Ntc summer Offer
Khabar Dabali ९ कार्तिक २०८१ शुक्रबार | 25th October, 2024 Fri
Investment bank

जनलोकपाल आयोग कामविहीन

खबरडबली संवाददाता

जनकपुरधाम । मधेसमा आर्थिक अनियमितता तथा भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्ने उद्देश्यले मधेस प्रदेश सरकारले स्थापना गरेको जनलोकपाल आयोग कामविहीन बनेको छ । आयोग स्थापनाको तीन वर्ष बितेपनि आयोग कामविहीन बनेको हो । 

आयोगका अध्यक्ष रामसहाय यादवले वार्षिक प्रतिवेदन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई आज बुझाउँदै स्रोतसाधन र जनशक्ति तथा कानुनको अभावमा काम गर्न नसकेको जानकारी दिए । सरकारले वितरण गर्ने बजेटको उपयोगिता तथा प्रशासनिक कार्यमा जनताको पहुँचवृद्धि गर्न र जनगुनासो सम्बोधन गर्न सो आयोग तीन वर्ष अगाडि स्थापना गरिएको थियो । आयोगका अध्यक्ष यादवले जिम्मेवारी सम्हालेको तीनवर्षमा सुशासन प्रवर्द्धनका कुनै काम गर्न नसकेको गुनासो गरे । 

“आयोगको मुख्य उपलब्धि देखाउन नपाउँदा मेरो मन दुखी छ । प्रदेश सरकारले यो आयोग सक्षम होस भनेर नचाहेको कारण अहिलेसम्म हामीले काम गर्न नसकेका हौँ”, उनले भने । प्रदेशमा देखिएका बेथितिलाई न्यूनीकरण गर्न तथा सुशासन कायम गर्न आयोग तयार रहेको तर वर्तमान प्रदेश सरकारले आवश्यक स्रोत तथा साधन उपलब्ध नगराएको उनको भनाइ छ । 

आयोगमा प्राप्त उजुरीमाथि आवश्यक छानबिन गर्ने तथा आवश्यक देखिएमा थप अनुसन्धानका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सिफारिस गर्ने नीति जनलोकपाल आयोगको रहेको बताइएको छ । तीनवर्षमा आयोगमा कूल ४२ वटा उजुरी दर्ता भएको आयोगले जनाएको छ । जनशक्ति अभावमा हालसम्म कुनैपनि उजुरीमाथि अनुसन्धान गर्न नसकेको आयोगका अध्यक्ष यादवले जानकारी दिए । ३३ जना कर्मचारी दरबन्दी रहेको आयोगमा एक कम्प्युटर अपरेटर मात्र कार्यरत छन् । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

परराष्ट्रको पत्रअनुसार नै एकताको महाधिवेशन हुनुपर्छ:उपेन्द्र महतो

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का संस्थापक अध्यक्ष उपेन्द्र महतोले संघको एकताबद्धता र भविष्यका लागि परराष्ट्र मन्त्रालयको निर्देशन अनुसार ए...

जलवायु न्यायका लागि संवेदनशील बन्न उपप्रधानमन्त्री पौडेलको विश्व समुदायलाई आग्रह

काठमाडौं । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जलवायु वित्तका क्षेत्रमा सहायता परिचालन गर्न स्थापित विश्वव्यापी वित्तीय कोषहरुको  पर...

स्वास्थ्यमा महसुस हुने गरी सुधार हुँदैछ, बीमा ५ लाख पुग्छ: स्वास्थ्यमन्त्री पौडेल

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सय दिनभित्र आम नागरिकको स्वास्थ्यमा सकारात्मक असर दिने गरी सक्नेसम्मको सुधार भएको र बाँकी सुध...

सिटामोलको नियमित उत्पादन

काठमाडौं । नेपाल औषधी लिमिटेडले सिटामोलको नियमित उत्पादन भइरहेको स्पष्ट पारेको छ । लिमिटेडले बिहीबार विज्ञप्ति निकाल्दै सिटामोलको नियमित उत्पादन भइरहे...

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको एक सय दिनमा ५५ उपलब्धि

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले मन्त्रालय सम्हालेको एक सय दिनमा ५५ वटा उपलब्धि हासिल भएको विवरण सार्वजनिक गरेका छन् । ...

बिमा प्राधिकरणबाट प्रधानमन्त्री दैवी प्रकोप कोषमा एक करोड सहयोग

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि नेपाल बिमा प्राधिकरणले बिहीबार एक करोड हस्तान्तरण गरेको छ ।  ...

सूचनाको हकको लागि राष्ट्रिय महासंघ मधेश प्रदेशको अधिवेशन सम्पन्न

महोत्तरी । सूचनाको हकको लागि राष्ट्रिय माहासंघ मधेश प्रदेशले अजय साहको नेतृत्वमा १५ जनाको कार्यसमिती निर्वाचित गरेको छ ।  आज जनकपुरमा भएको माहासंघक...

नेपाल समूह बिजेता हुँदै साफको सेमिफाइनलमा

काठमाडौं । नेपाल समूह विजेता हुँदै काठमाडौंमा जारी साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको छ ।  समूह चरणको अन्तिम खेलमा नेपालले श्रीलंकालाई ६-...

मोटरसाइकल चोरी गर्ने एक पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुर ठिमी नगरपालिका २ बाट विहिबार मोटरसाइकल चोरीमा संलग्न एक जनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।  नियन्त्रणमा आउन...

रवि लामिछानेविरुद्ध रुपन्देहीबाट पनि पक्राउ पुर्जी जारी

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई जिल्ला अदालत रुपन्देहीले पक्राउ गर्न अनुमति दिएको छ ।  जिल्ला अदालतका न्याया...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy