वीरगञ्ज । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले तराई–मधेसको छठ पर्व मनाउने शैली अझै विशेष रहेको बताएका छन् । परिवारका सदस्यसहित आज वीरगञ्जको घडीअर्वा पोखरीका छठघाटमा उदाउँदो सूर्यलाई अघ्र्य दिने कार्यक्रममा सहभागी हुँदै महामन्त्री थापाले तराई–मधेसको छठ पर्व सहभागी हुने रहर पहिलादेखि भए पनि यसपाली पूरा भएको बताए ।
“तराई–मधेसको छठ पर्व हेर्ने पहिलादेखि नै मन थियो । हिजो साँझ सूर्य अस्ताउँदो समयमा जनकपुरको छठ हेर्ने अवसर मिल्यो । आज उदाउँदो सूर्यका अवसरमा वीरगञ्जको छठ पर्व हेर्न पाइयो”, उनले भने, “यहाँको छठ पर्व निकै व्यवस्थित र भव्य लाग्यो । एकदमै आनन्दको अनुभूति भयो ।”
महामन्त्री थापाले काठमाडौँको भन्दा तराई–मधेसको छठ पर्व मनाउने शैली अझै विशेष रहेको बताए । “काठमाडौँको कमलपोखरीमा हामी आफैँ संलग्न भएर छठ पूजा गर्न थालेको त १२–१३ वर्ष भइसक्यो । छठपर्वसँग जोडिएको विधि र उत्साहका विषयमा त जानकार नै छु”, उनले भने, “विगतमा हामीले सञ्चालन गरेकाले पनि थाहा नै छ ।”
महामन्त्री थापाले जनकपुर र वीरगञ्जमा छठ पर्वको आआफ्नै विशेषता रहेको पनि बताए । “सुरुआती चरणमा वीरगञ्जको घडीअर्वा पोखरीको गेटभित्र छिर्नेबित्तिकै त सजावट देखेर आनन्द लाग्यो । यहाँ त अनुमान गरेकोभन्दा पनि धेरै आकर्षक बनाइएको रैछ”, उनले भने, “काठमाडौँको कमलपोखरीमा पनि सजावट हुने गरे पनि त्यहाँकोभन्दा भव्य र सभ्य रहेको पाए ।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
कार्तिक २३ गते, २०८१ - १५:३३
रुपन्देही । रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–२ मुझानाबाट सशस्त्र प्रहरी र राजश्व अनुसन्धान कार्यालयको टोलीले १ सय १२ बोरा चिनी बरामद गरेको छ ...
कार्तिक २३ गते, २०८१ - १५:३३
रुपन्देही । रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–२ मुझानाबाट सशस्त्र प्रहरी र राजश्व अनुसन्धान कार्यालयको टोलीले १ सय १२ बोरा चिनी बरामद गरेको छ ...
कार्तिक २३ गते, २०८१ - १४:३१
सर्लाही । सर्लाहीको हरिपूर्वा नगरपालिका स्थित एकजना युवकको शव रुख माथि झुण्डिएकोअवस्थामा फेला परेको छ । युवकको हत्या गरिएको आशंका गरिएको छ । हरिपुर...
कार्तिक २३ गते, २०८१ - १३:३५
गण्डकी । गण्डकी प्रदेश सभा सदस्य राजीव गुरुङ उर्फ दीपक मनाङेले सर्वोच्च अदालतवाट फैसलाको पूर्णपाठ लिखित रुपमा प्राप्त भएपछि अदालतमा आँफै उपस्थित हु...
कार्तिक २३ गते, २०८१ - १३:३१
अमेरिका। प्रकृतिले हरेक देशमा आफ्नै आफ्नै सुन्दरता दिएको छ। हामी तिनै प्रकृतिका सुन्दरताभित्र रमाउँछौं, खुसी हुन्छौं अनि प्रेरित हुन्छौं। अमेरिकामा अन...
कार्तिक २३ गते, २०८१ - १३:२२
विराटनगर । मोरङको धनपालथान गाउँपालिका–४ कर्सिया बजारस्थित उमा गौरी कृषि सहकारी संस्थाको ठगी प्रकरणको अनुसन्धान प्रहरीले सुरु गरेको छ । जिल्ला अदालत मो...
कार्तिक २३ गते, २०८१ - १३:१५
काठमाडौँ । टर्किस क्लब फेनेरबाची स्पोर्ट्स क्लबका प्रशिक्षक जोसे मोरिन्होलाई प्रतिबन्ध र जरिवाना लगाइएको छ । टर्किस फुटबल फेडेरेसनले मोरिन्होलाई यु...
कार्तिक २३ गते, २०८१ - १३:१५
काठमाडौैं । रोजगारीका लागि कुवेत उठ्न लागेका २२ जना युवतीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै फर्काइएको छ । भिजिट भिसामा कुवेत उडाइन लागेका २२ ज...
कार्तिक २३ गते, २०८१ - १३:१२
काठमाडौं । सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश नृपध्वज निरौलाले न्यायपालिकामा हुने सुशासन विपरितका गतिविधिमाथि प्रभावकारी अनुगमन र निगरानीको संयन्त्...
कार्तिक २३ गते, २०८१ - १२:५६
भक्तपुर । शुक्रबारको झिसमिसे बिहानी भक्तपुर नगरपालिका–१० कमलविनायकस्थित कमलपोखरी बत्तीले झकिझकाउ थियो । ठूलो पोखरीको वरिपरि बत्तीले झिलिमिली र छेउमा प...
प्रतिकृया लेख्नुहोस्: