काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले नेपाल एयरलाईन्समा देखिएका समस्याहरुको दीर्घकालीन समाधान गर्न मन्त्रालयले पहल सुरु गरेको बताएको छन् । वर्तमान सरकार गठन भएको सय दिनको अवधिमा मन्त्रालयबाट भएका प्रमुख उपलब्धिहरुबारे जानकारी दिन बिहीबार यहाँ आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले उक्त कुरा बताएको हो ।
मन्त्री पाण्डेले नगारिक उड््डयन प्रधिकरणलाई अलग गर्ने विधेयक तयार, भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन कार्ययोजनाको सफल कार्यान्वयन, पर्यटन ऐनको परिमार्जन, पर्यटन नीति तयार जास्ता दुरगामी महत्त्वका कामहरु भएको बताएको छन् ।
उनले नागरिक नेपाल एयरलाइन्सलाई सुधार गरी लैजान यसको व्यवस्थापनलाई कुन मोडलमा लैजने भन्ने विषयमा गम्भीर छलफल थालिएको तथा नेपालमा पटकपटक भएको हवाई दुर्घटना र त्यस पछि गठित आयोगका अध्ययन प्रतिवेदनले औँल्याएका विषयका समग्र अध्ययन गर्न सर्वोच्च अदालतका पूर्व न्यायाधीशको अध्यक्षतामा समिति गठन गरिएको पनि सो अवसरमा बताए।
मन्त्री पाण्डेले भने, “नेपाल एयरलाईन्समा देखिएका समस्याहरुको दीर्घकालीन समस्या समाधान गर्न मन्त्रालयले पहल सुरु गरेको छ । नेपाल नाागरिक उड्डन क्षेत्रको समष्टिगत अध्ययन एवम् विश्लेषण गरी सुरक्षित भरपर्दो एवम् विश्वसनिय बनाउन समिति समेत गठन गरी काम अघि बढाइसकेका छौं ।”
उनले नेपाल नागरिक उड्डटयन प्राधिकरणलाई नियामक र सेवाप्रदायक निकायको रुपमा छुट्याउन नेपाल नागरिक उड्डयन प्राधिकरणलाई एकीकरण र संशोधन गर्न बनेको विधेयक र हवाई सेवा प्राधिकरणको स्थापना र व्यवस्था गर्न बनेको विधेयक, सङ्घीय संसदमा दर्ता गर्न स्वीकृतिको लागि मन्त्रिपरिषदमा पेश गरिएको जानकारी दिए। ती विधेयकहरु संसदको आगामी अधिवेशनमा पेश भई परित गर्न पहल हुने पनि स्पष्ट गरे ।
यसैगरी गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्न सहुलियत एवम् प्रोत्साहन सहितको कार्ययोजना पछि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट यहि कात्तिक २४ गतेदेखि जजिरा एअरवेयजले हप्तामा तीन र फ्लाई दुबईले दैनिक एक अन्तर्राष्ट्रिय उडान गर्ने गरी कार्यतालिका स्वीकृत हुनु महत्त्वपूर्ण उपलब्धी भएको स्पष्ट गरे।
मन्त्री पााण्डेले भने, “आन्तरिक वायुसेवाले व्यहोर्नुपर्ने यात्रुको दायित्व तथा बिमालाई समयानुकूल वृद्धि गर्न हवाई यातायात सेवा सञ्चालन संस्थाको दायित्व तथा बीमा व्यवस्था गर्ने विधेयकको मस्यौदा तर्जुमा गरी स्वीकृतिको प्रकृया अघि बढाइएको छ ।” यसको कार्यन्वयनबाट हावई दुर्घटनामा परेका यात्रुका परिवारले पाउने बिमा रकमा उल्लेख्या वृद्धि हुने छ ।
यसैबीच देशका विभिन्न भागमा भएका बाढी र पहिरोबाट उत्पन्न विपदका बेला मन्त्रालयले यातायात सेवा अवरूद्ध भई अन्तर्राष्ट्रिय उडान छुट्न गएका यात्रुलाई अतिरिक्त शुल्क नलाग्ने गरी टिकटको मिति परिवर्तन गर्न पाउने व्यवस्था मिलाइएको र यसबाट यात्रुलाई सहज भएको बताए ।
सो अवरुद्ध सडक सञ्जालहरू सञ्चालनमा नआएसम्म वायु सेवा कम्पनीले स्वीकृत हवाई भाडादरकोअधिकतम सीमाको टिकट बिक्री नगर्ने गरी व्यवस्था मिलाइएको मन्त्री पाण्डेले बताए। नेपाल र फ्रान्सबिच सम्पन्न भएको द्विपक्षीय हवाई सेवा संझौता र समझदारी पत्र संशोधन गर्ने कार्य अगाडि बढाइएको, नेपाल र इन्डोनेशियाबिच द्विपक्षीय हवाई सेवा सम्झौता गर्ने प्रकृया अघि बढाइएको उनले बताए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ७ गते, २०८२ - १२:००
सप्तरी। सप्तरीको रुपनी गाउँपालिकामा एकै दिन एक सदा दम्पतिको निधन भएको छ। गाउँपालिका-४, छपकी टोल बस्ने ७० वर्षीय फुलेश्वर सदा र उनकी ६५ वर्षीय पत्नी दु...
चैत्र ७ गते, २०८२ - ११:४६
हुम्ला। यसवर्षको माध्यामिक शिक्षा परीक्षा (एसइई) मा हुम्लाका करिब एक हजार तीन सय विद्यार्थी सहभागी हुने भएका छन्। यसमा नियमित, पूरक र ग्रेडवृद्धि परीक...
चैत्र ७ गते, २०८२ - ११:२८
बर्दीबास। महोत्तरीको रामनगरस्थित एभरेष्ट चिनी मिलले विविध चुनौतीका बाबजुद यस वर्षको उखु क्रसिङ सफलतापूर्वक सम्पन्न गरेको छ। गत पुस ७ गते सञ्चालनमा आएक...
चैत्र ७ गते, २०८२ - ११:०३
बुटवल । लगातार वर्षापछि खसेको पहिरोका कारण सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–पाल्पा सडकखण्ड अवरुद्ध भएको छ। पाल्पाको तिनाउ गाउँपालिका-३ दोभान स्थित...
चैत्र ७ गते, २०८२ - १०:५५
सल्यान। बिरामी बोकेर नेपालगञ्ज जाँदै गरेको एम्बुलेन्समाथि शसुक्रबार राति सुर्खेतमा आक्रमण भएको छ । रुकुम चौरजहारीबाट बिरामी लिएर नेपालगञ्जतर्फ जाँदै ग...
चैत्र ७ गते, २०८२ - १०:३७
रुकुम पूर्व। रुकुम पूर्वमा भारी हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । गएरातिदेखि निरन्तर भइरहेको हिमपातका कारण रुकुम पूर्वको भुमे गाउँपालि...
चैत्र ६ गते, २०८२ - १७:२८
काठमाडौँ । अहिले काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा हावाहुरीसहित पानी परिरहेको छ । शुक्रबार अपराह्नपछि उपत्यकासहित तराईका केही जिल्लामा हुर...
चैत्र ६ गते, २०८२ - १७:२०
काठमाडौं । नेपाली कांग्रेस को केन्द्रीय कार्यसमितिको बैठक आइतबार बिहान ८ बजेसम्मका लागि स्थगित गरिएको छ। आजबाट सुरु भएको बैठक सहमहामन्त्री डिला संग...
चैत्र ६ गते, २०८२ - १६:१६
काठमाडौँ। परराष्ट्र मन्त्रालयले कन्सुलर सेवा विभागको अनलाइन दर्ता प्रणालीमा हालसम्म मध्यपूर्वबाट ८२ हजार १०० जना नेपाली नागरिकले आफ्नो विवरण दर्ता गरा...
चैत्र ६ गते, २०८२ - १६:०६
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापा को राजीनामा अस्वीकृत गर्ने प्रस्ताव शुक्रबार पार्टीको केन्द्रीय कार्यसमितिको बैठकमा पेस भएको छ। बैठकको...


प्रतिकृया लेख्नुहोस्: