झापा । लापरबाही गरी दुर्घटना गराउन थालेपछि ट्राफिक प्रहरीले झापामा रातो बसहरुलाई लक्षित गरी एक्सन अघि बढाएको छ।
ओभरस्पिड, ध्वनि प्रदूषण र प्रतिस्पर्धा गर्ने बसहरूमाथि जिल्ला ट्राफिक प्रहरी कार्यालयले कारबाही थालेको हो। तीन दिनमा ७३ वटा बसहरुलाई कार्वाही गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी वरिष्ठ नायव निरीक्षक अर्जुन सोडारीले बताए।
उनले बुधवार २७, बिहीवार १३ र शुक्रवार ३३ वटा बसहरुलाई कारबाही गरिएको जानकारी दिए। उनले पहिलो पटक गल्ती गर्नेलाई ५००, दोस्रो पटक गर्नेलाई १०००, तेस्रो पटक गर्नेलाई १५०० रुपैयाँका दरले बढाएर जरिवाना लिने गरेको बताए।
केर्खामा दुईजनाको मृत्यु भएको दिन पनि २७ वटा बसलाई कारबाही गरिएको बताउँदै प्रहरी वरिष्ठ नायव निरीक्षक सोडारीले यति गर्दागर्दै दुर्भाग्यवश सो दुर्घटना भएको सुनाए।
शुक्रबार मेचीनगरको कालीझोडामा ट्राफिक प्रहरीले ५५ वटा रातो र हरियो लोकल बसका चालक र सहचालकलाई ‘अन द स्पट’ प्रशिक्षण दिएको थियो।
बसका चालक र सहचालकलाई सुरक्षित यात्रा र ट्राफिक नियमको पालना गर्न सचेतना प्रदान गरिएको छ। साथै, ध्वनि प्रदूषण गर्ने बसहरूको प्रेशर हर्नसमेत निकालिएको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयले विशेष अभियान सञ्चालन गर्दै रातो बसलाई कारबाही सुरु गरेको हो। दुर्घटना न्यूनीकरणका लागि आइतवार जिल्ला प्रशासन कार्यालयमा जिल्ला यातायात व्यवस्थापन समितिको बैठक राखिएको छ।
त्यस बैठकमा टाइम कार्ड लागू गर्ने विषयमा छलफल हुने जनाइएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
कार्तिक ११ गते, २०८१ - १३:४७
खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्कस्थित बसेरीमा निर्माण गरिएको ‘रामनाथ बहुउद्देश्यीय एकीकृत बस्ती’ अलपत्र अवस्थामा छ । दुई करोडभन्...
कार्तिक ११ गते, २०८१ - १३:३६
काठमाडौं । सशस्त्र प्रहरीमा सुशासनको दर बढ्न थालेपछि केही प्रहरी अधिकृतहरूमा छटपटी शुरु भएको छ । तस्करी धन्दा चलाएर भक्तपुरमा आलिसान बंगला बनाएको आरोप...
कार्तिक ११ गते, २०८१ - १२:५०
काठमाडौं । काठमाडौंको नागार्जुन नगरपालिका–१ रानिबनस्थित खाजा घरबाट पेस्तोल १ थान र खाली म्याग्जिन १ थानसहित एकजना पक्राउ परेका छन्। दैलेख भगवतीमाई...
कार्तिक ११ गते, २०८१ - १२:४९
काठमाडौं । विश्वकप लिग २ को अर्को त्रिकोणात्मक शृङ्खला अन्तरगत नेपालले आज अमेरिकासँग उसकै घरेलु मैदानमा खेल्दैछ । लिग(२ चक्रमा नेपालको यो नवौँ खेल हो ...
कार्तिक ११ गते, २०८१ - १२:३७
काठमाडाैं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा. हेम राज शर्माले विदेशमा रहेका नेपालीहरुले विश्वका ठूल्ठूला शहरमा रहेर अकल्पनिय प्रगति गरेक...
कार्तिक ११ गते, २०८१ - १२:३३
कास्की । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको समर्थनमा सामाजिक सञ्जालमा भ्रमपूर्ण अभिव्यक्ति आएकोप्रति कास्की प्रहरीले ध्यानाकर्षण भएको ...
कार्तिक ११ गते, २०८१ - १२:१०
काठमाडौं । गृहमन्त्री रमेश लेखक गैरआवासीय नेपाली नेपालका अवैतानिक राजदूत भएको बताएका छन् । गैरआवासीय नेपाली दिवस तथा वार्षिक साधारण सभा कार्यक्रममा...
कार्तिक ११ गते, २०८१ - १२:०९
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विकासका लागि पूर्वाधार तयार भइसकेकाले एकजुट भएर काम गरेमा नेपालको विकास सम्भव हुने बताएका छन् । गैह्रआवा...
कार्तिक ११ गते, २०८१ - १२:०४
काठमाडाैं । काठमाडौं महानगरपालिका-२७ मसानगल्लीस्थित रेष्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा सोही महानगरपालिका-२५ भेडासिंह बस्ने महोत्तरी भंगहा नगरपाल...
कार्तिक ११ गते, २०८१ - १२:०४
काठमाडौं । नेपाल प्रहरीका दुई अतिरिक्त महानिरिक्षक (एआईजी) र ८ नायव महानिरिक्षक (डीआईजी) पद रिक्त हुने भएपछि बढुवाका निम्ति तिव्र प्रतिस्पर्धा सुरु भए...
प्रतिकृया लेख्नुहोस्: