चितवन । चितवनका एक बाबुले आफ्नी १४ वर्षकी छोरीलाई दुई वर्षदेखि बलात्कार गर्दै आएको खुलेको छ । भरतपुर महानगर घर भएका ती व्यक्तिले २०७९ माघदेखि पटक पटक बलात्कार गर्दै आएको खुलेको हो ।
आफ्नी श्रीमतीलाई मादक पदार्थ सेवन गरी आएर पटक पटक कुटपिट गदै आएका बाबुले श्रीमतीले शारीरिक सम्पर्क गर्न नमान्दा बालिका छोरीलाई जबरजस्ती लात्कार गरेको प्रहरीमा बयान दिएका छन् ।
१४ वर्षकी छोरीलाई चार पाँच वर्ष अगाडिदेखि नै शारीरिक रुपमा यौनजन्य व्यवहार गर्दै आएपनि २०७९ माघ देखि भने पटक पटक २०८० फागुन १४ गते अन्तिम पटक आफूमाथि बलात्कार गरेको प्रहरीले ३५ भरतपुर (१२) नाम दिएकी बालिकाले बताएकी छिन् ।
बाबु देख्ने बित्तिकै छोरी डराउने, घरबाट बाहिर निस्किने गर्न थालेपछि आमाले छोरीलाई के भएको सोधपुछ गरेकी थिइन् । बाबुले मारिदिन्छु भन्ने धम्की दिएको कारण कसैलाई भन्न नसकेकी १४ वर्षीया बालिकाले अन्तिम पटक बाबुले बलात्कार गरेको सात महिनापछि यहि असोजमा मात्रै आमालाई भनेकी थिइन् ।
दाजु, भाउजु, बाबुआमासहित संयुक्त परिवारमा बस्दै आएकी बालिकामाथि आफ्नै बाबुले बलात्कार गरेको खुलेपछि दाजुले चितवन प्रहरीमा जाहेरी दिएका थिए । गत असोज ६ गते चितवन प्रहरीले जाहेरी प्राप्त गरेपछि बाबुलाई हिरासतमा लिएको थियो । अनुसन्धान प्रक्रिया सम्पन्न गरि कात्तिक १ गते चितवन अदालतमा मुद्दा दर्ता भएको हो ।
हाडनाता करणी कसुरको अभियोग लागाएर सरकारी वकिलको कार्यालयले जिल्ला अदालतमा मुद्धा दर्ता गरेको छ । अभियोग अनुसार हाडनाता करणी गर्ने व्यक्तिलाई जन्मकैदको कसुरको व्यवस्था नेपालको फौजदारी संहिताले गरेको छ । सोही कारबाहीको फैसला माग गर्दै मुद्दा दर्ता गरिएको सरकारी वकिलको कार्यालय चितवनले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख १५ गते, २०८३ - २२:१६
रुकुम पश्चिम । रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा जिप दुर्घटना हुँदा १२ जना घाइते भएका छन्। आठबिसकोट नगरपालिका–९ राडी बजारबाट मैडाँडा जाँदै गरेको ...
बैशाख १५ गते, २०८३ - २२:१०
काठमाडौं । नेकपाले संसद् अधिवेशन अन्त्य गरेर अध्यादेश ल्याउने सरकारको निर्णयप्रति कडा असन्तुष्टि जनाएको छ । पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा बस...
बैशाख १५ गते, २०८३ - २२:०७
काठमाडाैं । सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोगविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ । अधिवक्ता डा प्रेमराज सिलवालले मंगलबार दायर गर...
बैशाख १५ गते, २०८३ - २२:००
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मुलुकको सङ्घीय संरचनालाई दीर्घकालीन रूपमा सबल पार्न जनताको चाहना र भूगोललाई मध्यनजर राख...
बैशाख १५ गते, २०८३ - २१:५५
काठमाडौँ । काठमाडौँ महानगरपालिकाको निर्देशनपछि धादिङ र नुवाकोटसम्म सञ्चालन हुने सार्वजनिक यातायात बसपार्कबाटै सञ्चालन हुन थालेका छन् । काठमाडौँ महा...
बैशाख १५ गते, २०८३ - २१:४६
झापा । झापामा अवैध रूपमा भारत लैजान लागिएको ठूलो परिमाणको चाइनिज फुजि स्याउ बरामद गरिएको छ। आज दिउँसो करिब साढे १२ बजेको समयमा झापा गाउँपालिका–१ सालमा...
बैशाख १५ गते, २०८३ - २१:०६
काठमाडौँ । काठमाडौंको थापाथली, मनोहरा र गैह्रीगाउँको सुकुमबासी बस्ती हटाएसँगै अन्य जिल्लामा पनि सुकुमबासीको विवरण संकलन गर्न थालिएको छ । सुकुमबासीक...
बैशाख १५ गते, २०८३ - २१:०१
काठमाडौं । पटक–पटक कानुनको फन्दामा परिरहेका सन्तोष रानाभाट फेरि चोरी आरोपमा पक्राउ परेका छन्। प्रहरीले लामो आपराधिक पृष्ठभूमि भएका उनलाई नियन्त्रणमा ल...
बैशाख १५ गते, २०८३ - २०:५३
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले बुधबार साँझदेखि देशका विभिन्न क्षेत्रमा तीव्र गतिको हावाहुरीसहित मेघगर्जन, चट्याङ, असिना र वर्षाको सम्भावना रहे...
बैशाख १५ गते, २०८३ - २०:४६
काठमाडाैँ । युद्ध अन्त्य र हर्मुज जलघाँटी पुनः सञ्चालन गर्ने प्रस्ताव अघि सारे पनि इरानले आफ्नो आणविक कार्यक्रमबारे छलफल स्थगित गर्न खोजेपछि अमेरिकाले...


प्रतिकृया लेख्नुहोस्: