Khabar Dabali २८ फाल्गुन २०८२ बिहीबार | 12th March, 2026 Thu
Investment bank

तिहारमा कुचोको माग धेरै, काठमाडौंमा १० करोड बढीको व्यापार हुने आँकलन

खबरडबली संवाददाता

काठमाडौं । तिहारमा फूलमाला र पालासँगै कुचाको माग पनि अत्याधिक हुने गर्दछ। नेपालका मुख्य शहरहरुमा कुचोको माग यतिबेला अत्याधिक नै हुन्छ। कुचो व्यवसायीहरुलाई आपूर्ति धान्न गाह्रो हुन्छ। तिहार नेपालीहरुको हर्षोल्लासको पर्व भएकाले तिहारमा प्रयोग हुने झिलिमिली बत्ती, भाइमसला, माटोको पाला, फूलमाला र कुचोको माग अन्य समयको तुलनामा दोब्बर हुन्छ। अझ कुचोको माग त नेपालमा भन्दा भारतीय बजारमा बढी हुने व्यवसायीहरु बताउँछन् । कुचोमा पनि झाडु र अमृषोको कुचो हुन्छ।

अमृषोको कुचो भारतीय बजारमा बढी माग हुने नेपाल कुचो संघका अध्यक्ष राजकुमार कार्की बताउँछन्। यतिसम्मकी भारतीय बजारमा कुचोको मागले नेपालमा कुचोको मूल्य निर्धारण गर्छ। काठमाडौंमा गजमुखी झाडु कुचो उद्योग सञ्चालन गर्दै आएका अध्यक्ष कार्कीले कुचोको व्यापार शुरु गर्नुभएको २०४९ सालदेखि नै हो। इलाममा आफ्नो पुख्र्यौली घरमा २०३० सालमा आफू जन्मिदा पनि आफ्ना पिताले कुचाको व्यापार गर्नुभएको सम्झना उनलाई छ। त्यसैले उनले पनि पुख्र्यौली पेशा २०४९ सालदेखि गर्दै आए। काठमाडौंमा आएर व्यापार शुरु गरेको भने उनले १४ वर्ष करिव पुग्यो।

उनले भने, ‘हामीले पारिवारिक रुपमा नै काम गरिरहेका छौँ। गजमुखी झाडु कुचो उद्योग, एनके लक्ष्मी ट्रेडर्स र गृहलक्ष्मी ट्रेडर्स तीन वटा हाम्रो फर्म छ। मैले यो व्यवसाय पारिवारिक विरासतकै रुपमा पाएको हो। म इलाममा जन्मिएको हो। हाम्रो इलाममा पिताजीबाटै २०३० सालमा नै व्यवसाय थियो। २०५० सालदेखि निरन्तर यो व्यवसायमा छु। हामी सबैको लागि यो रमाइलो पर्व तिहार हो।’

किसानको असार १५ झैँ तिहारमा कुचो व्यवसायीहरुलाई कुचोको चटारो छ। माघ, फागुनमा जम्मा पारेका कुचोहरु बनाउने र बेच्ने काममा भ्याइनभ्याइ छ। तिहारमा कुचोको पूजा गर्ने कारणले पनि माग धेरै हुने गरेको उनी बताउँछन्। कुचोलाई आफ्नो जीवनपद्धतिका रुपमा लिनुपर्ने कार्की बताउँछन्।  ‘अहिले विशेष गरेर हामी कुचो व्यवसायीहरुको लागि यतिखेर किसानको असार १५ जस्तै हो।’

उनले भने, ‘हामीले माघ, फागुनमा जम्मा पारेका कुचोहरुलाई हाम्रो नेपाली सनातनी परम्पराअनुसार लक्ष्मी पूजामा यसको पनि विशेष पूजा हुने भएकाले अरु समयको तुलनामा दीपावलीको समयमा धेरै नै कुचोको माग हुन्छ। कुचो हाम्रो जीवनपद्धति हो भन्ने सम्झिनुपर्छ।’

अध्यक्ष कार्कीले तिहारको समयमा काठमाडौं उपत्यकामा कुचोका अतिरिक्त नाङ्लो र झाडुको माग धेरै हुने गरेको बताए। उनले अमृषोको कुचाको निर्यात विशेष गरी भारतमा बढी हुने बताए। यस वर्षमात्रै भारतमा १ अर्ब बराबरको कुचो निर्यात गरिसकेको उनको भनाइ छ। त्यसै बराबरको आन्तरिक खपत नेपालका विभिन्न शहरहरुमा हुने गरेको कार्की बताए। तिहारको बेलामा अन्य समयको तुलनामा चार गुणासम्म बढी कुचो व्यापार हुने बताए।

कार्कीले भने, ‘लक्ष्मीको प्रिय वस्तुका रुपमा कुचोलाई लिइन्छ। काठमाडौं लगायत शहरमा कुचोका अतिरिक्त नाङ्लो र झाडुको माग धेरै हुन्छ। अमृषोको कुचाको निर्यात विशेष गरी भारतमा हुन्छ। यो वर्ष १ अर्ब भन्दा माथि अमृषोको कुचो निर्यात गरेका छौँ। त्यो बराबरको नेपालको विभिन्न शहरहरुमा हाम्रो आन्तरिक खपत हुन्छ।’

कार्कीका अनुसार दशैँ र तिहार चाडपर्व परेका दुई महिना ९असोज र कार्तिक० मा अन्य १० महिनाको बराबरको व्यापार हुन्छ। गत साल तिहारमा मात्रै करिव २० करोडको हाराहारीमा कुचो विक्री भएको उहाँको संघको अनुमान छ। तर यस पटक भने अमृषोको कुचोको मूल्य केही घटेकाले माग बढेपनि रकमका हिसावले भने विगतका वर्षहरुकै हाराहारीमा विक्री हुने अध्यक्ष कार्कीले बताए।

‘अरु १० महिनामा जति व्यापार हुन्छ, त्यो व्यापार यो दुई महिना, दशैँ र तिहार केन्द्रित महिनामा हुन्छ। तिहारमा मात्रै गत साल २० करोडको कारोबार भएको थियो।’ उनले भने, ‘तिहार बेला कुचो अरु बेलाको भन्दा तीन, चार गुणा बढी नै कारोबार हुन्छ। यो पटक अलिकति अमृषोको मूल्यमा गिरावट आएकाले कारोबार त बढ्यो तर मूल्य कम भएकाले फेरि पनि पोहोरकै दाँजोमा हाम्रो कारोबार हुन्छ।’

काठमाडौंमा काभ्रेपलाञ्चोक, दोलखा, सिन्धुपाल्चोक, नुवाकोट, धादिङ, सिन्धुली लगायतका पहाडी जिल्लाहरुबाट कुचो आउने गरेको उनले बताए। उनले कुचोको मूल्य निर्धारण भारतीय बजारबाट नै हुने गरेको पनि बताए। भारतको आसाममा कुचोको ठूलो बजार भएकाले भारतको मागअनुसार कुचोको मूल्य त्यहीँ तय हुने उनको भनाइ छ। ४० रुपैयाँ परपिसबाट साढे तीन सयसम्मको कुचो विक्री गर्ने गरेको उनले बताए।

उनले भने, ‘काभ्रेपलाञ्चोक, दोलखा, सिन्धुपाल्चोक, नुवाकोट, धादिङ, सिन्धुली लगायतका पहाडी जिल्लाहरुबाट कुचो आउँछ। कुचोको मूल्य निर्धारण भारतीय बजारबाट नै हुने गरेको छ। भारतको आसाममा कुचोको ठूलो बजार भएकाले भारतको मागअनुसार कुचोको मूल्य त्यहाँ तय हुन्छ। ४० रुपैयाँ परपिसबाट उत्पादन हुन्छ। ३ सयदेखि साढे तीन सयसम्मको पनि छ। काठमाडौंमा प्रतिपिस ४० रुपैयाँको कुचो बढी डिमाण्डमा आएको छ। यस दीपावलीमा काठमाडौं उपत्यकामा १० करोड भन्दा बढीको अमृषोको कुचोको विक्री हुने आँकलन गरेका छौँ। अब अमृषो बनाउँदाखेरी यसलाई गुणस्तरीय बनाउनु पर्छ। समयमै दिने र समयमै सुकाइदिने गर्नुपर्छ किसानले भने। व्यवसायी साथीहरुले पनि अहिले उत्साहपूर्वक विक्री भइरहेको छ। साथीहरुले उपभोक्ताहरुलाई नठगिने हिसावले व्यवसायिक प्रतिष्पर्धा कायम राख्न आग्रह गर्दछु। कुचो व्यवसायीहरुको असोजको बाढीका कारण काठमाडौं र काभ्रेपलाञ्चोकमा भएका कुचो व्यवसायीहरुको करिव १ करोड भन्दा माथिको क्षति भयो। धेरै ठाउँमा कुचोको माग आएकाले समयमा कुचो नपुग्ने भएर कुचोभित्र कालोबजारी हुनसक्छ । त्यसलाई मध्यनजर गरी आवद्ध उद्योगहरुलाई दिन र रातमा पनि काम सञ्चालन गर्न र आफ्नो माग कायम राख्न आग्रह गरेका छौँ।’

अध्यक्ष कार्कीले यस वर्षको दीपावलीमा दीपावलीमा काठमाडौं उपत्यकामा १० करोड भन्दा बढीको अमृषोको कुचो बिक्री हुने आँकलन गरेको बताए। उनले अब अमृषो बनाउँदा गुणस्तरीय बनाउन आग्रह गरे। किसानले पनि समयमै व्यापारीहरुलाई दिने र राम्रोसँग सुकाउनुपर्ने बताए। उनले व्यवसायीहरुले पनि विपद्का कारण आवतजावतमा समस्या पर्ने भएकाले मागको आपूर्ति समयमा हुन नसक्दा कालोबजारी हुनसक्ने कुरालाई मध्यनजर गरी समयमै माग पूरा गर्न र तोकिएको मूल्य भन्दा बढीमा बिक्री नगर्न आग्रह गरे।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पूर्वी पहाडमा ‘मत परिवर्तन’को नयाँ अध्याय : कांग्रेस–एमालेलाई उछिन्दै श्रम संस्कृति दोस्रो शक्ति

  काठमाडौँ । नेपालको राजनीतिक इतिहासमा पूर्वी पहाड सधैं परिवर्तनको पक्षमा उभिएको क्षेत्रका रूपमा चिनिन्छ । २००७ सालको राणा विरोधी आन्दोलनदेखि २०४६ ...

जन्मददेव जैैशी जसले चुनावमा २४,२७५ खर्च गरे, ३० मत पाए

काठमाडौं । फागुन २१ को निर्वाचनका उम्मेदवारहरुले धमाधम चुनाव खर्चको विवरण निर्वाचन आयोगमा बुझाइरहेका छन्  । आयोगले तोकेको अनुसार कतिपय उम्मेदवारहरुले ...

नेतृत्वले हारको जिम्मेवारी लिनुपर्छ : पूर्ण बस्नेत

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल का नेता पूर्ण बस्नेत ले पार्टी नेतृत्वले निर्वाचन हारको जिम्मेवारी लिनुपर्ने बताएका छन् । बस्नेतले कुनै पनि प्रत...

आवश्यक परे पानीजहाज भाडामा लिएर पनि नेपाली उद्धार गर्छौं : परराष्ट्र सचिव

काठमाडौं । परराष्ट्र मन्त्रालय का सचिव अमृतबहादुर राई ले मध्यपूर्वी देशमा रहेका नेपाली नागरिकको उद्धार गर्न सरकार पूर्ण रूपमा सक्षम रहेको बताएका छन् ।...

एमाले सचिव महेश बस्नेतविरुद्ध अदालतको अवहेलना मुद्दा दायर

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का सचिव महेश बस्नेत विरुद्ध अदालतको अवहेलना सम्बन्धी मुद्दा दायर भएको छ । बुधबार दर्ता भएको रिटमा आगामी ...

भोजपुरका किसानलाई हिउँदे आलु थन्काउन भ्याइनभ्याइ

भोजपुर । किसान यतिबेला हिउँदे आलु थन्काउन व्यस्त बनेका छन्। खेतबारीमा लगाइएको आलु परिपक्व भएपछि किसानहरू बिहानैदेखि साँझसम्म आलु भण्डारण गर्न बारीमा ख...

सिरहामा प्रेसर कुकर बम विस्फोट भएको पुष्टि

जनकपुरधाम । सिरहाको सिरहा नगरपालिका–१ स्थित सदरमुकाम क्षेत्रमा विस्फोट भएको शंकास्पद बस्तु बम नै रहेको प्रारम्भिक पुष्टि भएको छ। जिल्ला प्रहरी कार्...

तेल मूल्य उकालो लागेपछि जी–७ सजग : आवश्यक परे रणनीतिक तेल भण्डार प्रयोग गर्ने संकेत

काठमाडौँ । पश्चिम एसियामा जारी द्वन्द्वका कारण कच्चा तेलको मूल्य तीव्र रूपमा बढ्न थालेपछि Group of Seven (जी–७) देशहरूले बजार स्थिर राख्न आवश्यक परे र...

भक्तपुरमा ह्युम पाइपमा लुकाएको अवस्थामा ४१ राउण्ड गोली फेला

भक्तपुर । भक्तपुरको सल्लाघारीमा ह्युम पाइप भित्र लुकाएर राखेको अवस्थामा गोली भेटिएको छ । रुमालमा पोको पारेर राखिएको अवस्थामा उपत्यका अपराध अनुसन्धान क...

विश्व ऊर्जा संकटको संकेत : नेपालमा पनि इन्धन मितव्ययी प्रयोग गर्न आयल निगमको आग्रह

काठमाडौं । विश्व बजारमा सम्भावित ऊर्जा संकटको संकेत देखिएसँगै नेपाल आयल निगमले उपभोक्तालाई पेट्रोलियम पदार्थ र एलपी ग्यासको मितव्ययी प्रयोग गर्न अपिल ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE