Ntc summer Offer
Khabar Dabali ९ पुष २०८१ मंगलवार | 24th December, 2024 Tue
Investment bank

चाडपर्वमा बागमती प्रदेशका १० जिल्लामा २४ जनाको मृत्यु

खबरडबली संवाददाता

चितवन । बागमती प्रदेशमा पर्ने उपत्यकाका तीन जिल्लाबाहेकका जिल्लामा चाडपर्वका समयमा सवारी दुर्घटनामा परी २४ जनाको मृत्यु भएको छ ।

काठमाडौँ, भक्तपुर र ललितपुरबाहेकका जिल्लामा दसैँको घटस्थापना अर्थात् असोज १७ गतेदेखि कात्तिक २० गते बिहानसम्म दुई सय ३० दुर्घटना भएकामा २४ जनाको मृत्यु भएको हो ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगरका प्रमुख प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार ती दुर्घटनामा परी छ सय २८ जना घाइते भएका छन् । 

दसैँको घटस्थापनादेखि असोज मसान्तसम्म प्रदेशका १० जिल्लामा एक सय १६ वटा दुर्घटना भएका थिए । ती दुर्घटनामा परी १५ जनाको मृत्यु भएको थियो भने चार सय १६ जना घाइते भएका थिए ।

यस्तै, कात्तिक १ गतेदेखि २० गते बिहानसम्ममा एक सय १४ वटा दुर्घटना भएका र ती दुर्घटनामा नौ जनाको मृत्यु हुनुका साथै दुई सय १२ जना घाइते भएका छन् ।

चाडपर्वको समयमा वर्षा हुँदा ग्रामीण क्षेत्रका सडकमा समस्या हुने गरेकाले दुर्घटना बढेको हो । प्रहरी उपरीक्षक सुवेदीले भने, “सडकको कमजोर अवस्थामा जोखिम मोलेर सवारी चलाउने परिपाटीले गर्दा दुर्घटना बढेको हो । ट्राफिक नियमको पालनामा चालक र यात्रु सचेत नहुँदा पनि दुर्घटना हुने गरेका छन् ।” 

दुर्घटना न्यूनीकरणका लागि हरेक हाल कार्यालयले सवारी चालकलाई प्रतिबद्धता, हरेक जिल्लामा नियमित तथा आकास्मिक जाँचलगायत गतिविधिलाई तीव्र बनाइएको बताए । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ट्याक्टरमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु

सर्लाही । नवलपुर–मलङ्गवा सडक अन्तर्गत सर्लाहीको फरहदवामा सोमबार साँझ ट्याक्टरसँग ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।  हरिपुर नगरपालिका–३, फर...

लोप हुँदै जुम्लाको तरबार नाच

जुम्ला । शुभकार्य र चाडपर्वमा नाचिने तरबार नाच लोप हुने क्रममा छ। पछिल्लो समय आधुनिक प्रविधिको प्रयोग, पुस्ता हस्तान्तरण नहुनुलगायत कारणले तरबार नाच ल...

परराष्ट्रमन्त्री देउवाको दिल्लीदौड- अघिल्लो पटक मोदीको रातो कार्पेट, अहिले कसैले भेट्नै मानेनन् !

काठमाडौं । परराष्ट्रमन्त्रीको पदभार ग्रहण गरेलगत्तै आरजु देउवा भदौ २ गते नयाँदिल्ली पुगेकी थिइन्। जहाँ उनलाई रातो कार्पेट ओछ्याएर भव्य स्वागत गरिएको थ...

वीरगञ्ज नाकाबाट चारपाङ्ग्रे सवारीको आयात घट्यो

वीरगञ्ज । वीरगञ्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा चारपाङ्ग्रे सवारीसाधनको आयात घटेको छ । वीरगञ्ज भन्सार कार्यालयका अनुसार चालु आवको ...

तरकारीखेतीको आम्दानीबाट जीविकोपार्जन गर्दै कुशाहाका दलित समुदाय

राजविराज । सप्तरीको सुरुङ्गा नगरपालिका–५ स्थित कुशाहाका पबितार पासवानले पाँच वर्षदेखि व्यावसायिक तरकारीखेती गर्दै आएका छन् । उनले तरकारीखेतीबाट परिवार...

बन्दीपुरमा बास बस्ने पर्यटकको कमी

तनहुँ । जिल्लाको पर्यटकीय नगरी बन्दीपुरमा बास बस्ने पर्यटकको सङ्ख्यामा कमी आएको छ । बन्दीपुर चिसो मौसममा पर्यटकीय गन्तव्यका रूपमा मानिन्छ । यो मौसममा ...

भ्रष्टाचारी ठहर कांग्रेस सांसद गुरुङ संसदमै, अभियोग दर्ता मात्रै हुँदा रविलाई निलम्बन

काठमाडौं । भ्रष्टाचारी ठहर कांग्रेस सांसद गुरुङ संसदमै, अभियोग दर्ता मात्रै हुँदा रविलाई निलम्बन अदालतबाट भ्रष्टाचारी ठहर भएका सत्तारूढ कांग्रेस ने...

हुम्लामा हिमपात- जनजीवन प्रभावित, हिमपहिरोको त्रास

हुम्ला । हुम्लामा हिमपात भएको छ । सोमबार दिउँसो मौसम सफा रहे पनि गएरातिदेखि हिमपात सुरु भएको हो । प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले जिल्ला सदरमुक...

सुदूरपश्चिमबाट मौसम बदली सुरु, चिसो अत्याधिक बढ्ने

काठमाडौँ । पश्चिम नेपालबाट मौसममा बदली सुरु भएको छ । सोमबार साँझदेखि सुदूरपश्चिम प्रदेशमा बदली भएकामा विस्तारै मुलुकभरि फैलिने  जल तथा मौसम विज्ञान वि...

सुनकोशीस्थित फोक्सिङटारमा अस्थायी बेलिब्रिज जडान सुरु

खोटाङ । सगरमाथा लोकमार्गअन्तर्गत दिक्तेल–गाईघाट सडकखण्डको सुनकोशीस्थित फोक्सिङटारमा अस्थायी बेलिब्रिज जडान  सुरु भएको छ । खोटेहाङ गाउँपालिका–९ लिच्कीर...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy