Ntc summer Offer
Khabar Dabali ९ कार्तिक २०८१ शुक्रबार | 25th October, 2024 Fri
Investment bank

स्नातकोत्तर गरेका अर्याल कुखुरापालनमा

खबरडबली संवाददाता

पाल्पा । उच्च शिक्षा हासिल गरेर पनि गाउँमा नै कृषिकर्ममा रमाउने मानिस हिजोआज विरलै पाइन्छन् । व्यवस्थापनमा स्नातकोत्तर गरेका पाल्पा रामपुर नगरपालिका–८ आँपचौरका भुवन अर्याल कुखुरापालन गरेर समाजमा उदाहरणीय बनेका छन्।

उनको व्यवसाय पाल्पामा नमूना बनेको छ । उद्यमी अर्यालले रामपुर–८ खैरेनीमा प्रशस्त धान उत्पादन हुने खेतमा संरचना बनाएर रामपुर एग्रो तथा कृषि फार्म सञ्चालन गरेका छन्।

“गाउँका युवा साथी रोजगारीको क्रममा सहर, बजार तथा वैदेशिक रोजगारीमा पुगेका छन्, गाउँ नै युवा नरहने अवस्था आयो, यहीँ केही गरौँ भनेर कुखुरापालनमा लागेको छु”, उनले भने, “यो व्यवसाय देखेर अरुले पनि केही सिको गरुन् भन्ने मेरो चाहना छ ।” उनी विगत सात वर्षदेखि उनी यो व्यवसायमा आबद्ध छन् ।

पाँच रोपनी जग्गामा चारैतिर घेराबार गरी उनले कुखुरापालन गरेका हुन्। उनको फार्ममा हाल एक हजार सात सय ५० बोइलर कुखुरा छन् । सुरुमा अण्डा उत्पादन र मासुका लागि कुखुरा पालेका अर्यालले हाल मासुका लागि मात्र कुखुरापालन गरेका छन्।

उनको फार्ममा हाल एक हजार बेच्न लायकका कुखुरा छन् भने सात सय ५० हुर्कदै गरेका चल्ला छन् । कुखुरा बिक्रीका लागि बजारको समस्या छैन । रामपुर बजारमा सहजै बिक्री हुने गरेको अर्यालले बताए । उनले एक वर्षमा १२ पटकसम्म कुखुराका चल्ला खरिद गर्ने र तिलाई हुर्काएर बिक्री गर्दै आएका छन्।

उद्यमी अर्यालले रु ५० लाख लगानीमा कुखुरा पाल्न थालेका हुन् । यसबाट वार्षिक रु सात लाखसम्म आम्दानी हुने गरेको उनी बताउँछन्। स्थानीय सूर्योदय सहकारीबाट चल्ला फार्ममै आउने भएपछि व्यवसायमा चल्ला खरिदको समस्या नभएको उनले बताए । व्यवसाय धान्न एक जनालाई रोजगार दिएका छन् । टिक्ने खालको संरचना बनाएर व्यवसाय गरेका छन्।

गाउँका तीन जना युवाको सहकार्यमा सुरु गरेको व्यवसाय डेढ वर्षदेखि अर्याल एक्लैले धान्दै आएका छन् । कुखुरापालनसँगै उनले माछापालन पनि गरेका छन्।

व्यवसाय ठूलो र नमूना खालको भएकाले पनि फार्म अवलोकन गर्न जाने गरेको पाइन्छ । फार्ममै पुग्ने सडक सुविधा भएपछि दाना ल्याउन र कुखुरा बिक्रीका लागि बजार लैजान धेरै सजिलो छ । अर्याललाई यो व्यवसायले दाम मात्र नभइ समाजमा नाम पनि दिएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाराबाट १४ किलो चाँदीसहित २ जना पक्राउ

बारा । प्रहरीले १४ किलो चाँदीसहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको प्रसौनी गाउँपालिका वडा नम्बर ६ स्थित प्रस्टोका ३३ वर्षीय सन्तोष साह ...

कञ्चनपुर मृत भेि६एका दम्पतीको टाउकोमा चोट, हत्या भएको आशङ्का

काठमाडौ‌ । कञ्चनपुरको लालझाडी गाउँपालिका–१ स्थित विनाबारीस्थित घरमा मृत भेटिएका दम्पतीको टाउकोमा चोट देखिएको छ । ४५ वर्षीया रमेश बडायक र उनकी पत्नी ४३...

लामिछानेले पाेखे इजलासमै आक्राेस, न्यायाधिशसंग मागे माफी

पोखरा । सहकारी ठगी र सङ्गठित अपराध मुद्दामा प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेले इजलासमै आक्रोश पोखेको छन् । बिही...

हरर कमेडी फिल्म 'फिरफिरे फिरिरी' को ट्रेलर, छठ पर्वको दिन पारेर कात्तिक २२ गतेबाट प्रदर्शनमा

काठमाडौँ। हरर कमेडी फिल्म 'फिरफिरे फिरिरी' को ट्रेलर सार्वजनिक गरिएको छ।  बिहीबार सार्वजनिक ट्रेलरले फिल्मको कथावस्तुबारे प्रकाश पार्छ । नेपाल...

हरर कमेडी फिल्म 'फिरफिरे फिरिरी' को ट्रेलर, छठ पर्वको दिन पारेर कात्तिक २२ गतेबाट प्रदर्शनमा

काठमाडौँ। हरर कमेडी फिल्म 'फिरफिरे फिरिरी' को ट्रेलर सार्वजनिक गरिएको छ।  बिहीबार सार्वजनिक ट्रेलरले फिल्मको कथावस्तुबारे प्रकाश पार्छ । नेपाल...

‘मिसिङः केटी हराएको सूचना’ को दोस्रो पोस्टर सार्वजनिक

काठमाडौं । नेपाली चलचित्र ‘मिसिङः केटी हराएको सूचना’ को दोस्रो पोस्टर आज सार्वजनिक भएको छ। पोस्टरमा चलचित्रका मुख्य पात्रहरू नाजिर हुसेन र सृष्टि श्रे...

पर्यावरण संरक्षणका लागि ग्रीनसिफ्ट अभियान महत्वपूर्ण छः इयू राजदुत लोरेन्जो

काभ्रेपलाञ्चाेक । नेपालका लागि युरोपेली सङ्घ (इयू) का राजदूत भेरोनिक लोरेन्जोले जलवायु परिवर्तन, पर्यावरण संरक्षण र दिगो विकासका लागि ग्रीनसिफ्ट परियो...

'हिराको कण' ले जलवायु परिवर्तनको असर रोक्ने !

काठमाडौँ । औद्योगीकरणपछि विश्वका हरेक क्षेत्रमा क्रान्तिकारी परिवर्तन देखिएका छन् । तर, यसले हाम्रो वातावरणमा नकारात्मक असर पारेको छ । बढ्दो कार्बन...

बाबुराम भट्टराईको प्रश्न- फेरि अर्को जनयुद्ध गर्न ? या भोजभतेर गर्न ?

काठमाडाैं । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले सत्ताबाट बाहिर फालिएका प्रचण्डले ‘सुशासन’ को मुद्दा उठाएर आन्...

ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा २७ वर्षीय युवकको मृत्यु

कञ्चनपुर । कैलालीको घोडाघोडी नगरपालिका–५ डोकेबजार स्थित पूर्व–पश्चिम राजमार्गमा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ । ट्याक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy