Khabar Dabali १४ असार २०८३ आईतवार | 28th June, 2026 Sun
Investment bank

गान्धी मनमोहनमार्ग पाँच वर्षदेखि अलपत्र

खबरडबली संवाददाता

उर्लाबारी। पूर्व पश्चिम राजमार्ग अन्तर्गत मोरङको पथरीशनिश्चरे १० शिविरडाँडाबाट शनिश्चरे बजार–गान्धीआश्रम–टकुवा हुँदै रङ्गेली जोड्ने गान्धी मनमोहनमार्ग पाँच वर्षदेखि लथालिङ्ग भएको छ । 

हिउँदमा धुलो र वर्षायाममा हिलो सहनु यहाँका उपभोक्ताको दैनिकी जस्तै भएको छ । २०८० सालको भदौ मसान्तमा कालोपत्रे गरिसक्नु पर्ने सडक तोकिएको मिति सकिएको १४ महिना बितिसक्दा पनि ४० प्रतिशत मात्र काम भएको निर्माण कम्पनीले जनाएको छ । 

लामो समयसम्म सडक कालोपत्रे नभएको भन्दै स्थानीय उपभोक्ताले पटक पटक ठाउँमा अबरुद्ध गरेको यो सडकले पुर्व पश्चिम राजमार्गसँग विराटनगर – रङ्गेली – आमबारी सडकलाई जोड्छ । 

सङ्घीय सरकारको हुलाकी सडक आयोजना इटहरी मार्फत २०७७ मा ठेक्का लागेको सडक कान्छाराम कन्ट्रक्सनले १ अर्व ९४ करोड ९४ लाख रुपियाँमा ठेक्का प्राप्त गरेको हो । त्यतिबेला सडक जिल्ला कै नमुना सडकका रुपमा निर्माण हुने बताइएको थियो ।

दुबै तर्फ नाला सहित ६० फिटको सडकमा २४ फिट कालोपत्रे र बाँकी भाग साइकल र पैदलपथ निर्माण गर्ने योजना थियोे ।तर,आधा पनि काम नगरी निर्माण कम्पनीले काम गर्न छोडेपछि स्थानीयको दुर्दशा सुरु भएको छ । 

पथरीशनिश्चरे ९ को महेन्द्रचौकका ८० वर्षीय छविन्द्रमान सिंह कार्कीले भन्नुभयो,  सडकको चौडाई बढाउने भनेपछि ७६० फिट मुख रहेको जग्गाको झण्डै ५ कट्ठा जग्गा दिएँ । तर ४ वर्ष पुरा भयो । सडक बनेको छैन् । सडक नजिकैका घरमा मात्र होइन, कोठा चोटा समेत धुलाम्ये भएको अर्की पीडित उपभोक्ता रमा दाहालले बताए। 

सुनवर्षी ४ गोलगाउँका चन्द्रप्रसाद राजवंशीले भने, ुनम्बरी जग्गाबाट बाटो दिएको ५ वर्ष हुनलाग्यो, सुनवर्षी नगरपालिका खण्डमा पथरी क्षेत्रमा जति पनि काम नभएको राजवंशीको भनाई छ । सुनवर्षी ६ टकुवाका महेन्द्रप्रसाद केवरतले भने, २ महिना काम ग¥यो भने पााच महिना हराउँछन् । सडकको मापदण्ड कायम नगरिदिँदा निर्माणको काम गर्न नपाएको पवननारायण राजवंशीले बताए । राजवंशीले तीन वटा सटर सहितको घर बनाउन सुरु गरेपनि सम्पन्न गर्न सक्नु भएको छैन । बेला बेलामा आएर सडकको सीमाना पूर्वपश्चिम सारिरहँदा समस्या भएको राजवंशीले बताए। 

यता निर्माण कम्पनी कान्छाराम कन्ट्रक्सनका निर्देशक दीपक थिङले सरकारले समयमा पैसा नदिएकोले काम अघि नबढेको बताए। उनले निर्माण कम्पनीले ऋण खोजेर काम गर्ने हो । सरकार बील पेश भएको पैसा पनि दिँदैन । निर्देशक थिङले १३ औं संसोधन पछि थप भएको म्याद आगामी असार मसान्त भित्र सडक निर्माण गरिसक्ने बताए। उनका अनुसार हालसम्म ४० प्रतिशत भौतिक र ३० प्रतिशत वित्तिय प्रगति भएको जानकारी दिए। माटो भर्ने, सडकको नाला, कल्भर्ट  निर्माण सकिएको छ । अब ग्राभेल बेस र कालोपत्रेको काम बाँकी छ । स्रोत सुनिश्चित भए तोकिएको अवधिमा काम सकिन्छ ।  कतिपय स्थानमा साइड क्लियर भएको छैन । साइड क्लियर नगरीकन ठेक्का लगाउने थितिले पनि काम गर्न अप्ठ्यारो भएको थिङ् बताउछन् ।  

२५ किलोमिटर लामो यो सडकले मोरङका पथरीशनिश्चरे,सुनवर्सी र रङ्गेली नगरपालिका हुँदै भारतको सिक्टी जोड्छ । नेपाल भारतको ब्यापारसँग जोडिएको यो सडक निर्माण नहुँदा स्थानीयले ठूलो सास्ती खेप्नु परिरहेको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ओली र प्रचण्ड एउटै मञ्चबाट सम्बोधन गर्दै

काठमाडौँ कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ एकै मञ्चबाट सम्बोधन गर्ने भएको छन् ।  फाउन्डेसनद्वारा जननेता मदन भण्डारीको ७५ ...

जनकपुरमा होटलबाट पेस्तोल र गोलीसहित दुई युवक पक्राउ

जनकपुरधाम । धनुषाको जनकपुर उपमहानगरपालिका–९ स्थित थापा चौकमा रहेको थापा होटलबाट प्रहरीले पेस्तोल र गोलीसहित दुई युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्न...

जेनजी आन्दोलनको छानबिन तथा अनुसन्धान प्रतिवेदन माग्दै मानव अधिकार आयोगमा ओलीले पठाए पत्र

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जेनजी आन्दोलनसम्बन्धी राष्ट्रिय मानव अधिकार आयोगले गरेको छानबिन तथा अनुसन्ध...

गर्मी भत्ता दुरुपयोगको आरोपमा अभिषेक गिरी पक्राउ, कारागारभित्र प्रदर्शन

विराटनगर । मोरङ जिल्ला कारागारका कैदीबन्दीको गर्मी भत्ता दुरुपयोग गरेको आरोपमा पक्राउ परेका अभिषेक गिरीको पक्ष र विपक्षमा शनिबार कारागारभित्र प्रदर्शन...

सल्यानमा तीन महिनादेखि नि:शुल्क वितरण गरिने औषधिको अभाव

सल्यान । सल्यानका अस्पताल तथा स्वास्थ्य संस्थामा तीन महिनादेखि नि:शुल्क वितरण गरिने औषधिको अभाव भएको छ । यहाँका अस्पतालहरूमा उच्च रक्तचाप, मधुमेह, मान...

सरकारले ११ खर्ब १२ अर्ब राजश्व उठायो, पूँजीगत खर्च सुस्त

काठमाडौँ। चालु आर्थिक वर्ष पूरा हुन १९ दिन बाँकी हुँदा सरकारले राजश्व सङ्कलनमा लक्ष्यको ७५ दशमलव १७ प्रगति हासिल गरेको छ । सरकारको दैनिक बजेटरी हिस...

नागरिक र राज्यको सुरक्षा सुनिश्चित गर्न समन्वय र सहकार्य आवश्यक छ : मुख्यमन्त्री शाह

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक र राज्यको सुरक्षा सुनिश्चित गर्न सरोकार भएका सबै निकायबिच प्रभावकारी समन्वय र सहकार्...

अत्यधिक गर्मीमा बाँकेमा विद्युत अनियमित, जनजीवन कष्टकर

नेपालगन्ज। बाँके जिल्लाको नेपालगन्ज, कोहलपुर र खजुरा लगायतका क्षेत्रमा गत केहिदिनदेखि अत्यधिक गर्मी बढेको छ । अत्यधिक गर्मी बढेकै समयमा जिल्लाको वि...

उद्योग मन्त्रालयले प्रधानमन्त्रीलाई बुझायो ३२ बुँदे कार्यसम्पादन प्रतिवेदन

काठमाडौं । सरकार गठन भएको सय दिन पूरा हुनुअघि नै उद्योगमन्त्री गौरीकुमारी यादवले ३२ बुँदे कार्यसम्पादन प्रतिवेदन प्रधानमन्त्री बालेन शाह लाई बुझाएकी छ...

तिलागुफाले स्थानीयलाई काजकिरिया खर्च उपलब्ध गराउने

कालीकोट । तिलागुफा नगरपालिकाले नगरभित्र बसोबास गर्ने नागरिकको मृत्यु भएमा काजकिरियाबापत रु १० हजार खर्च उपलब्ध गराउने भएको छ । आगामी आर्थिक वर्ष २०८३/...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending