Ntc summer Offer
Khabar Dabali ९ पुष २०८१ मंगलवार | 24th December, 2024 Tue
Investment bank

यो वर्ष तिहारमा बिके ५० करोडका फूल

खबरडबली संवाददाता

काठमाडौं । यो वर्षको तिहारमा ५० करोड रुपैयाँ बराबर फूलको कारोबार भएको छ। सबैभन्दा बढी खपत काठमाडौं उपत्यकामा भएको छ ।

फ्लोरिकल्चर एसोसिएसनका अध्यक्ष दिलीप बादेले गत वर्षकै हाराहारीमा फूलको कारोबार भएको जानकारी दिए। बजार माग हरेक वर्ष १५ देखि २० प्रतिशतसम्म वृद्धि हुने तर उत्पादन भने बढीमा १० प्रतिशतले मात्र वृद्धि हुने गरेको छ । 

विशेषगरी तिहारमा प्रयोग हुने मखमली र गोदावरी फूल स्वदेशी उत्पादनले नै पुग्ने गरेको भए पनि सयपत्री र रातो गुलाफ भने भारतबाट आयात गर्नुपर्ने बाध्यता रहेको अध्यक्ष बादेले बताए। 

काठमाडौँ उपत्यकाका तीन जिल्लासहित कास्की, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, गुल्मी, पाल्पा, धादिङ, मोरङलगायत ५२ वटा जिल्लामा पुष्पखेती विस्तार भएका छन् ।

नेपालमा हाल २२१ हेक्टरमा एक हजार १८४ व्यवसायीले पुष्पखेती गरेका छन्। व्यावसायिक रूपमा ४५० प्रजातिका फूल उत्पादन हुँदै आएको छ। यसबाट ४४ हजारभन्दा बढी लाभान्वित भइरहेको बादेले जानकारी दिए।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ट्याक्टरमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु

सर्लाही । नवलपुर–मलङ्गवा सडक अन्तर्गत सर्लाहीको फरहदवामा सोमबार साँझ ट्याक्टरसँग ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।  हरिपुर नगरपालिका–३, फर...

लोप हुँदै जुम्लाको तरबार नाच

जुम्ला । शुभकार्य र चाडपर्वमा नाचिने तरबार नाच लोप हुने क्रममा छ। पछिल्लो समय आधुनिक प्रविधिको प्रयोग, पुस्ता हस्तान्तरण नहुनुलगायत कारणले तरबार नाच ल...

परराष्ट्रमन्त्री देउवाको दिल्लीदौड- अघिल्लो पटक मोदीको रातो कार्पेट, अहिले कसैले भेट्नै मानेनन् !

काठमाडौं । परराष्ट्रमन्त्रीको पदभार ग्रहण गरेलगत्तै आरजु देउवा भदौ २ गते नयाँदिल्ली पुगेकी थिइन्। जहाँ उनलाई रातो कार्पेट ओछ्याएर भव्य स्वागत गरिएको थ...

वीरगञ्ज नाकाबाट चारपाङ्ग्रे सवारीको आयात घट्यो

वीरगञ्ज । वीरगञ्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा चारपाङ्ग्रे सवारीसाधनको आयात घटेको छ । वीरगञ्ज भन्सार कार्यालयका अनुसार चालु आवको ...

तरकारीखेतीको आम्दानीबाट जीविकोपार्जन गर्दै कुशाहाका दलित समुदाय

राजविराज । सप्तरीको सुरुङ्गा नगरपालिका–५ स्थित कुशाहाका पबितार पासवानले पाँच वर्षदेखि व्यावसायिक तरकारीखेती गर्दै आएका छन् । उनले तरकारीखेतीबाट परिवार...

बन्दीपुरमा बास बस्ने पर्यटकको कमी

तनहुँ । जिल्लाको पर्यटकीय नगरी बन्दीपुरमा बास बस्ने पर्यटकको सङ्ख्यामा कमी आएको छ । बन्दीपुर चिसो मौसममा पर्यटकीय गन्तव्यका रूपमा मानिन्छ । यो मौसममा ...

भ्रष्टाचारी ठहर कांग्रेस सांसद गुरुङ संसदमै, अभियोग दर्ता मात्रै हुँदा रविलाई निलम्बन

काठमाडौं । भ्रष्टाचारी ठहर कांग्रेस सांसद गुरुङ संसदमै, अभियोग दर्ता मात्रै हुँदा रविलाई निलम्बन अदालतबाट भ्रष्टाचारी ठहर भएका सत्तारूढ कांग्रेस ने...

हुम्लामा हिमपात- जनजीवन प्रभावित, हिमपहिरोको त्रास

हुम्ला । हुम्लामा हिमपात भएको छ । सोमबार दिउँसो मौसम सफा रहे पनि गएरातिदेखि हिमपात सुरु भएको हो । प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले जिल्ला सदरमुक...

सुदूरपश्चिमबाट मौसम बदली सुरु, चिसो अत्याधिक बढ्ने

काठमाडौँ । पश्चिम नेपालबाट मौसममा बदली सुरु भएको छ । सोमबार साँझदेखि सुदूरपश्चिम प्रदेशमा बदली भएकामा विस्तारै मुलुकभरि फैलिने  जल तथा मौसम विज्ञान वि...

सुनकोशीस्थित फोक्सिङटारमा अस्थायी बेलिब्रिज जडान सुरु

खोटाङ । सगरमाथा लोकमार्गअन्तर्गत दिक्तेल–गाईघाट सडकखण्डको सुनकोशीस्थित फोक्सिङटारमा अस्थायी बेलिब्रिज जडान  सुरु भएको छ । खोटेहाङ गाउँपालिका–९ लिच्कीर...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy