गाजा । गाजाको उत्तरी जिल्ला बेत लाहियाको आवासीय भवनमा मङ्गलबार भएको इजरायली हमलमाा ५५ जनाभन्दा बढीको मृत्यु भएको नागरिक सुरक्षा एजेन्सीले जनाएको छ ।
मङ्गलबार राति बेत लाहियाकामा इजरायलले प्रहार गर्दा अबु नस्र परिवारको आवासीय भवनको भग्नावशेषमा उनीहरूको मृत्यु हुनुका साथै दर्जनौँ घाइते भएको एजेन्सीका प्रवक्ता महमुद बासलले बताए । हमलामा मृत्यु भएका १५ जनाको शव कमल अदवान अस्पतालमा ल्याइएको अस्पतालका निर्देशक हुसाम अबु साफियाले जानकारी दिए । उनले घटनामा ३५ जना घाइते भएको र तीमध्ये अधिकांश बालबालिका रहेको र उनीहरुको अस्पतालमा उपचार भइरहेको बताए ।
सफियाले अस्पतालमा निरन्तर मृतक तथा घाइतेहरू आइरहेको बताउँदै कर्मचारी र औषधिको अभावका कारण अस्पतालमा बिरामीहरूको उपचार गर्न गाह्रो भइरहेको उल्लेख गरे । उनका अनुसार जबलियामा सैन्य कारबाहीका क्रममा अस्पतालमा आक्रमण गर्दा सेनाले चिकित्सक टोली र कामदारहरूलाई पक्राउ गरेपछि कमल अदवान अस्पतालमा प्राथमिक उपचार सामग्री बाहेक अरू केही बाँकी छैन । गत हप्ता गाजाको स्वास्थ्य मन्त्रालयले इजरायली सेनाले अस्पतालमा आक्रमण गरेको जनाएको थियो ।
गत अक्टोबरदेखि सेनाले उत्तरी गाजाका जबालिया, बेत लाहिया र बेत हानुनका क्षेत्रहरूमा व्यापक आक्रमण गरेको छ । यसलाई सेनाले हमास लडाकुलाई पुनः समूहबद्ध हुनबाट रोक्नका लागि गरेको अपरेसनका रूपमा वर्णन गरेको छ । मङ्गलबार जारी विज्ञप्तिमा सेनाले विगतका दिनमा जबलियामा धेरै आक्रमण गरेको र करिब ४० जना आतङ्कवादीको मृत्यु भएको जनाएको छ ।
नागरिक सुरक्षा एजेन्सीले आक्रमण सुरु भएदेखि दशौँ हजार प्यालेस्टिनी उत्तरी गाजाबाट भाग्न बाध्य भएको तथा सयौँको मृत्यु भएको रिपोर्ट गरेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: