Khabar Dabali १८ चैत्र २०८२ बुधबार | 1st April, 2026 Wed

राष्ट्रपति पुटिनले दुई वर्षपछि राष्ट्रसङ्घका महासचिवसँग भेट गर्ने

खबरडबली संवाददाता

रुस । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार दुई वर्षभन्दा बढी समयमा पहिलोपटक संयुक्त राष्ट्रका प्रमुख एन्टोनियो गुटेरेससँग भेट गर्ने भएको छ । रुसी सहर कजानमा आयोजित ब्रिक्स सम्मेलनको अन्तिम दिन दुई पक्षबीच भेटवार्ता हुनेभएको हो । 

क्रेमलिनका अनुसार उनीहरुले युक्रेन द्वन्द्वका साथै मध्यपूर्वमा बढ्दो सङ्कटबारे छलफल गर्ने अपेक्षा गरिएको छ । गुटेरेसले युक्रेनविरुद्ध मस्कोको सैन्य आक्रमणको बारम्बार आलोचना गर्दै यसले विश्वका लागि खतरनाक उदाहरण स्थापित गरेको बताउदै आएको छ । 

गुटेरेस सन् २०२२ मा कियभलाई आफ्नो बन्दरगाहबाट सुरक्षित रूपमा अन्न निर्यात गर्न अनुमति दिने सम्झौताको मध्यस्थतामा मद्दत गर्दै दुई देशबीचको शान्ति प्रयासमा संलग्न भएको थियो । त्यसबेलादेखि दुई पक्षबीच थोरै मात्र प्रत्यक्ष कूटनीतिक सम्पर्क भएको छ । 

युक्रेनले पुटिनलाई भेट्ने संयुक्त राष्ट्रसङ्घका प्रमुखको निर्णयको कडा आलोचना गरेको छ । पुटिनले युक्रेनलाई युद्धविरामको पूर्व शर्तको रूपमा यसको दक्षिण र पूर्वमा आत्मसमर्पण गर्न माग गरेको छ जसलाई कियभले अनावश्यक शर्तको रुपमा अस्विकार गरेको छ । गुटेरेसले कजानमा पुटिनलाई भेट्ने र सम्मेलनलाई सम्बोधन गर्ने योजना रहेको संयुक्त राष्ट्रले जनाएको छ । 

संयुक्त राष्ट्रसङ्घका प्रवक्ता फरहान हकले गुटेरेसले “युक्रेनमा युद्धमा आफ्नो चिरपरिचित स्थितिलाई पुनः पुष्टि गर्ने“ बैठकको उदेश्य रहेको बताए । गुटेरेसले मस्कोले युक्रेनी क्षेत्रको विलयको योजनाले गरिरहेको आक्रमणको आलोचना गर्दै यस्ता गतिविधीको संसारमा कुनै स्थान नभएको बताएको छ । त्यसैगरी, ब्रिक्स शिखर सम्मेलनमा सहभागी विश्व नेताहरूले युक्रेन द्वन्द्व अन्त्य गर्न आह्वान गरेका छन् । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending