काठमाडौं । स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गरिरहेको स्वास्थ्य बीमा बोर्डले यो वर्ष हालसम्म १२ अर्ब रूपैयाँ सोधभर्ना९दाबी भुक्तानी० गरिसकेको छ। स्वास्थ्य सेवा प्रदायक संस्थालाइ सोधभर्ना गर्नुपर्ने वापतको रकमवापतको दायीत्व अझै बाँकी छ।
बोर्डमार्फत बीमा कार्यक्रममा सहभागि हुने बीमितबाट बोर्डले वार्षिक करिब २ अर्ब ५० करोड रूपैयाँ बीमाशुल्क संकलन गर्दै आएको छ। महत्वकांक्षी सामाजिक सुरक्षा कार्यक्रमका रूपमा सञ्चालन गरिरहेको स्वास्थ्य बीमा कार्यक्रमका लागि सरकारले बोर्डलाई ७ अर्ब रूपैयाँ अनुदान उपलब्ध गराउँदै आएको छ। साढे १२ अर्ब रूपैयाँमध्ये बाँकी रकम कोषले कोषमा बचत रहेको रकमबाट भुक्तानी गरेको हो।
सरकारले उपलब्ध गराएको रकम सधैं अपुग हुने गरेको छ। बीमा कार्यक्रममा आबद्ध जनसंख्यामा उल्लेख्य वृद्धि हुन नसके पनि दाबी भुक्तानीवापतको दायीत्व वार्षिकरूपमा क्रमशः बढ्दै गएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत सुविधा थैलीको सीमा ५ लाख रूपैयाँ पुर्याउने घोषणा गरेका छन्। पर्याप्त श्रोत र आधार बिना नै सस्तो लोकप्रियताका लागि घोषणा गरेको भन्दै पौडेलको आलोचना भइरहेको छ। अहिले स्वास्थ्य बीमामा प्रति बीमित वार्षिक सुविधा थैलीको सीमा १ लाख रूपैयाँ मात्र छ।
२०७२ साल चैतदेखि लागू गरिएको स्वास्थ्य बीमा कार्यक्रममा हालसम्म जम्मा ९० लाख नागरिक आबद्ध छन् । उपचार सेवा लिन धेरै समय लाग्ने र पूर्ण सेवा नपाइने भएकाले बीमितको नविकरण दर कमजोर छ।
वार्षिक ३ हजार ५ सय रुपैयाँ बीमाशुल्कको भुक्तानीमा वार्षिक १ लाख रूपैयाँ बराबरको उपचार प्राप्त गर्छन् । यसका लागि प्रत्येक पटकको उपचार खर्चवापतको १० प्रतिशत रकम बीमितले पनि व्यहोर्नुपर्छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ १८ गते, २०८२ - १८:३४
भक्तपुर । नेपाली कम्युनिस्ट पार्टीले मध्यपुर थिमि नगरपालिका–नगदेशको न्याचामा चुनावी सम्पर्क कार्यालय स्थापना गरेको छ। शहीद दिवसको अवसर पारेर शुक्रबार ...
माघ १८ गते, २०८२ - १८:३०
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि पर्वतबाट उम्मेदवार बनेका मनहरि तिमिल्सिनाले जिल्लाको समग्र विकास लक्षित २३ बुँदे प्रतिबद्धतासहित आफ्नो ‘...
माघ १८ गते, २०८२ - १८:२२
काठमाडौं । नेकपाका नेता जगन्नाथ खतिवडाले एमाले अध्यक्ष केपी शर्मा ओलीको व्यवहारले नेपालको वाम आन्दोलन बदनाम भएको आरोप लगाएका छन्। निर्वाचन विशेष भे...
माघ १८ गते, २०८२ - १८:१४
काठमाडौँ । २०४६ सालको जनआन्दोलनपछि बहुदलीय प्रजातन्त्र पुनर्स्थापना भयो। त्यसपछि २०४८ वैशाख २९ गते भएको आम निर्वाचनमा नेपाली कांग्रेसले ११० सिटसहित बह...
माघ १८ गते, २०८२ - १८:०९
काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले स्पष्ट विचार, संगठित आधार र जनतासँग प्रत्यक्ष सम्बन्ध नभएका राजनीतिक शक्तिहरूले देशको विकास गर्न नसक्ने बताए...
माघ १८ गते, २०८२ - १०:५०
काठमाडौँ । काठमाडौँ–३ भूगोलका हिसाबले सानो भए पनि राजनीतिक रूपमा निकै संवेदनशील निर्वाचन क्षेत्र हो। उपत्यकाको आधा खानेपानी धान्ने क्षमता भएका सुन्दरी...
माघ १८ गते, २०८२ - ०९:०१
काठमाडौं । आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टीबाट दोलखामा प्रत्यक्ष उम्मेदवार बनेका विशाल खड्का यतिबेला सक्रिय चुनावी दौडधुपम...
माघ १८ गते, २०८२ - ०८:५५
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। केन्द्रीय बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४६ रु...
माघ १८ गते, २०८२ - ०८:५३
काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले चुनावी माहोल तात्दै जाँदा दलहरूका दाबी सुन्दा सबैले जितिसकेको र एकल सरकारसमेत बनाइसकेको जस्तो देखिएको भ...
माघ १८ गते, २०८२ - ०८:५१
काठमाडाैं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्र...



प्रतिकृया लेख्नुहोस्: