Khabar Dabali १३ बैशाख २०८३ आईतवार | 26th April, 2026 Sun

आईसीसी लिग-२ : नेपाल अमेरिकासँग ३ विकेटले पराजित, भोलि स्कटल्याण्डसँग खेल्ने

खबरडबली संवाददाता

काठमाडौं । आईसीसी विश्वकप लिग- २ अन्तर्गत अमेरिकाविरूद्धको खेलमा नेपालले हार व्यहोरेको छ। अमेरिकाका टेक्सासस्थित डलासको ग्राण्ड प्रिएरीमा ​नेपाली समयअनुसार सोमबार बिहान सम्पन्न खेलमा नेपाल ३ विकेटले पराजित भएको हो। 

टस जितेर अमेरिकाले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपाल ५० ओभरमा पूरा खेल्दा २८६ रनमा अलआउट भयो। नेपालका लागि ओपनरद्वय अनिलकुमार साह र आसिफ शेखले अर्धशतक प्रहार गरे। साहले ५६ रन र शेखले ५२ रन बनाए। 

कप्तान रोहित पौडेलले नेपालका लागि सर्वाधिक ९६ रन जोडे। उनले ७५ बलमा ८ चौका र ३ छक्का हिर्काए। कुशल भुर्तेलले ११ रन जोडे।

शेखले ३७ रन जोडे भने दीपेन्द्रसिंह ऐरी १३ रनमा आउट भए। अरु ब्याटर सस्तैमा आउट भए। बलिङमा कुशल भुर्तेलले ४ विकेट लिए। सोमपाल कामीले २ विकेट लिए। ललित राजवंशीले १ विकेट हात पारे। 

२८७ रनको लक्ष्य अमेरिकाले २ बल बाँकी छँदा ७ विकेट गुमाएर पार गर्‍यो। उसका लागि ओपनिङ ब्याटर शायन जहानगिरले शतक प्रहार गरे। उनले १०४ रन जोडे।

अर्का ओपनर आन्द्रेस गस १ रनमा आउट भए। तर कप्तान मोनाक पटेलले ६२ रन जोडे। उनले दोस्रो विकेटका लागि जहानगिरसँग १६१ रनको साझेदारी गरे। बलिङमा अमेरिकाका केञ्जिगेले ४ विकेट लिए। 

हर्मित सिंहले ५७ रन र साड्ली भान साल्वेकले २९ रन जोडेर अमेरिका जित नजिक पुगेको हो। 

यो श्रृङ्खलामा नेपालले नेपालले दुवै टोलीसँग दुई/दुई खेल खेल्नेछ। अब नेपालले मंगलबार राति सवा ९ बजे स्कटल्याण्डसँग खेल्नेछ। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending