Khabar Dabali १८ चैत्र २०८२ बुधबार | 1st April, 2026 Wed

विषादीरहित तरकारीखेती प्रवर्द्धन गर्दै लहान

खबरडबली संवाददाता

सिरहा । लहान नगरपालिका–१५ का तीनवटा कृषक समूहका गरी ६३ किसान परिवारलाई विषादीरहित तरकारीखेती प्रवर्द्धनका लागि दुई लाख मूल्य बराबरका कृषि सामग्री प्रदान  गरिएको छ । 

लहान नगरपालिका, राष्ट्रिय कृषक समूह महासंघ नेपाल, सामुदायिक वन उपभोक्ता महासङ्घको सहकार्य तथा केयर नेपाल र जेओएको आर्थिक सहयोगमा सञ्चालित संरक्षण परियोजनाअन्तर्गत उक्त सामग्री नगरप्रमुख महेशप्रसाद चौधरीले किसानलाई हस्तान्तरण गरे ।

कृषि सामग्रीमा ११ प्रजातिका तरकारीको बीउ, इलेक्ट्रिक स्प्रेयर, ड्रम, समरसेवल मोटर, पिभिसी पाइप, डेलिभरी पाइप र झोल मल बनाउने सामग्रीलगायत छन् । उक्त जैविक झोल मलले कुनै रासायानिक मल र विषादीको आवश्यक्ता नपर्ने बताइएको छ । 

कृषि सामग्री वितरणपछि किसानको व्यावसायिक खेतीप्रणालीको प्रवर्द्धन हुनुका साथै विषादीरहित तरकारी उत्पादनले मानव स्वास्थमा सकारात्मक प्रभाव पार्ने नगरप्रमुख चौधरीले बताए । 'कृषि क्षेत्रको विकास गरी समुन्नत नगर बनाउने लक्षसहित विभिन्न संस्थाको सहकार्यमा किसानलाई सहयोग गरिरहेका छौँ । यी सामग्री पनि यसैको निरन्तरता हो,' नगरप्रमुख चौधरीले भने, 'यी वातारणमैत्री कृषि सामग्रीले उत्पादन अभिवृद्धिका साथै आम उपभोक्ताको स्वास्थ्यमा कुनै हानी गर्नेछैन ।'

कृषिको व्यावसायीकरण र बजारीकरणलाई नगरपालिकाले प्राथमिकता दिएको पनि नगरप्रमुख चौधरीले जानकारी दिए । त्यसैगरी कार्यक्रममा लहान नगर उपप्रमुख रामचलितर महतो, वडा नं १२ का वडाध्यक्ष तथा नगरपालिकाका कृषि शाखा संयोजक बद्रीनारायण चौधरी, वडा नं १५ का वडाध्यक्ष तेजनारायण चौधरीले नगरक्षेत्रमा कृषिमा आश्रित जनसङ्ख्या ठूलो भएकाले जलवायु परिवर्तनको असर र प्रभावलाई मध्यनजर गर्दै वातावरणमैत्री उत्पादन गर्नुपर्नेमा जोड दिए । 

संरक्षण परियोजनाअन्तर्गत स्थानीय किसानको जीविकोपार्जनमा सहयोग पुर्याउने उद्देश्यले विगत एक वर्षदेखि लहानका नौवटा सामुदायिक वन र ३२ वटा कृषक समूह निर्माण गरी सात सय ५०  घरपरिवारमा प्रत्यक्ष जोडिएर काम गरिरहेको कार्यक्रमका व्यवस्थापक जगदीश भट्टले बताए । यसअन्तर्गत वन व्यवस्थापन, जलाधार क्षेत्र संरक्षण र नदी कटान नियन्त्रण रहेका छन। त्यसैगरी स्थानीय किसानको आयआर्जनका लागि माछापालन र पशुपालनमा पनि जोड दिइएको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending