Khabar Dabali २२ मंसिर २०८२ आईतवार | 7th December, 2025 Sun
Investment bank

तिहारमा किन र कसरी खेलिन्छ देउसी-भैलो ?

खबरडबली संवाददाता

काठमाडौँ । तिहार नेपालीहरूको महान चाँड हो । तिहार पाँच दिन मनाइन्छ जसलाई यमपन्चक पनि भनिन्छ । तिहार खास गरि रङ, फूलको झिलिमीली, प्रकृति पूजन र बत्तीहरुको पर्व हो ।

यसमा काग, कुकुर, गाई गोरु र भाईको धुमधामसँग पूजा र अर्चना गरिन्छ । औशीको दिन धनधान्यकि देवि लक्ष्मीको पूजा गरिन्छ । लक्ष्मी पूजा गरिसकेपछी किशोरीहरुले भैलो खेल्ने गर्छ्न् । भोलीपल्ट गोरु-गोवर्धन पूजा गरेपछि देउसी खेल्ने देउसीहरु देउसी गीत गाएर रमाइलो गर्छन ।

बुढाँपाकाहरु पुरानो भाकाले देउसी भट्याउछ्न् भने युवायुवतीहरु पुरानो र नयाँ भाका मिश्रित गरि आ-आफ्नै भाकाले देउसी खेल्छ्न् ।

भैलो

समुहमा मिलेर केटीहरूले गाउने गीत भैलो हो जुन तिहारको औशीको दिन लक्ष्मिको पूजा गरिसकेपछी घर घर गएर गाइन्छ । हिमाल, पहाड र तराई भएको देश नेपालको यो एउटा पुरानो संस्कृति पनि हो जसमा किशोर किशोरीहरु जम्मा भएर आफ्नो छिमेकीहरूको घर घरमा गएर  भैलो गीत गाउँछन ।

यो गीत गाउँदा साधारणत: एक जना मुख्य भैलेनी हुन्छन् र समूहका अरू ब्यक्तिहरू मुख्य ब्यक्तिको भैलेनी भन्दै गीतको अन्त सम्म अनुसरण गर्छन् । भैलो खेलेको घरवाट दान, सिधा र दक्षिणा दिन्छ्न् । त्यसपछि मुख्य ब्यक्तिले भैलो गीतको अन्तमा घरका सबै जनालाई शुभकामना र आशिष दिन्छ र समुहका मान्छेहरू भैलो भन्दै गर्छन ।

भैलो गीतको एउटा नमूना यस्तो छ:

भैली गीत

भैलिनी आईन आगन,बढारी कुडारी राखन
हे ! औसी को बारो,गाई तिहारो भैलो
हरियो गोबरले  लिपेको,लक्ष्मी पूजा  गरेको
हे ! औंसीको  बारो,गाई  तिहारो  भैलो
भैलिनी आईन आगन, गुनिया चोलो माँगन
हे ! औसीको बारो, गाई तिहारो भैलो
हामी त्यसै  आएनौँ, बलि राजाले पठाको
हे ! औंसीको बारो, गाई तिहारो भैलो ।
अरुदिन आउने जोगिनी, आज आउने भैलेनी
हरियो गोबरले लिपेको, लक्ष्मी पूजा गरेको
हे ! औंसीको  बारो, गाई तिहारो भैलो
भैलिनी आईन आगन, गुनिया चोलो मागन
हे ! औसीको बारो, गाई तिहारो भैलो
घरबेटी आमा बोल्दै छिन्, सूनको दैलो खोल्दै छिन्
हे ! औंसीको बारो, गाई तिहारो भैलो ।
छाना माथि घिरैला, के - के दिन्छिन हेरौँला
हे ! औंसीको बारो, गाई तिहारो भैलो ।
लक्ष्मी पूजाको राती भैलीका मुखमा सन्तोषी
हे ! औंसीको बारो, गाई तिहारो भैलो ।
यो घरकी आमा कस्ति छिन्, लक्ष्मी माता जस्ती छिन् ।
हे ! औंसीको बारो, गाई तिहारो भैलो ।
कति दिऊ के दिऊ भन्दैछिन, रुपैया पैसा गन्दै छिन
हे ! औंसीको बारो, गाई तिहारो भैलो ।
धमीराको ताती, हामीलाई भो राती
हे ! औंसीको बारो, गाई तिहारो भैलो ।
घोडा बान्ने तवेला, हामीलाई भयो अबेला
हे ! औंसीको बारो, गाई तिहारो भैलो।
दिने भए सिधा देउ, नदिने भए बिदा देउ
हे ! औंसीको बारो, गाई तिहारो भैलो ।
जसले दिन्छ मानो, उसको सूनको छानो
जसले दिन्छ पाथी, उसको सुनको छात्ती
जसले दिन्छ मूरी, उसको सूनको धुरी ।
.........................................................


आशिष् यसरी पनि दिन्छ्न्:

आहै, भन मेरा संगी हो- भैलेनी, आहै भट्याउनेको- भैलेनी आहै, सोरैमा ढाकी- भैलेनी, आहै रामरी भन्- भैलेनी, आहै, आशिष दिनु- भैलेनी, आहै, यसैमा घरको -भैलेनी, आहै, भडारमा- भैलेनी, आहै लक्ष्मीले - भैलेनी, आहै, बासै गरून्- भैलिनी, आहै ढुङ्गामा छुदा- भैलेनी, आहै, द्रव्य होस- भैलेनी, आहै,  माटोमा छुदा - भैलेनी, आहै अन्न बनोस- भैलेनी, आहै, पानीमा छुदा भैलेनी, आहै तेलमा बनोस - भैलेनी, आहै, यसैमा घरका - भैलेनी, आहै घरबेटी बाबा - भैलेनी, घरबेटी आमा - भैलेनी, लाला र बाला - भैलेनी,  केटा र केटी - भैलेनी, आहै, बरपिपल जस्तै- भैलेनी,आहै,  तपि रहुन - भैलेनी, आहै,  दुवोमा जस्तो - भैलेनी, आहै, मौलाइ रहुन्- भैलेनी, आहै, नाम र किर्ति - भैलेनी, आहै, फैलिमा रहोस- भैलेनी, आहै, यसै घरमा-भैलेनि, आहै, सुख र शान्ति-भैलेनी, आहै, सधैमा रहोस्- भैलेनी...............आहै, लेकको काने- भैलेनी, आहै औलाको माने- भैलेनी, आहै, आशिष दिन- भैलेनी, आहै, यतिकै जाने- भैलेनी ।

यति भनिसकेपछि भैलेनीहरु हाँसी मजाक गर्दै रमाइलो गर्दै फेरि अर्को घरमा भैलो खेल्न जान्छ्न् ।

तिहार नेपालीहरुको एउटा पुरानो साँस्कृतिक पर्व हो । तिहारको हलि तिहार र भाइ तिहारको दिन पुरुषहरू जम्मा भएर आफ्नो छिमेकीहरूको घर घरमा गएर देउसी गीत गाउँछन र देउसी खेल्छ्न्। रमाइलो गर्छ्न् । खासमा ‘देउसिरे’ देव श्री रामबाट अपभ्रङ्श भएर आएको हो भन्ने परम्परागत मान्यता रहेको छ ।

देउसी खेल्न युवा र केटाकेटी मात्रै होइन, प्रौढ र पाका उमेरका मान्छेहरु पनि निकै रमाइलो मान्छन् । टोली नाइकेले भट्याउनेले लय हालेर नाटकीय शैलीले भट्टयाउने र सहभागीहरुले देउसीरे घन्काउँदै सामूहिक रुपमा नाँच्ने चलन नेपालको मौलिक विशेषता हो । नाँच्ने क्रममा यस घरको मन ठूलो छ, दान पनि ठूलै हुन्छ, देउसे भैलोलाई मुठीखोलेर दान दिन्छन्, मिठामिठा परिकार दिन्छन्, भनिन्छ। त्यसै क्रममा हामी त्यसै आएका हैनौं, बलिराजाले पठाएको भन्ने गरिन्छ ।

यो गीत गाउँदा साधारणत: एक जना मुख्य:- भट्याउने हुन्छन् र मण्डली समूहका अरू ब्यक्तिहरू मुख्य ब्यक्तिको देउसिरे भन्दै गीतको अन्त सम्म अनुसरण गर्छन।

देउसी गीत

देउसी टोलीको मुख्यले भन्छ - "आहै झिलिमिली झिलिमीली"
मण्डली समूह: देउसिरे !
भट्याउने: "आहै के को झिलिमीली"
मण्डली समूह - देउसिरे!
भट्याउने"आहै फूलको झिलिमिली"
समूह - देउसिरे!
भट्याउने:"आहै बत्तीको झिलिमिली"
समूह - देउसिरे!
भट्याउने:"आहै, भन मेरा भाइ हो"
समूह - देउसिरे!
भट्याउने " हे राम्ररी भन"
समूह - देउसिरे!
भट्याउने - "आहै,स्वर मिलाई भन"
समूह - देउसिरे!
भट्याउने "आहै, भन न भन"
समूह - देउसिरे!
भट्याउने "आहै देउसीरे खेल्न"
समूह: देउसिरे!
भट्याउने"आहै आएका हामी"
समूह: देउसिरे!
भट्याउने:"आहै,बर्षमा दिनको"
समूह - देउसिरे!
भट्याउने:आहै,चाड र वाड"
समूह - देउसिरे!
भट्याउने:"आहै,मनाउन भनी"
समूह - देउसिरे!
भट्याउने:आहै आएका हामी"
समूह - देउसिरे!
भट्याउने:"आहै रातो माटो"
समूह - देउसिरे!
भट्याउने:"आहै, चिप्लो बाटो "
समूह - देउसिरे!
भट्याउने:"आहै, लड्दैमा पढ्दै "
समूह - देउसिरे!
भट्याउने:"आहै, आएका हामी"
समूह - देउसिरे!
भट्याउने:"आहै, भनभन भाइ हो"
समूह - देउसिरे!
भट्याउने:"आहै, राम्ररी भन "
समूह - देउसिरे!
भट्याउने:आहै, तीन दिन तिहार"
समूह - देउसिरे!
भट्याउने:"ए, पाँच दिन पन्चक"
समूह - देउसिरे!
भट्याउने:"मनाउनैं पर्छ"
समूह - देउसिरे!
भट्याउने:आहै, हामी त्यसै"
समूह - देउसिरे!
भट्याउने: "आहै,आएका हैनौ"
समूह - देउसिरे!
भट्याउने:बलिराजाले पठाएको"
समूह - देउसिरे!
भट्याउने:"आहै, भन मेरा भाइ हो"
समूह - देउसिरे!
भट्याउने: " हे राम्ररी भन"
समूह - देउसिरे!
भट्याउने:"आहै,आखाम बाखम"
समूह - देउसिरे!
भट्याउने:"सेलरोटि चाखम"
समूह - देउसिरे!
भट्याउने:आहै, भन मेरा भाइ हो"
समूह - देउसिरे!
....................................

यस्तै प्रक्रिया चल्दै गएपछि देउसी खेल्न गएको घरबाट नाङ्लोमा दियो, कलस, फूल, अगरबत्ती, चामल, रुपैया पैसा, सेलरोटी, फलफूल आदि विभिन्न प्रकारका चीजहरु ल्याएर आँगन वा कौसीमा राखि दिन्छन् ।

मुख्य ब्यक्ति लगाएत देउसे त्यसैको वरिपरि घुम्दै देउसी खेल्दै नाँच्छन्। देउसिको मुख्य ब्यक्ति भट्याउनेले गएको घरका सबै जनालाई देउसी गीतबाटै शुभकामना र आशिस दिन्छ र समुहका अरु मान्छेहरू देउसुरे देउसुरे भन्दै गर्छ्न् । र दक्षिणा फलफूल सेलरोटी आदि लिएर देउसे अर्को घरतिर लाग्छ ।

तिहार सांगीतिक तथा झिलीमिलीको पर्व पनि हो । यतिबेला नाचगान गर्ने परम्परा छ । रमाइलो त के भने तिहारको आफ्नो विशिष्ट देउसी -भैलो गीत छ । त्यसलाई पेश गर्ने कौसल पनि आफ्नै किसिमको छ । आफ्नै भाका र लय छ ।

तिहारको अझ भनौ गाईतिहारको दिन लक्ष्मी पूजीसकेपछी महिलाहरु घर-घरमा गएर ‘भैलिनी आइन् आँगन’ भन्दै एकै स्वरमा लय हाल्दै भैली खेल्छ्न् ।

तिहारको गोरु तिहार र भाइटीका का दिन खासगरी पुरुषहरूले देउसी खेलेर खुव रमाइलो गर्छ्न्। भाइटिकाको दिन दिदिबहिनीले दाजुभाइलाई निधारमा सप्तरङी टीका र फूलको माला लगाउँदै आशीर्वाद दिन्छ्न् ।

यसरी तिहारले प्रकृति पूजा, प्राणीहरुको पूजा गरि एक आपसी मेलमिलाप, सद्भाव, माया, प्रेम, स्नेहको पर्वको रुपमा भब्य रुपले मनाइन्छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सिलु : काठमाडौं उपत्यकाको प्रेम, श्रद्धा र सांस्कृतिक धरोहर

काठमाडौं उपत्यकाको जीवन, संस्कृति र संगीतमा जहाँ–जहाँ पाइला टर्छ, त्यहीँ कतै ‘सिलु’ नामको कथा अनिवार्य रूपमा उपस्थित हुन्छ। यो कथा केवल प्रेमी दम्पतीक...

उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य विद्या श्रेष्ठले राजीनामा दिइन्

हेटौँडा। उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य विद्या श्रेष्ठले पार्टीबाट राजीनामा दिएकी छन्। श्रेष्ठले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै पार्टीको न...

कालीमाटी बजारमा आजका तरकारी–फलफूल मूल्य अपडेट

काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि विभिन्न तरकारी र फलफूलको थोक मूल्य तोकेको छ। मूल्य सूची किसान, व्यापारी र उपभोक्ताले ...

ढेबुवा–तीनखण्डे जोड्ने पुलको अभावले सिर्जना गरेको चुनौती, सुनकोशी पार गर्ने बालबालिकाको जोखिमपूर्ण यात्रा

ओखलढुंगा । ओखलढुंगाको ढेबुवा, बिहान ५ बजे। सुनकोशी नदी किनारमा स–साना विद्यार्थीहरू भेला हुन्छन्। उनीहरूको विद्यालयको बाटो मात्र १० मिनेटको दूरीमा भए ...

फापरखेतको पहिरो : बेलिब्रिजको योजना अन्यौलमा, स्थानीय जीवन जोखिममा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन स्थानीय तहलाई जिल्ला सदरमुकाम बेनीसँग जोड्ने बेनी–दरवाङ सडक पहिरोले बारम्बार संकटमा पारिरहेको छ। सडकको खतर...

कान्ति राजमार्ग मर्मतका लागि आजदेखि दुई महिना बन्द हुने

ललितपुर ।  आवश्यक मर्मत सम्भारका लागि आजदेखि दुई महिनासम्म कान्ति राजमार्ग बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय ललितपुरका अनुसार कान्ति राजमा...

मधेशीय राजनीति हल्लिएको दिन : कांग्रेस–एमाले नेतृत्व असम्भव भन्ने विश्वास सरोज–श्रीकृष्णले भत्काए

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मधेश प्रदेशको राजनीतिक यथार्थमा आएको नयाँ परिवर्तनलाई ऐतिहासिक मोडका रूपमा व्याख्या गरेका छन् । सामाजिक...

पूर्वी नवलपरासीको सामुदायिक वनमा ८ मृग मृत फेला, निकुञ्जले विस्तृत अनुसन्धान सुरू

नवलपरासी । पूर्वी नवलपरासीको देवचुली नगरपालिका–१३ स्थित मातृभूमि मध्यवर्ती सामुदायिक वन क्षेत्रमा ८ वटा मृग मृतावस्थामा फेला परेका छन्। एकैपटक यति ठूल...

हेटौंडामा बिहानैदेखि भत्काउन थालियो सडक छेउका घर तथा संरचना

मकवानपुर । सडक डिभिजन हेटौंडाले आज बिहानैबाट बुद्धचोक क्षेत्रमा सडक विस्तारका लागि घर र संरचना भत्काउन सुरु गरेको छ। सडक डिभिजनले ५ मंसिरमा १५ दिने...

मधेशका मुख्यमन्त्रीको शपथ आइतबार

काठमाडौं ।  मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवको शपथग्रहण आइतबार हुने भएको छ। यादव सात दलको समर्थनमा शुक्रबार मुख्यमन्त्रीमा नियुक्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending