Khabar Dabali १६ बैशाख २०८३ बुधबार | 29th April, 2026 Wed

मौलापुरमा ‘बेटी के साथ मेयर’ कार्यक्रम अन्तर्गत ७५ घर परिवारलाई चेक हस्तान्तरण

खबरडबली संवाददाता

रौतहट । रौतहटको मौलापुर नगरपालिकामा ‘बेटी (छोरी) के साथ मेयर’ कार्यक्रम लोकप्रिय बन्दै गईरहेको छ । मौलापुर नगरपालिकाको कार्यालयमा आयोजित एक विशेष समारोह मार्फत ७५ घर परिवारलाई ‘बेटी के साथ मेयर’ कार्यक्रम अन्तरगत ३०–३० हजार रुपैयाको चेक हस्तानान्तरण गरिएको हो ।

 ‘बेटी के साथ मेयर’ कार्यक्रम मधेस प्रदेश, नेपालमा मात्र नभएर यसको चर्चा भारतको बिहार राज्यमा समेत हुने गरेको छ । मौलापुर नगरपालिकाका मेयर रिनाकुमारी साहको पहलमा सुरु भएको यो कार्यक्रमले मौलापुरको चौतर्फी चर्चा हुने गरेको छ ।

यो कार्यक्रम अन्तरगत कानून अनुसार विवाह गर्न उमेर पुगेका गरिब, असहाय छोरीको परिवारलाई विवाह गर्ने बेलामा ३० हजार आर्थिक सहयोग नगरपालिकाले गर्दै आएको छ । अहिलेसम्म हजारौं घरपरिवारले यो सेवा पाईसकेको मौलापुर नगरपालिकाका निमित प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहले जनाएका छन् ।

‘कानून अनुसार छोरीहरुको विवाह गर्ने समयमा नगरपालिकाले ३० हजार सहयोग गर्दै आएको छ । यस अघि पनि यो सेवा हजारौं परिवारले पाईसकेका छन् । बिभिन्न कारणले छुटहुन गएका परिवारलाई आज चेक हस्तानान्तरण गरिएको हो’ साहले भने ।

छोरीको विवाहको बेलामा नै चेक पाउनुपर्ने तर निवेदन नदिएकाले ढिला हुन गएको र नगरपालिकाले बोलाएर नै ३० हजारको चेक दिएको मैना देवीले बताईन् । ‘सबैले पाउँछन्, मैले पनि पाए । छोरीको विवाहको बेला खर्च त बढी नै हुन्छ तर नगरपालिकाले कमसेकम यती सहयोग गर्नु, छोराछोरीको पढाई, परिवारको स्वास्थ्य लगायतका बिषयमा राम्रो काम गरेकाले हामी खुशी छौं’ मैना देवीले भनिन् ।

यस्तै चेक पाउने अर्को शुशिला देवीले मौलापुर नगरपालिकाको यस्तो काम धेरै नै राम्रो भएको बताईन् । ‘हुन त यो सानो रकम हो । तर हाम्रो लागि ठुलो हो । हामीलाई यति सहयोग गरेर माया, स्नेह राखिराख्ने मेयर रिना दिदिलाई म धन्यवाद भन्न चाहन्छु । उहाँले सधै यस्तै राम्रो काम गर्दै अगाडी बढुन हाम्रो साथसहयोग सधै नै रहन्छ’ शुशिला देवी चेक पाएपछि खुशीले गदगद हुँदै भनिन् ।

यस्तै अर्का सेवाग्राही धर्मेन्द्र यादवले समेत मेयर रिना साहको तारिफ गरे । ‘छोरीको विवाह होस् वा मालपोत कर, कुनै प्रकारको सिफारिस । हामीले कुनै पनि किसिमको कर तिर्नुपर्दैन नगरपालिकामा । फ्रि बिजुली, फ्रि पानी लगायतका कार्यक्रमले हामीले खुशी छौं । म त भन्छु यि कार्यक्रम अरु पालिकाका साथै मधेस प्रदेश सरकार र हाम्रो प्रधानमन्त्री केपी ओलीजीले पनि सिकेर देशैभरी लागु गर्नुपर्छ’ यादवले भने ।

मौलापुर नगरपालिकाकी मेयर रिना साहको पहलमा ‘छोरीको साथमा मेयर’ कार्यक्रमका साथै ‘फ्री बिजुली, फ्री पानी’ लगायतका महत्वपूर्ण कार्यक्रम लागु भएको छ । मेयर साहकै पहलमा मौलापुर नगरपालिकामा मालपोत शुल्क, नागरिकत्ता सिफारिस, विवाह दर्ता, मृत्यु दर्ता लगायतका बिभिन्न सिफारिसहरुको समेत शुल्कहरु शुन्य बनाइएको छ । शुन्य शुल्कको नीति लिएको मौलापुरको यस्तो कामले सर्वसधारण खुशी व्यक्त गर्दै आएका छन् ।

मधेस प्रदेशकै एक र पहिलो महिला मेयर रिनाकुमारी साहको जनपक्षीय कामले अहिले चौतर्फी चर्चा भईरहेको छ । रौतहटको मौलापुरकी मेयर साहले जनताको पक्षमा गरेको बिभिन्न कामले उनी चर्चामा रहेकी छन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रुकुम पश्चिममा जिप दुर्घटना हुँदा १२ जना घाइते

रुकुम पश्चिम । रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा जिप दुर्घटना हुँदा १२ जना घाइते भएका छन्। आठबिसकोट नगरपालिका–९ राडी बजारबाट मैडाँडा जाँदै गरेको ...

अध्यादेशको बाटो रोज्दा नेकपाको आपत्ति: ‘संसद् छल्ने काम बन्द गर, अधिवेशन तुरुन्त बोलाऊ’

काठमाडौं । नेकपाले संसद् अधिवेशन अन्त्य गरेर अध्यादेश ल्याउने सरकारको निर्णयप्रति कडा असन्तुष्टि जनाएको छ । पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा बस...

सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोगविरुद्ध सर्वोच्चमा रिट

काठमाडाैं । सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोगविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ । अधिवक्ता डा प्रेमराज सिलवालले मंगलबार दायर गर...

जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छः मुख्यमन्त्री बानियाँ

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मुलुकको सङ्घीय संरचनालाई दीर्घकालीन रूपमा सबल पार्न जनताको चाहना र भूगोललाई मध्यनजर राख...

बसपार्कबाट सञ्चालन हुन थाले धादिङ र नुवाकोटका बस

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको निर्देशनपछि धादिङ र नुवाकोटसम्म सञ्चालन हुने सार्वजनिक यातायात बसपार्कबाटै सञ्चालन हुन थालेका छन् । काठमाडौँ महा...

झापामा ८ लाखभन्दा बढी मूल्यको अवैध चिनियाँ स्याउ बरामद

झापा । झापामा अवैध रूपमा भारत लैजान लागिएको ठूलो परिमाणको चाइनिज फुजि स्याउ बरामद गरिएको छ। आज दिउँसो करिब साढे १२ बजेको समयमा झापा गाउँपालिका–१ सालमा...

सुकुमबासीको विवरण संकलन गर्न सेना किन सक्रिय ?

काठमाडौँ । काठमाडौंको थापाथली, मनोहरा र गैह्रीगाउँको सुकुमबासी बस्ती हटाएसँगै अन्य जिल्लामा पनि सुकुमबासीको विवरण संकलन गर्न थालिएको छ । सुकुमबासीक...

३७ मुद्दा बोकेका ‘पुराना अनुहार’ फेरि पक्राउ: चोरी आरोपमा सन्तोष रानाभाट समातिए

काठमाडौं । पटक–पटक कानुनको फन्दामा परिरहेका सन्तोष रानाभाट फेरि चोरी आरोपमा पक्राउ परेका छन्। प्रहरीले लामो आपराधिक पृष्ठभूमि भएका उनलाई नियन्त्रणमा ल...

बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले बुधबार साँझदेखि देशका विभिन्न क्षेत्रमा तीव्र गतिको हावाहुरीसहित मेघगर्जन, चट्याङ, असिना र वर्षाको सम्भावना रहे...

इरान प्रस्तावप्रति अमेरिका कठोर

काठमाडाैँ । युद्ध अन्त्य र हर्मुज जलघाँटी पुनः सञ्चालन गर्ने प्रस्ताव अघि सारे पनि इरानले आफ्नो आणविक कार्यक्रमबारे छलफल स्थगित गर्न खोजेपछि अमेरिकाले...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending