रीय बैङ्कले अनलाइन अपराधमा भएको वृद्धिलाई रोक्न सिफारिसहरू...


प्रतिकृया लेख्नुहोस्: