Ntc summer Offer
Khabar Dabali ८ मंसिर २०८१ शनिबार | 23rd November, 2024 Sat
Investment bank

फिलिपिन्समा उष्णकटिबन्धीय आँधी ‘ट्रामी’का कारण ४६ जनाको मृत्यु, २० बेपत्ता

खबरडबली संवाददाता

मनिला । यस हप्ता फिलिपिन्समा आएको उष्णकटिबन्धीय आँधी ‘ट्रामी’बाट मृत्यु हुनेको सङ्ख्या ४६ पुगेको छ भने कम्तिमा २० जना अझै बेपत्ता रहेको अधिकारीहरूले शुक्रबार बताएका छन् । 

नागरिक रक्षा प्रशासकको कार्यालय ‘एरियल नेपोमुसेनो’ले एउटा प्रतिवेदनमार्फत देशभरका नौ क्षेत्रबाट ट्रामीसँग सम्बन्धित मृत्युको खबर आएको जनाएको छ । आँधीको प्रभाव झेल्ने मनिलाको दक्षिणपूर्वी क्षेत्र बिकोलमा २८ जनाको मृत्यु भएको र क्यालाबारजोन क्षेत्रमा १५ जनाको मृत्यु भएको जनाएको छ । मध्य र दक्षिणी फिलिपिन्सका अन्य क्षेत्रबाट पनि ट्रामी–सम्बन्धित मृत्युको खबर प्राप्त भएको छ ।

यस वर्ष फिलिपिन्समा आएको ११औँ टाइफुन ट्रामीले मुख्य लुजन टापुमा प्रहार गरी बिकोल र क्यालाबारजोन क्षेत्रमा विनाशकारी बाढी र पहिरो निम्त्याएको हो । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्ले दक्षिणपूर्वी एसियाली देशको कम्तिमा १५ क्षेत्रका २६ लाखभन्दा बढी मानिसहरू आँधीबाट प्रभावित भएको बताएको छ । 

राज्य मौसम ब्यूरोले शुक्रबार दिउँसो वा साँझमा ट्रामी फिलिपिन्सबाट बाहिर निस्कने पूर्वानुमान गरेको छ । फिलिपिन्समा वार्षिक औसत २० वटा टाइफुन आउने गरेको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाढीपहिरोका कारण क्षति भएका खानेपानी आयोजनाको चाँडो मर्मत गर्नुस्: मन्त्री यादव

काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले गत असोजमा परेको अविरल वर्षासँगै गएको बाढीपहिरोका कारण क्षति भएका देशभरिका खानेपानी आयोजनाको मर्मतकार्यलाई छिट...

दरबारमार्ग सडकमा फोहोर गरेको भन्दै एमालेलाई महानगरको एक लाख जरिवाना

काठमाडाैं । नेकपा एमालेकाे जागरणसभाले दरबारमार्ग सडकमा फोहोर गरेको भन्दै काठमाडाैं महानगरले एक लाख जरिवाना गरेकाे छ ।  शुक्रवार काठमाडौंको दरबारमार...

चितवनमा मानव बेचबिखन आरोपमा एक पक्राउ

चितवन । वैदेशिक रोजगारीका लागि निःशुल्क विदेश पठाइदिन्छु भनी पाँच युवतीलाई बेच्न लगेको आरोपमा जिल्ला प्रहरी कार्यालय चितवनले एकजनालाई पक्राउ गरेको छ ।...

दुई दशकदेखि सुकुम्बासीको प्रश्न: जग्गा कहिले पाइन्छ ?

कैलाली । अछाम रामारोशनका बुदे टमटा १९ वर्ष पहिले अछामबाट कैलालीको टीकापुर झरे । २०६२ सालमा टीकापुरमा जग्गा पाइन्छ भन्ने सुनेर टीकापुर झरेका उनी टीकापु...

दैलेखको सिस्नेमा बस दुर्घटना हुँदा आठ घाइते

दैलेख । कर्णाली राजमार्गको दैलेख सडकखण्ड, आठविस नगरपालिका–३ सिस्नेमा बस दुर्घटना हुँदा आठ जना घाइते भएका छन् । बसको ब्रेक फेल भई भित्तामा ठोकिएर दुर्घ...

नगराइनकाे नगरसभा नहुँदा शिक्षक तथा कर्मचारीले तलबसमेत पाएनन्

धनुषा । धनुषाको नगराइन नगरपालिकाअन्तर्गत विभिन्न वडा तथा शाखामा कार्यरत कर्मचारी तथा शिक्षकले विगत चार महिनादेखि तलब सुविधा पाएका छैनन् । त्यसको विरोध...

माओवादी पार्टीहरु एकताको प्रक्रियामा छन्: अध्यक्ष प्रचण्ड

चितवन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विभाजन भएका माओवादी पार्टीहरु एकताको प्रक्रियामा रहेको बताएक...

रुसले क्षेप्यास्त्र आक्रमण गर्ने सम्भावनापछि युक्रेनको संसद बैठक रद्द

काठमाडौँ । युक्रेनको संसदले किभमा रुसी क्षेप्यास्त्र आक्रमणको खतरालाई ध्यानमा राख्दै शुक्रबारको बैठक रद्द गरेको छ  । युक्रेनी सांसद येभगेनिया क्रभचुकल...

एआइजी ढकाल र गुरुङलाई दर्ज्यानी चिन्ह

काठमाडौं । नेपाल प्रहरीका दुई जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)ले दर्ज्यानी चिन्ह पाएका छन् । बिहीबारको मन्त्रिपरिषद बैठकले बढुवा गरेका एआइजी बु...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy