काठमाडौं । अमेरिकामा जारी आइसिसी विश्वकप क्रिकेट लिग-२ को त्रिकोणात्मक सिरिजअन्तर्गत आज नेपालले आफ्नो दोस्रो खेलमा स्कटल्याण्डको सामना गर्दैछ । अमेरिकाको डालसस्थित ग्रान्ड प्रेरि स्टेडियममा आज राति हुने खेलमा नेपालले जित हासिल गर्दै उक्त सिरिजमा पहिलो जित दर्ता गराउने दाउमा रहेको छ ।
यसअघि यही कात्तिक ११ गते भएको पहिलो खेलमा नेपाल अमेरिकासँग ३ विकेटले पराजित भएको थियो । स्कटल्यान्ड पनि उक्त सिरिजमा दोस्रो जितको खोजीमा रहेको छ । यसअघि भएको पहिलो खेलमा स्कटल्यान्डले अमेरिकालाई १० विकेटले पराजित गर्दै पहिलो जित दर्ता गराइसकेको छ । नेपाल र स्कटल्याण्डको खेल नेपाली समयानुसार मंगलबार राति ९ः१५ बजेदेखि सुरु हुनेछ ।
नेपाल र स्कटल्याण्डले छ एक दिवसीय खेल भएका छन् । जसमा दुवै टोलीले समान तीन-तीन जितेका छन् । आगामी सन् २०२७ सम्म चल्ने विश्वकप लिग २ क्रिकेटमा नेपालले नौ वटा त्रिकोणात्मक सिरिज खेल्नेछ । जसमा हरेक सिरिजमा नेपालले चार एक दिवसीय खेल खेल्नेछ ।
लिग-२ मा नेपालले ९ खेलमा सात ७ हार, १ मा जित तथा १ खेल रद्द हुँदा ३ अङ्कका साथ अङ्क तालिकाको सातौँ स्थानमा छ । यता स्कटल्याण्ड ८ खेलमा पाँच जित दुई हार र एक खेल रद्दसँगै ११ अङ्कका साथ चौथो स्थानमा रहेको छ । त्यसैगरी १२ खेल खेलेको क्यानडा आठ खेलमा जित तथा चार खेलमा हार बेहोर्दै १६ अङ्कका साथ अङ्क तालिकाको शीर्ष स्थानमा छ । विश्वकप क्रिकेट लिग-२ मा नेपालसहित स्कटल्याण्ड, अमेरिका, क्यानडा, नेदरल्याण्डस्, नामिबिया, ओमान र युनाइटेड अरब इमिरेट्स (युएई) सहभागी छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ४ गते, २०८२ - १९:२७
कञ्चनपुर । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जिल्लामा आठ हजार ८७५ परिवार शीतलहरबाट प्रभावित हुनसक्ने जनाएको छ । स्थानीय प्रशासनले शीतलहरबाट उत्पन्न ...
पौष ४ गते, २०८२ - १९:२३
ढाका । ढाकाको कावरान बजारस्थित अखबारको कार्यालयमा आक्रोशित भिडले छापा मारी आगो लगाउँदा कार्यालयमा फसेका द डेली स्टारका कम्तीमा २५ जना पत्रकारलाई कार्य...
पौष ४ गते, २०८२ - १९:२१
मुस्ताङ । मुस्ताङकाे वारागुङ मुक्तिक्षेत्र-३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल व...
पौष ४ गते, २०८२ - १९:१६
सिरहा । मिर्चैया नगरपालिकाले मिर्चैयास्थित अस्पतालको पुरानो भवनबाट औपचारिक रूपमा सेवा सुरु गरेको छ । नगरपालिकाले बिहीबारदेखि उक्त भवनलाई अस्थायी कार्य...
पौष ४ गते, २०८२ - १८:२१
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मुलुक अनिश्चतताको बाटोबाट निश्चितताको सकारात्मक मार्गतर्फ अघि बढिरहेको बताएका छन् । गत भदौ ...
पौष ४ गते, २०८२ - १८:१९
काठमाडौँ । ललितपुरको ढोलाहिटीबाट गत मंसिर २१ गतेदेखि बेपत्ता १६ वर्षीय साहिल राईको खोजीका लागि परिवारले आग्रह गरेको छ । उदयपुरको बेलका नगरपालिका वड...
पौष ४ गते, २०८२ - १८:१६
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले “पार्टीभित्र गुट अन्त्य भइसकेको” दाबी गरेका छन् ।महाधिवेशनमा प्यानल र स्वतन्त्र प्रतिस्पर्धा भए पनि...
पौष ४ गते, २०८२ - १८:०३
तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका– ४, बेनीटारबाट कटुवा पेस्तोल एक थानसहित बारा सुवर्ण गाउँपालिका– १ बस्ने १९ वर्षीय ओमबाबुप्रसाद यादवलाई शुक्रबार ...
पौष ४ गते, २०८२ - १८:०१
सिरहा । सिरहाको लहान नगरपालिका– २३ गढिया चोकबाट प्रहरीले कडा खालको मानिने प्रतिबन्धित लागुऔषध खैरो हेरोइनसहित दुईजनालाई पक्राउ गरेको छ। जिल्ला प्रह...
पौष ४ गते, २०८२ - १७:५७
विराटनगर । नेकपा (एमाले) का नेता टीकाराम पुरीले पार्टी परित्यागको घोषणा गरेका छन्। एमाले कोशी प्रदेश कमिटीका सल्लाहकार तथा केपी शर्मा ओली निकट मानि...




प्रतिकृया लेख्नुहोस्: