Ntc summer Offer
Khabar Dabali २३ बैशाख २०८२ मंगलवार | 6th May, 2025 Tue
Investment bank

वरिष्ठ साहित्यकार प्रा सिटौला एपीजे अब्दुल कलाम अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित

खबरडबली संवाददाता

काठमाडौं । वरिष्ठ साहित्यकार प्राध्यापक मोहन सिटौला एपीजे अब्दुल कलाम अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित भएका छन् । उनलाई डा एपीजे अब्दुल कलाम फाउन्डेसनले भारतको कोलकातामा आयोजना गरेको ९३ औँ जन्मजयन्त्तीको अवसरमा सम्मान गरिएको हो । 

कलाम आधुनिक एरोस्पेसका शीर्ष वैज्ञानिक र 'मिसाइल म्यान अफ इन्डिया' रहेका थिए । उनी भारतका ११ औँ राष्ट्रपति भएका थिए । कलामले ‘ग्रीन टेक्नोलोजी’ को अभिनव अभियान पनि शुरु गरेका थिए । उनको सन् २०१५ मा निधन भएको थियो । फाउन्डेसनले गरेको उक्त कार्यक्रममा प्रमुख अतिथि मेघालय विधान सभाका अध्यक्ष थोमस ए संगमा थिए ।

प्रा सिटौलालाई प्रमुख अतिथि तथा फाउन्डेसनका अन्तर्राष्ट्रिय सल्लाहकार तथा कार्यक्रमका संयोजक प्रदीप खनालले मन्तव्य प्रदान गरेका थिए । यसअघि सोही दिन फाउन्डेसनले अन्तर्राष्ट्रिय साहित्यिक कार्यक्रमको उद्घाटन गरेको थियो । उक्त कार्यक्रममा प्रमुख अतिथिका रुपमा प्रा सिटौलाले सम्बोधनसमेत गरेका थिए । 

नेपाली साहित्यलाई विश्वस्तरमा पुर्याउन सिटौलाको भूमिका अहम्  छ । गत वर्षमात्रै उनले अनेसास सुनील पाठक विशिष्ट पुरस्कार पाएका थिए । सिटौलाले दुई हजार डलरसमेत प्राप्त गरेका थिए । यो पुरस्कार अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अनेसासमा योगदान दिने व्यक्तित्वलाई प्रदान गरिन्छ । सिटौला अनेसासका पूर्व  केन्द्रीय अध्यक्ष हुन् । एक दर्जन भन्दा बढी पुस्तक लेखिसकेका ८२ वर्षीय सिटौलाले नेपालमा रहँदा थुप्रै क्याम्पसको नेतृत्व सम्हालेका थिए । 

यसअघि सिटौला गत वर्ष नै असार २९ गते भानु जयन्तीको अवसरमा युगकवि सिद्धिचरण श्रेष्ठ राष्ट्रिय पुरस्कार २०७९ बाट सम्मानित भएका थिए । 

यस्तो छ सिटौलाले पाएका पुरस्कारहरूको छोटो पृष्ठभूमि:

- विसं २०२४ सालमा काठमाडौँमा सम्पन्न देशव्यापी नेपाली निबन्ध प्रतियोगितामा प्रथम, स्वर्ण पदक र नगद पुरस्कार ।
– हालसम्म अनेसास लगायत नेपाल सरकार, त्रीवी, नेपाल, भारत  र अमेरिकाका विभिन्न नेपाली अन्य साहित्यिक संघसंस्थाबाट लामै समयदेखि बारम्बार सम्मानित र पुरस्किृत हुँदै आएको ।
— राष्ट्रिय शिक्षादिवस पुरस्कार (शिक्षा मन्त्रालय, श्री ५ को सरकार) —२०४३  
— अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज उत्कृष्ट सेवा सम्मान (प्लाक)— अनेसास—२००५ 
—आदिकवि भानुभक्त आचार्य राष्ट्रिय पुरस्कार,नेपाल सरकार —२०७१
—अनेसास हिरो पदवीबाट सम्मानित (जापान) —२०१५    
—स्रष्टासाँझ सम्मान - २०१८ 
—महाकवि देवकोटा राष्ट्रिय पुरस्कार— नेपाल सरकार, संस्कृति, पर्यटन   तथा नागरिक उड्डयन मन्त्रालय —२०७७ 
—दाजीलिङ्ग, सिक्किम, आसाममा सम्मानित —२००८
—विश्व भुटानी साहत्यिक संगठन (GBLO) बाट पेन्सिलभेनियामा सम्मानित —मार्च २२/२०२२

—अनेसास के का तारा किसनधामी  पुरस्कार (२०२३) । 
—अभिवादन प्रतिभा पहिचान प्रतिष्ठान काठमाडौंबाट मोहन सिटौलालाई अभिवादन —२०७२ असार ।

—नइ देरुनिख अन्तराष्ट्रिय साहित्यिक व्यक्तित्व सम्मन र २ लाख नगद पुरस्कार— २०७९–२०२२ ।

—लीलाध्वज थापा साहित्य प्रतिष्ठान, काठमाडौं— स्रष्टा—सम्मान—२०७९–२०२२ ।

—नइ काठमाडौँबाट साहित्यकार मोहन सिटौलालाई ‘नइ कीर्ति रत्न’ को उपाधि प्रदान — २०७९–२०२३ ।

—अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को  २०७९–२०२३ मार्च मा बोष्टनमा सम्पन्न भएको पाँचौं च्याप्टर र महिला भव्य सम्मेलनमा मोहन सिटौलालाई अनेसास (केन्द्रीय समिति) ले ‘साहित्य रत्न’ को उपाधि लगायत किसन तारा धामी ५०० डलर नगद पुरस्कार प्रदान गरेर सम्मान गरिएको ।

—युगकवि सिद्धिचरण राष्ट्रिय पुरस्कार— नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय — असार २०८० ।
—अनेसास सुनिल पाठक विशिष्ट पुरष्कार —जुलाई २०२३  विशेष उल्लेखनीय रहेका छन्  ।

 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आगामी बजेट बारे ओली देउवाकाे छलफल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबिच करिब २ घण्टा छलफल भएको छ । प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा ...

झन्डै २२ किलो लागुऔषध अफिमसहित दुईजना पक्राउ

बर्दिया । प्रहरीले बर्दियाको बाँसगढी नगरपालिकाबाट अवैध लागुऔषध अफिमसहित दुईजनालाई पक्राउ गरेको छ । आइतबार साँझ ५ बजे २१ किलो ५ सय ६७ ग्राम अफिमसहित उन...

हाइटेन्सन लाइनको पोलमा ठोक्किएर एक जनाको मृत्यु

रुपन्देही  । बुटवलको कालिकापथमा रहेको हाइटेन्सन पोलमुनि एक जनाको शव भेटिएको छ । उक्त शव शनिबारदेखि बेपत्ता रहेका तिलोत्तमा नगरपालिका–२ बस्ने २० वर्षीय...

मकालु हिमाल आरोहण गर्ने क्रममा एक अमेरिकी नागरिकको मृत्यु

सङ्खुवासभा । विश्वको पाँचौँ अग्लो मकालु हिमाल आरोहण गर्ने क्रममा एक अमेरिकी पर्वतारोहीको मृत्यु भएको छ । मकालु गाउँपालिकाअन्तर्गत रहेको यो हिमाल आरोहण...

उदयपुरमा सवारी दुर्घटनामा एकको मृत्यु

उदयपुर । मदन भण्डारी लोकमार्गको उदयपुरको चौदण्डीगढी नगरपालिका–४ बर्खेडाँडा खण्डमा यात्रुबहाक बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । जिल्ला प्रहर...

इजरायली आक्रमणमा परी गाजामा २९ जनाको मृत्यु

गाजा । गाजा क्षेत्रमा सोमबार इजरायलद्वारा गरिएका हवाई आक्रमणहरूमा कम्तीमा २९ जना प्यालेस्टिनी नागरिकले ज्यान गुमाएका छन् भने कैयौँ घाइते भएका छन् । ...

बागलुङमा चालु आर्थिक वर्षकाे नौ महिनामा सडक दुर्घटनामा १८ जनाको मृत्यु

बागलुङ । बागलुङमा चालु आर्थिक वर्ष २०८१–८२ को नौ महिनामा सवारी दुर्घटनामा परी १८ जनाको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङका अनुसार ...

बागमतीमा सार्वजनिक विदा

मकवानपुर । बागमती प्रदेश सरकारले बुधबार सार्वजनिक विदा दिने निर्णय गरेको छ । बुधबार प्रदेश सरकारको सरकारी कामकाजको भाषासम्बन्धी दिवसको अवसरमा बागमती प...

चीनमा डुङ्गा डुब्दा नौ जनाको मृत्यु, ७० जना अस्पतालमा भर्ना

बेइजिङ । दक्षिणपश्चिम चीनको एउटा रमणीय स्थानमा तीव्र हावाले पर्यटक बोकेको डुङ्गा पल्टिएपछि नौ जनाको मृत्यु भएको र ७० जनालाई अस्पतालमा भर्ना गरिएको सरक...

जबर्जस्ती करणी आरोपमा फरार युवक पक्राउ

सिरहा । सिरहामा जबरजस्ती करणी आरोपमा फरार रहेका एक युवकलाई  प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहा  बरियारपट्टी गाउँपालिका–१ का १९ वर्षीय विवे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending