पाल्पा । उच्च शिक्षा हासिल गरेर पनि गाउँमा नै कृषिकर्ममा रमाउने मानिस हिजोआज विरलै पाइन्छन् । व्यवस्थापनमा स्नातकोत्तर गरेका पाल्पा रामपुर नगरपालिका–८ आँपचौरका भुवन अर्याल कुखुरापालन गरेर समाजमा उदाहरणीय बनेका छन्।
उनको व्यवसाय पाल्पामा नमूना बनेको छ । उद्यमी अर्यालले रामपुर–८ खैरेनीमा प्रशस्त धान उत्पादन हुने खेतमा संरचना बनाएर रामपुर एग्रो तथा कृषि फार्म सञ्चालन गरेका छन्।
“गाउँका युवा साथी रोजगारीको क्रममा सहर, बजार तथा वैदेशिक रोजगारीमा पुगेका छन्, गाउँ नै युवा नरहने अवस्था आयो, यहीँ केही गरौँ भनेर कुखुरापालनमा लागेको छु”, उनले भने, “यो व्यवसाय देखेर अरुले पनि केही सिको गरुन् भन्ने मेरो चाहना छ ।” उनी विगत सात वर्षदेखि उनी यो व्यवसायमा आबद्ध छन् ।
पाँच रोपनी जग्गामा चारैतिर घेराबार गरी उनले कुखुरापालन गरेका हुन्। उनको फार्ममा हाल एक हजार सात सय ५० बोइलर कुखुरा छन् । सुरुमा अण्डा उत्पादन र मासुका लागि कुखुरा पालेका अर्यालले हाल मासुका लागि मात्र कुखुरापालन गरेका छन्।
उनको फार्ममा हाल एक हजार बेच्न लायकका कुखुरा छन् भने सात सय ५० हुर्कदै गरेका चल्ला छन् । कुखुरा बिक्रीका लागि बजारको समस्या छैन । रामपुर बजारमा सहजै बिक्री हुने गरेको अर्यालले बताए । उनले एक वर्षमा १२ पटकसम्म कुखुराका चल्ला खरिद गर्ने र तिलाई हुर्काएर बिक्री गर्दै आएका छन्।
उद्यमी अर्यालले रु ५० लाख लगानीमा कुखुरा पाल्न थालेका हुन् । यसबाट वार्षिक रु सात लाखसम्म आम्दानी हुने गरेको उनी बताउँछन्। स्थानीय सूर्योदय सहकारीबाट चल्ला फार्ममै आउने भएपछि व्यवसायमा चल्ला खरिदको समस्या नभएको उनले बताए । व्यवसाय धान्न एक जनालाई रोजगार दिएका छन् । टिक्ने खालको संरचना बनाएर व्यवसाय गरेका छन्।
गाउँका तीन जना युवाको सहकार्यमा सुरु गरेको व्यवसाय डेढ वर्षदेखि अर्याल एक्लैले धान्दै आएका छन् । कुखुरापालनसँगै उनले माछापालन पनि गरेका छन्।
व्यवसाय ठूलो र नमूना खालको भएकाले पनि फार्म अवलोकन गर्न जाने गरेको पाइन्छ । फार्ममै पुग्ने सडक सुविधा भएपछि दाना ल्याउन र कुखुरा बिक्रीका लागि बजार लैजान धेरै सजिलो छ । अर्याललाई यो व्यवसायले दाम मात्र नभइ समाजमा नाम पनि दिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख १८ गते, २०८३ - २०:०६
काठमाडौँ । १३८औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट अखिल नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट)ले काठमाडौँको भृकृट...
बैशाख १८ गते, २०८३ - १९:५८
काठमाडौं । नेपाल मेडिकल काउन्सिलले थप १९ जना चिकित्सकको दर्ता प्रमाणपत्र (लाइसेन्स) खारेज गरेको छ। काउन्सिलका रजिस्ट्रार डा सतिशकुमार देवका अनुसार ...
बैशाख १८ गते, २०८३ - १९:५३
पर्सा । सिमरास्थित विशेष आर्थिक क्षेत्र (सेज) प्राधिकरण मातहत रहेको ४९० बिघा जमिन अतिक्रमण भएको छ । सेजको सो जग्गामा अहिले करिब छ सयभन्दा धेरैले घरटहर...
बैशाख १८ गते, २०८३ - १९:४८
काठमाडाैँ । टर्कीएको प्रहरीले शुक्रबार इस्तानबुलमा मे दिवसको प्रदर्शनमा अश्रुग्यास प्रहार गर्नुका साथै दर्जनौँ मानिसहरूलाई पक्राउ गरेको छ। सिएचडी लयर्...
बैशाख १८ गते, २०८३ - १९:४३
राेल्पा । रुकुमपूर्वबाट रोल्पाको जलजलातर्फ जाँदै गरेको जीप बिहीबार दिउँसो दुर्घटनामा पर्यो । उक्त दुर्घटनामा परी २० जनाको मृत्यु भयो भने एक जना घाइत...
बैशाख १८ गते, २०८३ - १९:३७
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल ले सम्पत्ति शुद्धीकरण निवारण (मनी लाउन्डरिङ) सम्बन्धी अध्यादेश जारी गरेका छन्। राष्ट्रपति कार्यालयका प्रवक्ता...
बैशाख १८ गते, २०८३ - १९:३२
काठमाडौँ । लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले एक थान पेस्तोल, म्यागेजिन र लागुऔषधसहित चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बूढानील...
बैशाख १८ गते, २०८३ - १९:२९
काठमाडौं । जनकपुरधामस्थित कृष्णा मेडिकल एण्ड टेक्निकल रिसर्च सेन्टरमा शल्यक्रियापछि एक महिलाको मृत्यु भएको घटनामा उत्पन्न विवाद सहमतिमा टुंगिएको छ। ...
बैशाख १७ गते, २०८३ - २०:५०
काठमाडौं । सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोगले सुरक्षा निकायका डीएसपी तहसम्मका अधिकृतहरूको सम्पत्ति जाँचबुझ गर्ने भएको छ। मन्त्रिपरिषद्को निर्...
बैशाख १७ गते, २०८३ - २०:४५
नयाँ दिल्ली । अनलाइन छलीमा वृद्धि हुँदा भारतले कडा सुरक्षा उपायहरू अपनाएको छ । भारतको केन्द्रीय बैङ्कले अनलाइन अपराधमा भएको वृद्धिलाई रोक्न सिफारिसहरू...


प्रतिकृया लेख्नुहोस्: