Khabar Dabali १४ फाल्गुन २०८२ बिहीबार | 26th February, 2026 Thu
Investment bank

नसरल्लाहको मृत्यु हिजबुल्लाहका लागि ‘एक युगको अन्त्य’

खबरडबली संवाददाता

बेरूत । एक महिनाअघि हिजबुल्लाहका शक्तिशाली नेता हसन नसरल्लाहको हत्याले इरान समर्थित लेबनानी आन्दोलनका लागि मौलिक परिवर्तनलाई चिह्नित गरेको छ । 

“नसरल्लाहको मृत्युले हिजबुल्लाहको एक युगको अन्त्य गरेको छ”, अमेरिकास्थित थिङ्क ट्याङ्क सेन्च्युरी फाउन्डेसनका विश्लेषक साम हेलरले भने । दशकौँ सत्तामा रहेपछि, नसरल्लाहको मृत्युले “संगठनका लागि आवश्यक रूपमा परिवर्तनलाई चिह्नित गर्नेछ”, उनले बताए । नसरल्लाहको प्रभाव लेबनानमा शिया मुस्लिम समर्थन आधारभन्दा धेरै टाढासम्म फैलिएको थियो।  उनि संयुक्त राज्य अमेरिका र इजरायल विरुद्ध इरानी प्रतिरोधको एक प्रमुख स्तम्भ थिए । 

इजरायलले गत सेप्टेम्बर २७ मा बेरुतको दक्षिणी उपनगरमा गरेको हवाई आक्रमणमा नसरल्लाहको हत्यापछी हिजबुल्लाहको आन्दोलनलाई नयाँ युगमा धकेलेको छ । गत महिना, इजरायलले हिजबुल्लाहको गढहरूमा आक्रमणहरू बढाएको थियो जसमा एकपछि अर्को समूहको शीर्ष नेतृत्वको मृत्यु भएको हो । सन् १९९२  देखि समूहको नेतृत्व गरिरहेका नसरल्लाहले दशकौँसम्म इजरायलविरुद्ध कारबाहीको नेतृत्व गरे । हेलरका अनुसार उनि सङ्गठनको अग्रणी निर्णयकर्ता थिए । 

समूहको शासक शूरा काउन्सिलले अहिलेसम्म उत्तराधिकारी नियुक्त गरेको छैन । नसरल्लाहको हत्याको केही दिनपछि उक्त पदका लागि सम्भावित धर्मगुरु हाशेम सफीद्दिनको पनि इजरायली आक्रमणमा हत्या भएको थियो । हिजबुल्लाह हाल नेतृत्वबिहिन रहेको यसका उप प्रमुख नईम कासेमले बताए । त्यसैगरी, प्रधानमन्त्री नाजिब मिकातीसहित अन्य लेबनानी अधिकारीहरूले उक्त समूहसँग हप्तौँदेखी सम्पर्क नभएको बताए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE