Ntc summer Offer
Khabar Dabali ६ भाद्र २०८२ शुक्रबार | 22nd August, 2025 Fri
Investment bank

तिहारमा कुचोको माग धेरै, काठमाडौंमा १० करोड बढीको व्यापार हुने आँकलन

खबरडबली संवाददाता

काठमाडौं । तिहारमा फूलमाला र पालासँगै कुचाको माग पनि अत्याधिक हुने गर्दछ। नेपालका मुख्य शहरहरुमा कुचोको माग यतिबेला अत्याधिक नै हुन्छ। कुचो व्यवसायीहरुलाई आपूर्ति धान्न गाह्रो हुन्छ। तिहार नेपालीहरुको हर्षोल्लासको पर्व भएकाले तिहारमा प्रयोग हुने झिलिमिली बत्ती, भाइमसला, माटोको पाला, फूलमाला र कुचोको माग अन्य समयको तुलनामा दोब्बर हुन्छ। अझ कुचोको माग त नेपालमा भन्दा भारतीय बजारमा बढी हुने व्यवसायीहरु बताउँछन् । कुचोमा पनि झाडु र अमृषोको कुचो हुन्छ।

अमृषोको कुचो भारतीय बजारमा बढी माग हुने नेपाल कुचो संघका अध्यक्ष राजकुमार कार्की बताउँछन्। यतिसम्मकी भारतीय बजारमा कुचोको मागले नेपालमा कुचोको मूल्य निर्धारण गर्छ। काठमाडौंमा गजमुखी झाडु कुचो उद्योग सञ्चालन गर्दै आएका अध्यक्ष कार्कीले कुचोको व्यापार शुरु गर्नुभएको २०४९ सालदेखि नै हो। इलाममा आफ्नो पुख्र्यौली घरमा २०३० सालमा आफू जन्मिदा पनि आफ्ना पिताले कुचाको व्यापार गर्नुभएको सम्झना उनलाई छ। त्यसैले उनले पनि पुख्र्यौली पेशा २०४९ सालदेखि गर्दै आए। काठमाडौंमा आएर व्यापार शुरु गरेको भने उनले १४ वर्ष करिव पुग्यो।

उनले भने, ‘हामीले पारिवारिक रुपमा नै काम गरिरहेका छौँ। गजमुखी झाडु कुचो उद्योग, एनके लक्ष्मी ट्रेडर्स र गृहलक्ष्मी ट्रेडर्स तीन वटा हाम्रो फर्म छ। मैले यो व्यवसाय पारिवारिक विरासतकै रुपमा पाएको हो। म इलाममा जन्मिएको हो। हाम्रो इलाममा पिताजीबाटै २०३० सालमा नै व्यवसाय थियो। २०५० सालदेखि निरन्तर यो व्यवसायमा छु। हामी सबैको लागि यो रमाइलो पर्व तिहार हो।’

किसानको असार १५ झैँ तिहारमा कुचो व्यवसायीहरुलाई कुचोको चटारो छ। माघ, फागुनमा जम्मा पारेका कुचोहरु बनाउने र बेच्ने काममा भ्याइनभ्याइ छ। तिहारमा कुचोको पूजा गर्ने कारणले पनि माग धेरै हुने गरेको उनी बताउँछन्। कुचोलाई आफ्नो जीवनपद्धतिका रुपमा लिनुपर्ने कार्की बताउँछन्।  ‘अहिले विशेष गरेर हामी कुचो व्यवसायीहरुको लागि यतिखेर किसानको असार १५ जस्तै हो।’

उनले भने, ‘हामीले माघ, फागुनमा जम्मा पारेका कुचोहरुलाई हाम्रो नेपाली सनातनी परम्पराअनुसार लक्ष्मी पूजामा यसको पनि विशेष पूजा हुने भएकाले अरु समयको तुलनामा दीपावलीको समयमा धेरै नै कुचोको माग हुन्छ। कुचो हाम्रो जीवनपद्धति हो भन्ने सम्झिनुपर्छ।’

अध्यक्ष कार्कीले तिहारको समयमा काठमाडौं उपत्यकामा कुचोका अतिरिक्त नाङ्लो र झाडुको माग धेरै हुने गरेको बताए। उनले अमृषोको कुचाको निर्यात विशेष गरी भारतमा बढी हुने बताए। यस वर्षमात्रै भारतमा १ अर्ब बराबरको कुचो निर्यात गरिसकेको उनको भनाइ छ। त्यसै बराबरको आन्तरिक खपत नेपालका विभिन्न शहरहरुमा हुने गरेको कार्की बताए। तिहारको बेलामा अन्य समयको तुलनामा चार गुणासम्म बढी कुचो व्यापार हुने बताए।

कार्कीले भने, ‘लक्ष्मीको प्रिय वस्तुका रुपमा कुचोलाई लिइन्छ। काठमाडौं लगायत शहरमा कुचोका अतिरिक्त नाङ्लो र झाडुको माग धेरै हुन्छ। अमृषोको कुचाको निर्यात विशेष गरी भारतमा हुन्छ। यो वर्ष १ अर्ब भन्दा माथि अमृषोको कुचो निर्यात गरेका छौँ। त्यो बराबरको नेपालको विभिन्न शहरहरुमा हाम्रो आन्तरिक खपत हुन्छ।’

कार्कीका अनुसार दशैँ र तिहार चाडपर्व परेका दुई महिना ९असोज र कार्तिक० मा अन्य १० महिनाको बराबरको व्यापार हुन्छ। गत साल तिहारमा मात्रै करिव २० करोडको हाराहारीमा कुचो विक्री भएको उहाँको संघको अनुमान छ। तर यस पटक भने अमृषोको कुचोको मूल्य केही घटेकाले माग बढेपनि रकमका हिसावले भने विगतका वर्षहरुकै हाराहारीमा विक्री हुने अध्यक्ष कार्कीले बताए।

‘अरु १० महिनामा जति व्यापार हुन्छ, त्यो व्यापार यो दुई महिना, दशैँ र तिहार केन्द्रित महिनामा हुन्छ। तिहारमा मात्रै गत साल २० करोडको कारोबार भएको थियो।’ उनले भने, ‘तिहार बेला कुचो अरु बेलाको भन्दा तीन, चार गुणा बढी नै कारोबार हुन्छ। यो पटक अलिकति अमृषोको मूल्यमा गिरावट आएकाले कारोबार त बढ्यो तर मूल्य कम भएकाले फेरि पनि पोहोरकै दाँजोमा हाम्रो कारोबार हुन्छ।’

काठमाडौंमा काभ्रेपलाञ्चोक, दोलखा, सिन्धुपाल्चोक, नुवाकोट, धादिङ, सिन्धुली लगायतका पहाडी जिल्लाहरुबाट कुचो आउने गरेको उनले बताए। उनले कुचोको मूल्य निर्धारण भारतीय बजारबाट नै हुने गरेको पनि बताए। भारतको आसाममा कुचोको ठूलो बजार भएकाले भारतको मागअनुसार कुचोको मूल्य त्यहीँ तय हुने उनको भनाइ छ। ४० रुपैयाँ परपिसबाट साढे तीन सयसम्मको कुचो विक्री गर्ने गरेको उनले बताए।

उनले भने, ‘काभ्रेपलाञ्चोक, दोलखा, सिन्धुपाल्चोक, नुवाकोट, धादिङ, सिन्धुली लगायतका पहाडी जिल्लाहरुबाट कुचो आउँछ। कुचोको मूल्य निर्धारण भारतीय बजारबाट नै हुने गरेको छ। भारतको आसाममा कुचोको ठूलो बजार भएकाले भारतको मागअनुसार कुचोको मूल्य त्यहाँ तय हुन्छ। ४० रुपैयाँ परपिसबाट उत्पादन हुन्छ। ३ सयदेखि साढे तीन सयसम्मको पनि छ। काठमाडौंमा प्रतिपिस ४० रुपैयाँको कुचो बढी डिमाण्डमा आएको छ। यस दीपावलीमा काठमाडौं उपत्यकामा १० करोड भन्दा बढीको अमृषोको कुचोको विक्री हुने आँकलन गरेका छौँ। अब अमृषो बनाउँदाखेरी यसलाई गुणस्तरीय बनाउनु पर्छ। समयमै दिने र समयमै सुकाइदिने गर्नुपर्छ किसानले भने। व्यवसायी साथीहरुले पनि अहिले उत्साहपूर्वक विक्री भइरहेको छ। साथीहरुले उपभोक्ताहरुलाई नठगिने हिसावले व्यवसायिक प्रतिष्पर्धा कायम राख्न आग्रह गर्दछु। कुचो व्यवसायीहरुको असोजको बाढीका कारण काठमाडौं र काभ्रेपलाञ्चोकमा भएका कुचो व्यवसायीहरुको करिव १ करोड भन्दा माथिको क्षति भयो। धेरै ठाउँमा कुचोको माग आएकाले समयमा कुचो नपुग्ने भएर कुचोभित्र कालोबजारी हुनसक्छ । त्यसलाई मध्यनजर गरी आवद्ध उद्योगहरुलाई दिन र रातमा पनि काम सञ्चालन गर्न र आफ्नो माग कायम राख्न आग्रह गरेका छौँ।’

अध्यक्ष कार्कीले यस वर्षको दीपावलीमा दीपावलीमा काठमाडौं उपत्यकामा १० करोड भन्दा बढीको अमृषोको कुचो बिक्री हुने आँकलन गरेको बताए। उनले अब अमृषो बनाउँदा गुणस्तरीय बनाउन आग्रह गरे। किसानले पनि समयमै व्यापारीहरुलाई दिने र राम्रोसँग सुकाउनुपर्ने बताए। उनले व्यवसायीहरुले पनि विपद्का कारण आवतजावतमा समस्या पर्ने भएकाले मागको आपूर्ति समयमा हुन नसक्दा कालोबजारी हुनसक्ने कुरालाई मध्यनजर गरी समयमै माग पूरा गर्न र तोकिएको मूल्य भन्दा बढीमा बिक्री नगर्न आग्रह गरे।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ओलीको टिप्पणी : “रसिद मात्र काटेर विद्याको सदस्यता कायम हुँदैन”

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता स्वतः कायम हुने अवस्था नरहे...

तीजः संस्कृतिको पर्व कि भड्किलो प्रतिस्पर्धा ?

दरले दबिँदै निम्न आय भएका परिवार

विवाहित पुरुषको अदृश्य हार !

संसारसँग विवाहित पुरुषले कति पनि लड्न सक्छ । अभावसँग, समाजसँग, प्रतिस्पर्धा र परिस्थितिसँग उसले सामना गर्न सक्छ। बाहिर ऊ विजयी देखिन्छ: जिम्मेवारी पूर...

विद्यालय शिक्षा विधेयकविरुद्ध निजी विद्यालय सञ्चालकहरूको प्रदर्शन

काठमाडौं । विद्यालय शिक्षा विधेयकको प्रतिवेदनमा आफ्ना मागहरू बेवास्ता गरिएको भन्दै निजी विद्यालयका सञ्चालक तथा प्रिन्सिपलहरू आज काठमाडौँको माइतीघर मण्...

तिज गीतको यात्रा : माइतीको याददेखि टिकटकसम्म

कलाकारहरूको दौड भ्युजमा कि संस्कृतिमा ?

सीमा विवाद र विश्वप्रकाशको सुझाव : प्रधानमन्त्रीको भ्रमणमा उठ्नुपर्ने ६ प्रश्न

काठमाडौं । नेपाल–भारत–चीन त्रिदेशीय सीमा विवाद फेरि चर्चामा छ । लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको अस्मिता र सार्वभौमिकताको संवेदनशील विषय बनेको...

निजी विद्यालय गैरनाफामुलक भए शिक्षाको स्तर झनै खस्किन्छः सांसद जैसवाल

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद विना जैसवालले निजी विद्यालयलाई गैरनाफामुलक बनाउने प्रावधानले नेपालको शैक्षिक गुणस्तरलाई थप खस्काउने चे...

एमालेसँग दूरी बढाउँदै भण्डारीः सम्पर्क कार्यालय उद्घाटनलाई ‘राजनीतिक पुनरागमन’ को संकेत

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नयाँबानेश्वरस्थित लाखेचौर मार्गमा सम्पर्क कार्यालय खोलेसँगै उनी पुनः सक्रिय राजनीतिमा फर्किँदै गरेको स...

मल लिन बिहान २ बजेदेखि लाइनमा बस्दा उपहारमा ४ किलोको ढुङ्गा

बर्दघाट । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकामा किसानलाई वितरण गरिएको युरिया मलको बोरा खोल्दा त्यसभित्र सिमेन्टको पिल्लर जस्तो देखिने ठोस ढुङ्गा भेट...

बागलुङको निसेलढोरमा झाँक्री नाच प्रदर्शन

बागलुङ । बागलुङको निसीखोला गाउँपालिका–५ स्थित निसेलढोरमा परम्परागत झाँक्री नाच प्रदर्शन गरिएको छ। यस क्षेत्रका विभिन्न मेला–पर्वका अवसरमा झाँक्री नाच ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending