Ntc summer Offer
Khabar Dabali १५ कार्तिक २०८१ बिहीबार | 31st October, 2024 Thu
Investment bank

प्रेस स्वतन्त्रता हननका १९ घटना

खबरडबली संवाददाता

काठमाडौं ।  पछिल्लो तीन महिनामा देशभरमा प्रेस स्वतन्त्रता हननका १९ घटना भएका छन् । प्रेस काउन्सिल नेपालमा आएका उजुरी र नियमितरूपमा हुँदै आइरहेको मिडिया अनुगमनका आधारमा यी घटना अभिलेखन गरिएको हो । 

पछिल्लो तीन महिनामा भएका यी घटनामध्ये धम्कीका घटनाहरू सबैभन्दा बढी ११ वटा रहेका छन् । यस्तै आक्रमण/कुटपिटका घटना चार, पेसागत असुरक्षा दुई, कब्जा/अवरोध र गिरफ्तारीे प्रयासको घटना एक/एक रहेका छन् । प्रदेशअनुसार, सबैभन्दा बढी बागमती प्रदेशमा नौ घटना भएको छ । यस्तै मधेस प्रदेशमा पाँच, गण्डकीमा दुई तथा कोसी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा एक/एक घटना भएका छन् । यो अवधिमा भएका घटनामा १७ पुरुष र दुई महिला पीडित भएको पाइएको छ ।

काउन्सिलले नियमितरूपमा प्रेस स्वतन्त्रताको अवस्थाबारे मिडिया अनुगमन गर्दै आएको छ र प्रेस स्वतन्त्रता अनुगमन कार्यविधि, २०८० अनुसार तीन–तीन महिनामा सार्वजनिक गर्दै आएको छ । गत वर्ष प्रेस स्वतन्त्रता हननका ७९ घटना अभिलेखन भएको थियो ।

प्रेस काउन्सिल नेपालले कानुनले दिएको जिम्मेवारीअनुरूप देशभरका सञ्चार माध्यम र सञ्चारकर्मीको अवस्थाबारे नियमित अनुगमन गरिरहेको छ । प्रेस स्वतन्त्रतालाई रक्षा गरी मिडिया प्रवर्धनमा सघाउन विभिन्न क्रियाकलाप गर्दैआएको छ । यस्तै, काउन्सिल प्रेस स्वतन्त्रताको दुरुपयोग हुन नदिन समेत सदैव सचेत रहँदै आएको छ । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सरकारी अस्पतालमा जन्मनासाथ बालबालिकाको अपांगतासहित ४ प्रमुख स्वास्थ्य समस्याको परीक्षण अनिवार्य गर्ने निर्णय

 काठमाडौं ।  अब नेपालका प्रसुती सेवा उपलब्ध हुने सबै संघीय अस्पतालमा जन्मिएका बालबालिकाको प्रमुख स्वास्थ्य समस्या परीक्षण बर्न स्क्रिनिङ अनिवार्य हुने...

पर्साका ग्रामीण भेगमा गाँजाखेती फस्टायो

काठमाडौं ।  पर्सा प्रहरीले सखुवाप्रसौनी गाउँपालिका–१ सिद्धपुरस्थित कोइलाभार साझेदारी वन क्षेत्रभित्रको १० कट्ठामा लगाइएको गाँजा नष्ट गरेको छ।इलाका प्र...

१० महिना सिनियरलाई छाडेर अवकाश हुन लागेका ढकाल एआईजीमा सिफारिस

काठमाडौं ।  नेपाल प्रहरीका दुई जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवाका लागि सिफारिस भएका छन् । बुधबार बेलुका बसेक...

पोखरा महानगरले २८ जना करार कर्मचारी हटाउने, ७ जना कर्मचारीलाई कार्यालय सहयोगी बनाउने

पोखरा । पोखरा महानगरपालिकाले २८ जना कर्मचारीलाई हटाउने निर्णय गरेको छ । आज बसेको ३६औं कार्यपालिका बैठकले उनीहरुलाई तिहारलगत्तै हटाउने निर्णय गरेको हो ...

घरपालुवा कुकुरको इतिहास र १० रोचक तथ्य

आजका दिनमा हामीले डोर्‍याउँदै गरेको वा आफ्नै बिस्तरामा लडिबुडी गर्दै गरेको कुकुर अर्थात् केनिस ल्यूपस फेमिलेरिस र मानिसबिचको सहकार्य हुने चरणको बीजारो...

सङ्खुवासभामा टिपर दुर्घटना हुँदा दुई जना जनाको मृत्यु

सङ्खुवासभा । सङ्खुवासभाको मकालु गाउँपालिका–५ फ्याक्सिन्दा दोभानमा टिपर दुर्घटना हुँदा अरुण तेस्रो जलविद्युत् परियोजनामा कार्यरत दुई जना भारतीय मजदुरको...

सुनको मूल्य तोलाको एक लाख ७१ हजार

काठमाडौं । आज सुनको मूल्य आजपनि नयाँ किर्तिमान कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार विहिबार सुन तोलामा ३ सयले बढेर तोलाको एक लाख ७...

कार दुर्घटनामा एक जनाको मृत्यु, एक गम्भीर

दाङ । राप्ती राजमार्गअन्तर्गत तुलसीपुरबाट अमेलियातर्फ जाँदै गरेको बा१६च ७६४३ नम्बरको कार लमही नगरपालिका–९ भञ्ज्याङको भिरबाट  खस्दा गम्भीर घाइते भएकामध...

प्रेस स्वतन्त्रता हननका १९ घटना

काठमाडौं ।  पछिल्लो तीन महिनामा देशभरमा प्रेस स्वतन्त्रता हननका १९ घटना भएका छन् । प्रेस काउन्सिल नेपालमा आएका उजुरी र नियमितरूपमा हुँदै आइरहेको मिडिय...

निलम्बित मुख्यसचिव अर्यालले पाए भ्रष्टाचार मुद्दामा सफाइ

काठमाडौं । विशेष अदालतले भ्रष्टाचारको मुद्दामा निलम्बित मुख्यसचिव डा.वैकुण्ठ अर्याललाई सफाइ दिएको छ । विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर,...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy