जुम्ला । जुम्लामा ज्येष्ठ नागरिकका लागि छुट्टै आयुर्वेद औषधी फार्मेसी सञ्चालन गरिएको छ । ज्येष्ठ नागरिक संघ जुम्लाको कार्यालयमा धेरैजसो ज्येष्ठ नागरिक आउने भएकाले उहाँहरुको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै आयुर्वेद स्वास्थ्य केन्द्रले औषधी पसलका लागि पाँच लाखभन्दा बढी रुपियाँको औषधी सहयोग गरेको छ ।
विहीवार औषधी पसलका लागि आवश्यक औषधी जिल्ला समन्वय समितिका उपप्रमुख जनक थकाली, चन्दननाथ नगरपालिका वडा ५ का अध्यक्ष विर्ख कार्की, मानव अधिकार आयोग जुम्लाका प्रमुख कल्पना नेपाल आचार्य, सामाजिक विकास कार्यालयका प्रमुख टोपबहादुर बुढासहितका सरोकारवाला निकायको रोहवरमा जिल्ला ज्येष्ठ नागरिक संघलाई हस्तान्तरण गरिएको छ ।
आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख डाक्टर सन्तोष पौडेलका अनुसार कार्यालयको मागअनुसार कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको सहयोगमा पाँच लाख बजेट आएपछि ज्येष्ठ नागरिकलाई थप सहजका लागि औषधी सहयोग गरिएको छ ।
कार्यालयका नायवसुब्बा नन्दप्रसाद न्यौपानले आयुर्वेद केन्द्रमा ज्येष्ठ नागरिकहरु जान नसक्ने भएकाले विगत देखिनै ज्येष्ठ नागरिकको कार्यालयमा नि:शुल्क औषधी पसल स्थापना गरी प्राविधिक सहयोग समेत गरिएको बताउनुभयो । उहाँका अनुसार चेवनप्रास, रसायन योग, मसाज तेललगायत आवश्यक १७ वटा औषधी खरिद गरी फार्मेसी सुचारु गरिएको छ ।
जुम्लामा जिल्ला ज्येष्ठ नागरिक संघले ज्येष्ठ नागरिकका हक अधिकारका लागि काम गर्दैआएको छ । सोहीअनुसार कार्यालयले आफ्नै भवनमा आयुर्वेद औषधी पसल, दिवा सेवा दिएर भजनदेखि विभिन्न कार्यहरु गर्ने, समय समयमा कपाल काट्ने, मसाज गर्नेसहितका सेवाहरु दिदैआएको छ ।
जिल्ला ज्येष्ठ नागरिक संघका अध्यक्ष भवानीप्रसाद अधिकारीका अनुसार आयुर्वेद केन्द्रले पटक पटक ज्येष्ठ नागरिकलाई नि:शुल्क गर्दैआएको सहयोग निकै राम्रो भएको बताए ।
जिल्ला समन्वय समितिका उपप्रमुख जनक थकालीले ज्येष्ठ नागरिकका लागि सुचारु गरिएको नि:शुल्क आयुर्वेद फार्मेसीका लागि धन्यवाद व्यक्त गरे ।
सामाजिक विकास कार्यालय जुम्लाका प्रमुख टोपबहादुर बुढाले आगामी बर्षमा ज्येष्ठ नागरिक लक्षित कार्यक्रम सहयोग गरिने बताए। राष्ट्रिय मानव अधिकार आयोग जुम्लाका प्रमुख कल्पना नेपाल आचार्यले ज्येष्ठ नागरिकलाई शसक्तिकरण गर्दै उनीहरुको ज्ञान, सीप हस्तान्तरण गर्ने कार्यक्रममा जोड दिनुपर्ने बताए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ३ गते, २०८३ - १७:२४
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओलीले जनताको आवाजलाई तथ्य, तर्क, अध्ययनसहित सशक्त रूपमा संसद्मा प्रस्तुत गर्न आफ्ना सङ्घ...
श्रावण ३ गते, २०८३ - १७:१६
काठमाडौं । रुकुम पूर्व केन्द्रबिन्दु भएर आइतबार साँझ ५.० म्याग्निच्युडको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आइतबार...
श्रावण ३ गते, २०८३ - १६:५०
काठमाडौं । प्रहरीको लागुऔषध कानुन कार्यान्वयन ब्युरोले काठमाडौंको टेकुमा गोली प्रहार गरी तीन जना लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिएको छ। ब्युरो प्...
श्रावण ३ गते, २०८३ - १६:४२
काभ्रेपलाञ्चोक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र उपसभापति एवं अर्थमन्त्री स्वर्णिम वाग्ले काभ्रेपलाञ्चोकको धुलिखेल–११ स्थ...
श्रावण ३ गते, २०८३ - १६:२६
काठमाडौं । रुसले युक्रेनको राजधानी किभमा ब्यालिस्टिक क्षेप्यास्त्रसहित ठूलो मात्रामा आक्रमण गरेको छ। यो रुस–युक्रेन युद्ध सुरु भएयताकै सबैभन्दा ठूलो आ...
श्रावण ३ गते, २०८३ - १६:१३
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रवास नेपाली सम्पर्क विभाग, जापानले प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र शाहीले फेसबुक लाइभमार्फत दिएको अ...
श्रावण ३ गते, २०८३ - १६:०६
काठमाडौँ। प्रतिनिधिसभा, अर्थ समितिले नेपाल राष्ट्र बैङ्क ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकमाथि सरोकार भएका निकायका प्रतिनिधिसँग छलफल गरेको छ । ...
श्रावण ३ गते, २०८३ - १५:५६
बाँके। बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा जडान गरिएको पूर्वसूचनामा आधारित सेन्सर साइरनले मानव–हात्ती द्वन्द्व न्यूनीकरणमा प्रभावकारी भूमिका...
श्रावण ३ गते, २०८३ - १५:४२
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले विदेश जाने नेपाली युवाको संख्या अघिल्लो वर्षको तुलनामा अहिले बढेको भए पनि ...
श्रावण ३ गते, २०८३ - १५:२६
राजविराज । सप्तरी कारागारभित्र भएको कुटपिट, अनशन र आत्मदाह प्रयासको घटनाको सत्यतथ्य छानबिन गर्न जिल्ला प्रशासन कार्यालयले पाँच सदस्यीय समिति गठन गरेको...



प्रतिकृया लेख्नुहोस्: