Khabar Dabali १५ बैशाख २०८३ मंगलवार | 28th April, 2026 Tue

सुरर्खेतकाे अदुवा र बेसारको माग विदेशमा

फइल तस्विर
खबरडबली संवाददाता

सुर्खेत । केही वर्षअघिसम्म घरमा खानका लागि मात्र खेती गरिने कर्णाली प्रदेशका विभिन्न जिल्लामा उत्पादन हुने अदुवा अहिले विदेश निर्यात हुन थालेको छ । विदेशबाट अदुवाको माग आउन थालेपछि यहाँका किसान अदुवा खेतीतर्फ आकर्षित भई व्यावसायिक रूपमा खेती गर्न थालेका छन् । फलस्वरूप अदुवाको उत्पादन बढी हुन थालेपछि विदेश निर्यात हुन थालेको हो । 

अदुवा मात्र होइन, यहाँको बेसार पनि विशेष गरी युरोप पुग्न थालेको छ । पूर्वी सुर्खेतको भेरीगङ्गा नगरपालिकाको कालीदमारमा दी अर्गानिक भ्याली अदुवा प्रशोधन उद्योग स्थापना गरिएको छ । सोही उद्योगले कर्णालीका किसानसँग अदुवा र बेसार खरिद युरोपतिर पठाउने गरेको छ । उद्योगका सञ्चालक समीर नेवाले विदेशबाट यहाँको अदुवा र बेसारको माग बढी आउने गरेकाले आफूले त्यहाँ पठाउने गरेको बताए । किसानबाट खरिद गरेर उद्योगमा प्रशोधन गरी अदुवा र बेसार युरोप निर्यात गर्ने गरेको उनको भनाइ छ । उद्योग स्थापनाअघि यहाँको अदुवा र बेसार मूल्यहीन अवस्थामा थियो । 

यहाँ उत्पादन भएका अदुवा र बेसार विषादीरहित हुने, पूर्ण रूपमा अर्गानिक र गुणस्तरीय भएका कारण विदेशबाट माग आइरहेको उनको भनाइ छ । विशेष गरी जर्मनीबाट बढी माग आएको छ । उहाँका अनुसार एक मौसममा यस उद्योगबाट औसतमा छ लाख युरो बराबरको अदुवा र बेसार निर्यात हुने गरेको उद्योग सञ्चालक नेवाले बताए । उत्पादन धेरै भएका बेला १२ लाख युरो बराबरको अदुवा निर्यात गरेको बताउँदै उनले तर माग अनुसार उत्पादन हुन नसकेको पनि बताए । किसानबाट माग अनुसार उत्पादन नहुँदा बर्सेनि औसतमा छ लाख युरो बराबरको अदुवा र बेसार विदेश निर्यात भइरहेको जानकारी उनले दिए । 

उत्पादन भएका अदुवा र बेसारलाई बजारीकरणको समस्या छैन । विदेशबाट माग धेरै भएकाले बजारीकरणको समस्या नभएको भन्दै उनले किसानलाई उत्पादन बढाउन आग्रह गरिएको र यस काममा हौसला दिन स्थानीय सरकारले सहयोग गर्नुपर्ने उल्लेख गरुे । उनले कर्णालीमा उत्पादन गरिएका अदुवा र बेसार विदेशसम्म पुगेको भन्दै अब यसको उत्पादन बढाउन ध्यान दिनुपर्ने सुझाव दिए । 

प्रशोधन उद्योगमा बर्सेनि एक हजार पाँच सय मेट्रिक टन अदुवा र बेसार प्रशोधन हुने गरेको दाबी गरिएको छ । हाल एक हजार दुई सय मेट्रिक टन अदुवा र तीन सय मेट्रिक टनसम्म बेसार प्रशोधन हुने गरेको छ । कर्णालीमा अर्गानिक अदुवा र बेसार उत्पादन हुने र यसकारण विदेशमा पनि माग बढेकोले यसको उत्पादनलाई स्थानीय सरकारलगायतले हौसला दिई व्यवसायीकरणमा ध्यान दिनुपर्ने बताइएको छ । 

कर्णालीमा सबैभन्दा धेरै अदुवा, बेसार उत्पादन हुने जिल्लामा सल्यान, रुकुमपश्चिम र सुर्खेत पर्दछ । अदुवा र बेसारका लागि यी जिल्लाका हावापानी उपयुक्त छ । अदुवा प्रशोधन केन्द्रका अनुसार सल्यानबाट मात्रै एक मौसममा एक हजार दुई सय मेट्रिक टनसम्म अदुवा उद्योगमा आउने गरेको छ । सल्यानपछि रुकुमपश्चिमबाट आठ सय र सुर्खेतबाट दुई सय मेट्रिक टनसम्म अदुवा उद्योगमा आउने गरेको जानकारी उएले दिए । 

उद्योगमा हालसम्म सबैभन्दा बढी दुई हजार तीन सय मेट्रिक टनसम्म अदुवा र बेसार आएको छ । पहिला प्रशोधन नहुँदा अदुवा र बेसारले मूल्य पाएन, त्यसबेला किसानले बजारको समस्या भोगेको भन्दै अहिले उद्योग स्थापना भएपछि किसानले उत्पादन गरेको अदुवा र बेसार लिएपछि किसानलाई कुनै समस्या नभएको उनले दाबी गरे । यो उद्योगमा अदुवा र बेसारका साथै सिस्नो र टिमुर पनि प्रशोधन हुने गरेको छ । उद्योगले किसानबाट सिस्नो र टिमुर पनि खरिद गर्न थालेको छ । सिस्नो र टिमुरलाई प्रशोधन गरेर बिक्री गर्ने गरिएको उनले बताए । 

सिस्नो र टिमुरलाई सुकाएर पाउडर बनाउने गरिएको छ । अदुवा र बेसारलाई पनि उद्योगमा प्रशोधन गरेर पाउडर बनाइन्छ । यही पाउडरलाई प्याकिङ गरिन्छ । त्यसपछि अदुवा, बेसार, टिमुर, सिस्नो बजारमा पठाउने गरिएको उनले बताए । उद्योगमा स्थानीयले रोजगारीसमेत पाएका छन्

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आङ्देम्बेलाई खड्काको सन्देश: ‘प्रतिपक्षको भूमिकालाई इतिहास बनाउने समय’

काठमाडौं । पूर्णबहादुर खड्काले संसदीय दलको नेतामा सर्वसम्मत निर्वाचित भीष्मराज आङ्देम्बे लाई बधाई दिँदै अबको जिम्मेवारीलाई ‘ऐतिहासिक उचाइ’मा पुर्‍याउन...

ट्रम्पलाई भोट दिने अमेरिकी भन्छन्–अब पछुताएर के हुन्छ ?

काठमाडौं । बेलैमा नसोच्ने, पछि पछुताउने भन्ने उखानलाई अमेरिकीहरूले महसुस गर्दैछन् । त्यहाँका आम मानिसहरूमाथि महँगीको दबाब लगातार बढ्दै गएको छ । किर...

वीरगञ्ज नाका हुँदै तीन अर्बको विद्युतीय सवारीसाधन आयात

वीरगञ्ज । चालु आर्थिक वर्षको नौ महिनामा वीरगञ्ज नाका हुँदै दुई अर्ब ९८ करोड रुपैयाँको विद्युतीय सवारीसाधन आयात गरिएको छ । गत आर्थिक वर्षको सोही अवधिको...

‘डिप ट्युबवेल’ जडानसँगै सिँचाइको असुविधा हट्यो

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–१० प्रगतिटोलमा सिँचाइ सुविधा पुगेपछि स्थानीय किसानहरूमा खुसी छाएको छ । वर्षौंदेखि सिँचाइ अभाव झेल्दै आएका किसानहरूका ...

सुनसरीमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु

सुनसरी । सुनसरीको इटहरी उपमहानगरपालिका– ५ मा गए राति दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा भोक्राहा–६ का ३५ वर्षीय राजवीरेन उराउ रहे...

यलम्बर सालिक विवाद ‘कूल’ हुँदै: एउटै मिति, एउटै मञ्चमा सहमति नजिक

खोटाङ । दिक्तेल रूपाकोट मझुवागढी–१४ बुइपामा बनेको ११० फिट अग्लो यलम्बरको सालिकको अनावरणलाई लिएर चुलिएको विवाद अब समाधानतर्फ मोडिएको छ। नगरपालिका र वडा...

ठूलो परिणामको लागूऔषधसहित भक्तपुरबाट युवक नियन्त्रणमा

भक्तपुर । ठूलो परिमाणको अवैध लागूऔषधसहित एक युवकलाई भक्तपुरबाट नियन्त्रणमा लिएको छ । हिजो साँझ सूर्यविनायक नगरपालिका–५ सल्लाघारीस्थित सडक खण्डमा चेकजा...

शैक्षिकसत्र सुरु, आजदेखि भर्ना, २१ गतेदेखि पढाइ

काठमाडौं । शैक्षिकसत्र २०८३ आजदेखि सुरु भएको छ । पढाइ भने वैशाख २१ गतेदेखि सुरु गर्ने तयारी छ । सरकारले १५ वैशाखदेखि विद्यालय भर्ना र २१ गतेदेखि पठ...

गण्डकीमा ७१ गभर्वती र सुत्केकीको हवाई उद्धार

कास्की । गण्डकी प्रदेश सरकारले सञ्चालन गरेको गर्भवती र सुत्केरीको निःशुल्क हवाई उद्धार कार्यक्रमबाट हालसम्म प्रदेशका सात जिल्लाका ७१ जना लाभान्वित भएक...

दुई वर्षमा सकिनु पर्ने बागलुङ नगर अस्पताल भवन निर्माणको काम तीन वर्षमा ४५ प्रतिशत

बागलुङ । बागलुङ नगर अस्पताल भवन निर्माणको काम अलपत्र परेको छ । बागलुङ नगरपालिकाले सो अस्पताला निर्माणलाई गौरवको आयोजनाका रुपमा राखेको छ । भवन निर्म...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending