Khabar Dabali १९ बैशाख २०८३ शनिबार | 2nd May, 2026 Sat

तिहारमा किन र कसरी खेलिन्छ देउसी-भैलो ?

खबरडबली संवाददाता

काठमाडौँ । तिहार नेपालीहरूको महान चाँड हो । तिहार पाँच दिन मनाइन्छ जसलाई यमपन्चक पनि भनिन्छ । तिहार खास गरि रङ, फूलको झिलिमीली, प्रकृति पूजन र बत्तीहरुको पर्व हो ।

यसमा काग, कुकुर, गाई गोरु र भाईको धुमधामसँग पूजा र अर्चना गरिन्छ । औशीको दिन धनधान्यकि देवि लक्ष्मीको पूजा गरिन्छ । लक्ष्मी पूजा गरिसकेपछी किशोरीहरुले भैलो खेल्ने गर्छ्न् । भोलीपल्ट गोरु-गोवर्धन पूजा गरेपछि देउसी खेल्ने देउसीहरु देउसी गीत गाएर रमाइलो गर्छन ।

बुढाँपाकाहरु पुरानो भाकाले देउसी भट्याउछ्न् भने युवायुवतीहरु पुरानो र नयाँ भाका मिश्रित गरि आ-आफ्नै भाकाले देउसी खेल्छ्न् ।

भैलो

समुहमा मिलेर केटीहरूले गाउने गीत भैलो हो जुन तिहारको औशीको दिन लक्ष्मिको पूजा गरिसकेपछी घर घर गएर गाइन्छ । हिमाल, पहाड र तराई भएको देश नेपालको यो एउटा पुरानो संस्कृति पनि हो जसमा किशोर किशोरीहरु जम्मा भएर आफ्नो छिमेकीहरूको घर घरमा गएर  भैलो गीत गाउँछन ।

यो गीत गाउँदा साधारणत: एक जना मुख्य भैलेनी हुन्छन् र समूहका अरू ब्यक्तिहरू मुख्य ब्यक्तिको भैलेनी भन्दै गीतको अन्त सम्म अनुसरण गर्छन् । भैलो खेलेको घरवाट दान, सिधा र दक्षिणा दिन्छ्न् । त्यसपछि मुख्य ब्यक्तिले भैलो गीतको अन्तमा घरका सबै जनालाई शुभकामना र आशिष दिन्छ र समुहका मान्छेहरू भैलो भन्दै गर्छन ।

भैलो गीतको एउटा नमूना यस्तो छ:

भैली गीत

भैलिनी आईन आगन,बढारी कुडारी राखन
हे ! औसी को बारो,गाई तिहारो भैलो
हरियो गोबरले  लिपेको,लक्ष्मी पूजा  गरेको
हे ! औंसीको  बारो,गाई  तिहारो  भैलो
भैलिनी आईन आगन, गुनिया चोलो माँगन
हे ! औसीको बारो, गाई तिहारो भैलो
हामी त्यसै  आएनौँ, बलि राजाले पठाको
हे ! औंसीको बारो, गाई तिहारो भैलो ।
अरुदिन आउने जोगिनी, आज आउने भैलेनी
हरियो गोबरले लिपेको, लक्ष्मी पूजा गरेको
हे ! औंसीको  बारो, गाई तिहारो भैलो
भैलिनी आईन आगन, गुनिया चोलो मागन
हे ! औसीको बारो, गाई तिहारो भैलो
घरबेटी आमा बोल्दै छिन्, सूनको दैलो खोल्दै छिन्
हे ! औंसीको बारो, गाई तिहारो भैलो ।
छाना माथि घिरैला, के - के दिन्छिन हेरौँला
हे ! औंसीको बारो, गाई तिहारो भैलो ।
लक्ष्मी पूजाको राती भैलीका मुखमा सन्तोषी
हे ! औंसीको बारो, गाई तिहारो भैलो ।
यो घरकी आमा कस्ति छिन्, लक्ष्मी माता जस्ती छिन् ।
हे ! औंसीको बारो, गाई तिहारो भैलो ।
कति दिऊ के दिऊ भन्दैछिन, रुपैया पैसा गन्दै छिन
हे ! औंसीको बारो, गाई तिहारो भैलो ।
धमीराको ताती, हामीलाई भो राती
हे ! औंसीको बारो, गाई तिहारो भैलो ।
घोडा बान्ने तवेला, हामीलाई भयो अबेला
हे ! औंसीको बारो, गाई तिहारो भैलो।
दिने भए सिधा देउ, नदिने भए बिदा देउ
हे ! औंसीको बारो, गाई तिहारो भैलो ।
जसले दिन्छ मानो, उसको सूनको छानो
जसले दिन्छ पाथी, उसको सुनको छात्ती
जसले दिन्छ मूरी, उसको सूनको धुरी ।
.........................................................


आशिष् यसरी पनि दिन्छ्न्:

आहै, भन मेरा संगी हो- भैलेनी, आहै भट्याउनेको- भैलेनी आहै, सोरैमा ढाकी- भैलेनी, आहै रामरी भन्- भैलेनी, आहै, आशिष दिनु- भैलेनी, आहै, यसैमा घरको -भैलेनी, आहै, भडारमा- भैलेनी, आहै लक्ष्मीले - भैलेनी, आहै, बासै गरून्- भैलिनी, आहै ढुङ्गामा छुदा- भैलेनी, आहै, द्रव्य होस- भैलेनी, आहै,  माटोमा छुदा - भैलेनी, आहै अन्न बनोस- भैलेनी, आहै, पानीमा छुदा भैलेनी, आहै तेलमा बनोस - भैलेनी, आहै, यसैमा घरका - भैलेनी, आहै घरबेटी बाबा - भैलेनी, घरबेटी आमा - भैलेनी, लाला र बाला - भैलेनी,  केटा र केटी - भैलेनी, आहै, बरपिपल जस्तै- भैलेनी,आहै,  तपि रहुन - भैलेनी, आहै,  दुवोमा जस्तो - भैलेनी, आहै, मौलाइ रहुन्- भैलेनी, आहै, नाम र किर्ति - भैलेनी, आहै, फैलिमा रहोस- भैलेनी, आहै, यसै घरमा-भैलेनि, आहै, सुख र शान्ति-भैलेनी, आहै, सधैमा रहोस्- भैलेनी...............आहै, लेकको काने- भैलेनी, आहै औलाको माने- भैलेनी, आहै, आशिष दिन- भैलेनी, आहै, यतिकै जाने- भैलेनी ।

यति भनिसकेपछि भैलेनीहरु हाँसी मजाक गर्दै रमाइलो गर्दै फेरि अर्को घरमा भैलो खेल्न जान्छ्न् ।

तिहार नेपालीहरुको एउटा पुरानो साँस्कृतिक पर्व हो । तिहारको हलि तिहार र भाइ तिहारको दिन पुरुषहरू जम्मा भएर आफ्नो छिमेकीहरूको घर घरमा गएर देउसी गीत गाउँछन र देउसी खेल्छ्न्। रमाइलो गर्छ्न् । खासमा ‘देउसिरे’ देव श्री रामबाट अपभ्रङ्श भएर आएको हो भन्ने परम्परागत मान्यता रहेको छ ।

देउसी खेल्न युवा र केटाकेटी मात्रै होइन, प्रौढ र पाका उमेरका मान्छेहरु पनि निकै रमाइलो मान्छन् । टोली नाइकेले भट्याउनेले लय हालेर नाटकीय शैलीले भट्टयाउने र सहभागीहरुले देउसीरे घन्काउँदै सामूहिक रुपमा नाँच्ने चलन नेपालको मौलिक विशेषता हो । नाँच्ने क्रममा यस घरको मन ठूलो छ, दान पनि ठूलै हुन्छ, देउसे भैलोलाई मुठीखोलेर दान दिन्छन्, मिठामिठा परिकार दिन्छन्, भनिन्छ। त्यसै क्रममा हामी त्यसै आएका हैनौं, बलिराजाले पठाएको भन्ने गरिन्छ ।

यो गीत गाउँदा साधारणत: एक जना मुख्य:- भट्याउने हुन्छन् र मण्डली समूहका अरू ब्यक्तिहरू मुख्य ब्यक्तिको देउसिरे भन्दै गीतको अन्त सम्म अनुसरण गर्छन।

देउसी गीत

देउसी टोलीको मुख्यले भन्छ - "आहै झिलिमिली झिलिमीली"
मण्डली समूह: देउसिरे !
भट्याउने: "आहै के को झिलिमीली"
मण्डली समूह - देउसिरे!
भट्याउने"आहै फूलको झिलिमिली"
समूह - देउसिरे!
भट्याउने:"आहै बत्तीको झिलिमिली"
समूह - देउसिरे!
भट्याउने:"आहै, भन मेरा भाइ हो"
समूह - देउसिरे!
भट्याउने " हे राम्ररी भन"
समूह - देउसिरे!
भट्याउने - "आहै,स्वर मिलाई भन"
समूह - देउसिरे!
भट्याउने "आहै, भन न भन"
समूह - देउसिरे!
भट्याउने "आहै देउसीरे खेल्न"
समूह: देउसिरे!
भट्याउने"आहै आएका हामी"
समूह: देउसिरे!
भट्याउने:"आहै,बर्षमा दिनको"
समूह - देउसिरे!
भट्याउने:आहै,चाड र वाड"
समूह - देउसिरे!
भट्याउने:"आहै,मनाउन भनी"
समूह - देउसिरे!
भट्याउने:आहै आएका हामी"
समूह - देउसिरे!
भट्याउने:"आहै रातो माटो"
समूह - देउसिरे!
भट्याउने:"आहै, चिप्लो बाटो "
समूह - देउसिरे!
भट्याउने:"आहै, लड्दैमा पढ्दै "
समूह - देउसिरे!
भट्याउने:"आहै, आएका हामी"
समूह - देउसिरे!
भट्याउने:"आहै, भनभन भाइ हो"
समूह - देउसिरे!
भट्याउने:"आहै, राम्ररी भन "
समूह - देउसिरे!
भट्याउने:आहै, तीन दिन तिहार"
समूह - देउसिरे!
भट्याउने:"ए, पाँच दिन पन्चक"
समूह - देउसिरे!
भट्याउने:"मनाउनैं पर्छ"
समूह - देउसिरे!
भट्याउने:आहै, हामी त्यसै"
समूह - देउसिरे!
भट्याउने: "आहै,आएका हैनौ"
समूह - देउसिरे!
भट्याउने:बलिराजाले पठाएको"
समूह - देउसिरे!
भट्याउने:"आहै, भन मेरा भाइ हो"
समूह - देउसिरे!
भट्याउने: " हे राम्ररी भन"
समूह - देउसिरे!
भट्याउने:"आहै,आखाम बाखम"
समूह - देउसिरे!
भट्याउने:"सेलरोटि चाखम"
समूह - देउसिरे!
भट्याउने:आहै, भन मेरा भाइ हो"
समूह - देउसिरे!
....................................

यस्तै प्रक्रिया चल्दै गएपछि देउसी खेल्न गएको घरबाट नाङ्लोमा दियो, कलस, फूल, अगरबत्ती, चामल, रुपैया पैसा, सेलरोटी, फलफूल आदि विभिन्न प्रकारका चीजहरु ल्याएर आँगन वा कौसीमा राखि दिन्छन् ।

मुख्य ब्यक्ति लगाएत देउसे त्यसैको वरिपरि घुम्दै देउसी खेल्दै नाँच्छन्। देउसिको मुख्य ब्यक्ति भट्याउनेले गएको घरका सबै जनालाई देउसी गीतबाटै शुभकामना र आशिस दिन्छ र समुहका अरु मान्छेहरू देउसुरे देउसुरे भन्दै गर्छ्न् । र दक्षिणा फलफूल सेलरोटी आदि लिएर देउसे अर्को घरतिर लाग्छ ।

तिहार सांगीतिक तथा झिलीमिलीको पर्व पनि हो । यतिबेला नाचगान गर्ने परम्परा छ । रमाइलो त के भने तिहारको आफ्नो विशिष्ट देउसी -भैलो गीत छ । त्यसलाई पेश गर्ने कौसल पनि आफ्नै किसिमको छ । आफ्नै भाका र लय छ ।

तिहारको अझ भनौ गाईतिहारको दिन लक्ष्मी पूजीसकेपछी महिलाहरु घर-घरमा गएर ‘भैलिनी आइन् आँगन’ भन्दै एकै स्वरमा लय हाल्दै भैली खेल्छ्न् ।

तिहारको गोरु तिहार र भाइटीका का दिन खासगरी पुरुषहरूले देउसी खेलेर खुव रमाइलो गर्छ्न्। भाइटिकाको दिन दिदिबहिनीले दाजुभाइलाई निधारमा सप्तरङी टीका र फूलको माला लगाउँदै आशीर्वाद दिन्छ्न् ।

यसरी तिहारले प्रकृति पूजा, प्राणीहरुको पूजा गरि एक आपसी मेलमिलाप, सद्भाव, माया, प्रेम, स्नेहको पर्वको रुपमा भब्य रुपले मनाइन्छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेकपा बैठकका ७ बुँदे निर्णय सार्वजनिक

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले  केन्द्रीय कार्यसंयोजन समितिको पहिलो बैठकका सातबुँदे निर्णयहरू सार्वजनिक गरेको छ।  संयोजक पुष्पकमल दा...

मुक्तकमैयाको अधिकारका लागि सरकार प्रतिबद्ध छ : मन्त्री चौधरी

कञ्चनपुर । कृषि तथा पशुपन्छी विकास, वन तथा वातावरणमन्त्री गीता चौधरीले मुक्तकमैया समुदायका गाँस, बास, शिक्षा, स्वास्थ्य र रोजगारीका समस्या समाधान गर्न...

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक वैशाख २१ गते

काठमाडाैं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । ललितपुरको सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा बस्ने गरी वैशाख २१ गते दिउँस...

एमालेभित्र ‘पुनर्जागरण’ बहस: युवा नेताको दबाब—पहिलो पुस्ता बिदा, नयाँ संरचना तत्काल

काठमाडौं । नेकपा एमाले भित्र पुनर्गठन र रूपान्तरणको माग चर्किँदै गएको छ। पार्टीका युवा नेताहरूले नेतृत्व परिवर्तनलाई केन्द्रमा राख्दै ‘पुनर्जागरण भेला...

जिफन्टले मनायो अन्तर्राष्ट्रिय श्रमिक दिवस

काठमाडौँ । १३८औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट अखिल नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट)ले काठमाडौँको भृकृट...

विदेशी नागरिकता लिने थप १९ चिकित्सकको लाइसेन्स खारेज

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले थप १९ जना चिकित्सकको दर्ता प्रमाणपत्र (लाइसेन्स) खारेज गरेको छ। काउन्सिलका रजिस्ट्रार डा सतिशकुमार देवका अनुसार ...

सिमरा सेजको ४९० बिघा जमिन अतिक्रमित

पर्सा । सिमरास्थित विशेष आर्थिक क्षेत्र (सेज) प्राधिकरण मातहत रहेको ४९० बिघा जमिन अतिक्रमण भएको छ । सेजको सो जग्गामा अहिले करिब छ सयभन्दा धेरैले घरटहर...

मे दिवसको प्रदर्शनमा अश्रुग्यास प्रहार, दर्जनौँ पक्राउ

काठमाडाैँ । टर्कीएको प्रहरीले शुक्रबार इस्तानबुलमा मे दिवसको प्रदर्शनमा अश्रुग्यास प्रहार गर्नुका साथै दर्जनौँ मानिसहरूलाई पक्राउ गरेको छ। सिएचडी लयर्...

रोल्पा जीप दुर्घटना : मृत्यु हुनेमा एकै घरका ७ सहित १४ आफन्त

राेल्पा  । रुकुमपूर्वबाट रोल्पाको जलजलातर्फ जाँदै गरेको जीप बिहीबार दिउँसो दुर्घटनामा पर्‍यो । उक्त दुर्घटनामा परी २० जनाको मृत्यु भयो भने एक जना घाइत...

सम्पत्ति शुद्धीकरण निवारण अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल ले सम्पत्ति शुद्धीकरण निवारण (मनी लाउन्डरिङ) सम्बन्धी अध्यादेश जारी गरेका छन्। राष्ट्रपति कार्यालयका प्रवक्ता...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending