Khabar Dabali ७ चैत्र २०८२ शनिबार | 21st March, 2026 Sat
Investment bank

सीमासँग जोडिएका स्थानीय जनप्रतिनिधिहरुसँग सशस्त्रको अन्तरक्रिया

खबरडबली संवाददाता

बाँके । सशस्त्र प्रहरी बल नेपालले सीमासँग जोडिएका बाँके र बर्दियाका स्थानीय जनप्रतिनिधिहरुसँग अन्तरक्रिया कार्यक्रम गरेको छ । उक्त कार्यक्रम प्रस्तावित सीमा सुरक्षा गुल्म बाँकेको आईसीपी हलमा कार्तिक ९ गते सम्पन्न भएको हो ।

नं. ५ विन्ध्यावासिनी बाहिनी मुख्यालय रुपन्देहीका सहायक बाहिनीपति सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक कमल प्रसाद तिउसीनाको प्रमुख आतिथ्यमा सम्पन्न भएको अन्तरक्रिया कार्यक्रममा नं। ३० गण बाँके र नं। ३१ गण बर्दियाका गणपति, सीमासँग जोडिएका बाँके र बर्दियाका स्थानीय जनप्रतिनिधि तथा वडा अध्यक्षहरु लगायत प्रस्तावित सीमा सुरक्षा गुल्मका गुल्मपति र बिओपी प्रमुखहरुको समेत सहभागिता रहेको थियो ।

कार्यक्रममा सीमामा हुने अवैध चोरीपैठारी निकासी तथा राजश्व चुहावट नियन्त्रण, चाडपर्वको समयमा हुने चोरी, डकैती, हत्या, अपहरण, लुटपाट लगायतका क्रियाकलापहरुलाई नियन्त्रण र सीमामा आवागमन गर्ने नागरिककहरुको सुरक्षा र सहजताको विषयमा समेत छलफल गरिएको थियो ।

सोही अवसरमा बरिष्ठ उपरीक्षक तिउसीनाले सीमामा हुने अवैध गतिविधिहरु नियन्त्रणको लागि सीमा सहजीकरण तथा निगरानी समिती गठन, सीमा नाकाहरुमा तालिम प्राप्त कुकुर समेत परिचालन गरिएको र भविष्यमा अन्य आधुनिक प्रविधिको बिस्तार गर्दै लगिने समेत  बताए ।

उनले सीमा क्षेत्रमा हुने अपराधिक क्रियाकलाप नियन्त्रण गर्ने कार्यमा सरोकारवाला निकाय, स्थानिय जनप्रतिनिधि तथा स्थानीय वासिन्दाहरुको समेत सहयोग, समन्वय र सहकार्यले महत्वपूर्ण भुमिका खेल्ने भएकोले स्थानिय सीमाबासी संगको यस प्रकारक कार्यक्रम उपलब्धिमुलक हुने बताए ।

कार्यक्रममा स्थानिय जनप्रतिनिधि हरुले सीमामा सशस्त्र प्रहरीको उपस्थितिका कारण शान्ति सुरक्षाको प्रत्याभूती भएको, सीमाबासी संग सशस्त्र प्रहरी कार्यक्रमले सिमाक्षेत्रका विभिन्न समस्या समाधानमा थप सहकार्य र समन्वयको बाताबरण बनेको भन्दै खुशी ब्यक्त गरेका थिए । सीमामा हुने  असुरक्षाको स्थिती नरहेको भन्दै उनीहरुले सशस्त्र प्रहरीसँगको सहकार्य र समन्वय निरन्तर रहने बताए ।

सशस्त्र प्रहरी बल नेपालले ‘सीमावासीसँग सशस्त्र प्रहरी कार्यक्रम’ ल्याएपश्चात सीमामा २४सै घण्टा नियमित पैदल गस्ती, स्वास्थ्य शिविर संचालन, सीमानामा रहेका स्थानीयवासी लक्षित क्षमता अभिवृद्धि तालिम, सीमा अपराध नियन्त्रण सम्बन्धी अन्तरक्रिया कार्यक्रम, सीमाक्षेत्रमा सरसफाई लगायत लैंगिक हिंसा, बाल बिबाह, लागुऔषध सम्बन्धमा सचेतनामूलक कार्यक्रमहरु समेत संचलान गर्दै आएको छ ।

त्यसैगरी सशस्त्र प्रहरी बल नेपालको कल्याणकारी योजना अन्तर्गत अन्तर्राष्ट्रिय सीमाना जोडिएका जिल्लाहरुमा बसोबास गर्ने आदिवासी जनजाति, दलित समूदाय, अल्पसंख्यक, अतिविपन्न, पिछडिएका वर्ग र सीमान्तकृत समुदायका तथा जेहेन्दार छात्रछात्राहरुलाई नेपाल एपीएफ स्कुलमा कक्षा १० सम्म नि:शुल्क अध्ययनको व्यवस्था समेत गरिएको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बर्दिबासमा वर्षाको पानीमा डुबेर महिलाको मृत्यु

बर्दिबास। शुक्रबार रातभर परेको हावाहुरीसहितको वर्षाका कारण महोत्तरीको बर्दिबासमा एक महिलाको मृत्यु भएको छ। बर्दिबास नगरपालिका–१ स्थित पूर्व–पश्चिम लोक...

मध्यपूर्व सङ्कटको असर विश्वभर: तेल, सुरक्षा र पर्यटन जोखिममा

दुबई। मध्यपूर्वमा तीन हप्तादेखि बढ्दो युद्धको बिचमा, इरानले आफ्नो आक्रमणलाई विश्वव्यापी पर्यटन र मनोरञ्जन स्थलमा फैलाउने धम्की दिएको छ । त्यसैबिच, अमे...

दाउन्ने सडकखण्ड रूपमा पूर्ण अवरुद्ध, वैकल्पिक मार्गसमेत बन्द

नवलपरासी । नवलपरासी पूर्वमा लगातारको वर्षाका कारण दाउन्ने सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। विनयी त्रिवेणी गाउँपालिका–२ स्थित दाउन्ने बजारको ६४ मोड ...

मोटरसाइकल मर्मतको पैसामा विवाद हुँदा सिरहामा झडप, ६ जना घाइते

सिरहा । सिरहा जिल्लाको सिरहा नगरपालिका–१२ सारसर क्षेत्रमा मोटरसाइकल मर्मतको पैसा नतिरेको विषयमा दुई समूहबीच झडप हुँदा ६ जना घाइते भएका छन्। जिल्ला ...

रुपनीमा सदा दम्पतिको एकै दिन निधन

सप्तरी। सप्तरीको रुपनी गाउँपालिकामा एकै दिन एक सदा दम्पतिको निधन भएको छ। गाउँपालिका-४, छपकी टोल बस्ने ७० वर्षीय फुलेश्वर सदा र उनकी ६५ वर्षीय पत्नी दु...

हुम्लामा यस वर्ष एसइईमा करिब १३ सय विद्यार्थी सहभागी हुँदै

हुम्ला। यसवर्षको माध्यामिक शिक्षा परीक्षा (एसइई) मा हुम्लाका करिब एक हजार तीन सय विद्यार्थी सहभागी हुने भएका छन्। यसमा नियमित, पूरक र ग्रेडवृद्धि परीक...

एभरेष्ट चिनी मिलको ८९ दिनको उखु क्रसिङ सम्पन्न

बर्दीबास। महोत्तरीको रामनगरस्थित एभरेष्ट चिनी मिलले विविध चुनौतीका बाबजुद यस वर्षको उखु क्रसिङ सफलतापूर्वक सम्पन्न गरेको छ। गत पुस ७ गते सञ्चालनमा आएक...

वर्षापछि पहिरो खस्दा सिद्धार्थ राजमार्ग अवरुद्ध

बुटवल । लगातार वर्षापछि खसेको पहिरोका कारण सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–पाल्पा सडकखण्ड अवरुद्ध भएको छ। पाल्पाको तिनाउ गाउँपालिका-३ दोभान स्थित...

बिरामी बोकेको एम्बुलेन्समाथी तोडफोड, चालकमाथि कुटपिट

सल्यान। बिरामी बोकेर नेपालगञ्ज जाँदै गरेको एम्बुलेन्समाथि शसुक्रबार राति सुर्खेतमा आक्रमण भएको छ । रुकुम चौरजहारीबाट बिरामी लिएर नेपालगञ्जतर्फ जाँदै ग...

भारी हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध

रुकुम पूर्व। रुकुम पूर्वमा भारी हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । गएरातिदेखि निरन्तर भइरहेको हिमपातका कारण रुकुम पूर्वको भुमे गाउँपालि...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: