भक्तपुर । शुक्रबारको झिसमिसे बिहानी भक्तपुर नगरपालिका–१० कमलविनायकस्थित कमलपोखरी बत्तीले झकिझकाउ थियो । ठूलो पोखरीको वरिपरि बत्तीले झिलिमिली र छेउमा पाल टाँगिएको स्थानमा व्रर्तालुको घुइँचो थियो । बाँकी तीन छेउ वरपर पाला अर्थात् दियो बालिएका थिए । कोही बलेका बत्तीसँग रमाउँदै फोटो खिच्न व्यस्त देखिन्थ्ये भने कोही निभेका बत्ती बाल्दै थिए ।
तराईको झल्को दिने गरी दुलहीझै सिँगारिएर झकिझकाउ बनाइएको कमलपोखरीमा छठ मनाउन तराईवासीसँगै भक्तपुरका स्थानीय पनि सहभागी थिए । तराई क्षेत्रमा मनाइने छठ पर्व भक्तपुरमा पनि हर्षोल्लासका साथ मनाइएको छ । भक्तपुरमा तराई मधेसका समुदायकासँगै मिलेर स्थानीयले संस्कृति र परम्पराअनुसार पूजाआराधनासहित छठ मनाएका हुन् । आज बिहानै छठ मनाउन रातभर जाग्राम बसेका व्रर्तालुहरुले उदाउँदो सूर्यलाई अर्घ दिएर पूजा सम्पन्न गरी चार दिनको व्रतसहित छठ सम्पन्न गरेका छन् ।
भक्तपुरमा बस्दै आएका तराईवासीले कमलपोखरीमा छठ पर्व मनाएको यो पहिलो वर्ष भने होइन । सर्लाहीबाट भक्तपुरको कमलविनायकमा व्यवसाय गरेर बस्दै आउनु भएका छठ पर्व आयोजक समितिका संयोजक लक्ष्मण रौनियारले विगत १० वर्षदेखि यहाँ छठ मनाउन व्यवस्थापन गर्दै आइएको बताए ।
पर्वका लागि बिहीबार पोखरीलाई सजाएर झकिझकाउ बनाइएको थियो भने साँझ व्रर्तालुले अस्ताउँदो सूर्यको पूजाआराधना गरी अर्घ दिएर छठी देवीको पूजा गरेर पर्व मनाएका रौनियारले उल्लेख गरे । कमलविनायकमा चटपटे व्यवसाय गर्दै आएकी सुभद्रा साहले विगत तीन वर्षदेखि कमलपोखरीमा छठ पर्व मनाउँदै आएको जनाउँदै छठमा घर जान नपाउनेहरुका लागि यहाँको व्यवस्थापनले सजिलो बनाएको बताइन् ।
विशेष गरेर तराईवासीले हर्षोल्लासकासाथ मनाउने छठ पर्व आज भक्तपुरमा सबै धर्मावलम्वीले सामूहिक रुपमा मिलेर मनाएको दृश्य देखिएको भन्दै उक्त दृश्यले मनलाई आनन्दित बनाएको स्थानीय कमल श्रेष्ठ बताए ।
समितिका संयोजक रौनियारले विभिन्न धर्म, समुदाय र जातका मानिस एकसाथ सहभागी भएर पर्व मनाएका बताए । विगतका वर्षमा एक सय परिवार पनि नहुनेमा यसवर्ष एक सय ५० भन्दा बढी परिवारले यहाँ छठ मनाएका उनले जानकारी दिए ।
सूर्यको उपासनासँग सम्बन्धित छठ पर्व यसवर्ष शुक्रबारदेखि सुरु भएको थियो । चार दिनसम्म मनाइने पर्वको मुख्य दिन आज हो । प्रत्येक वर्ष कार्तिक शुक्ल चतुदर्शीका दिनदेखि सुरु हुने छठ पर्व अत्यन्तै श्रद्धा र निष्ठाका साथ मनाइन्छ । तराईमा सीमित यो चाँंड पछिल्लो वर्ष तराईका साथै काठमाडौँ उपत्यकामा पनि भव्य रुपमा मनाउन थालिएको छ ।
पर्वको मुख्य विशेषता अस्ताउँदो र उदाउँदो सूर्यलाई जलाशयमा उभिएर अर्घ दिएर मात्र पूजा सम्पन्न गर्नु हो । छठ मनाउन पोखरी पुग्नुभएकी शान्ता महतोले पुत्र, पति र परिवारको कल्याणको कामना गर्दै यो पर्व परिवारका सबै सदस्य तथा समूहमा मनाएको बताए ।
पर्वको क्रममा पहिलो दिन कार्तिक शुक्ल चतुदर्शीका दिन नहाय खाय ९नुहाएर चोखो भई शुद्ध शाहाकारी भोजन खाने०, दोस्रो कार्तिक पञ्चमीका दिन खरना पूजा गर्ने र यस दिन व्रर्तालुहरू स्नान गरेर दिनभरि उपवास बसी आत्मशुद्धि गर्ने, पञ्चमीका दिन व्रत बस्ने महिला तथा पुरुषले निष्ठापूर्वक पवित्र जलाशयमा स्नान गरी बेलुकीपख दूध, चामल र सख्खरको खीर पकाइ प्रसादको रूपमा आफूले खाने र व्रत नबस्ने परिवारका सदस्यलाई खुवाउने गर्छन् । आज अन्तिम दिन उदाउँदो सूर्यलाई अर्घ दिएर पर्व समापन गरिएको हो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख १४ गते, २०८३ - २०:४६
काठमाडौं । नेपाली कांग्रेसभित्र नेतृत्व चयनको बहस फेरि एकपटक रोचक मोडमा पुगेको छ। बाहिरबाट हेर्दा यो सामान्य ‘पद बाँडफाँड’ जस्तो देखिए पनि भित्रभित्रै...
बैशाख १४ गते, २०८३ - २०:३३
विभागहरूमा कसले ‘कमान्ड’ सम्हाल्ने भन्ने रस्साकस्सी
बैशाख १४ गते, २०८३ - २०:३०
सरकारी टोलीसँग संवाद गर्ने मौका मिलेन, हल्ला र सूचना फरक कुरा हो
बैशाख १४ गते, २०८३ - २०:१७
म्याग्दी । धवलागिरि गाउँपालिका–४ बगरमा ६५ मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत् आयोजना निर्माण सुरु भएको छ । हाइड्रो भिलेज प्रालि प्रर्वद्धक रहेको ...
बैशाख १४ गते, २०८३ - २०:०५
उदयपुर । सुनकोशी नदीमा माछा मार्ने क्रममा बेपत्ता भएका लिम्चुङबुङ गाउँपालिका–४ जाँतेका ५१ वर्षीय शमशेर राई ५ दिनपछि मृतावस्थामा फेला परेका छन् । जि...
बैशाख १४ गते, २०८३ - २०:०२
चितवन । जिल्लामा व्यावसायिक रुपमा उत्पादित तरकारीले उचित मूल्य नपाउँदा किसान मर्कामा परेका छन् । यहाँ उत्पादन भएका तरकारीले लागत मूल्य समेत पाउन नसकेप...
बैशाख १४ गते, २०८३ - १०:३६
गर्भपतनकै जटिलतामा अकालमै गुमिरहेका छन् आमाहरू
बैशाख १४ गते, २०८३ - १०:१७
ओखलढुंगा । कहिलेकाहीँ राजनीतिमा परिणामहरू यस्ता आउँछन्, जसले केवल जित–हार मात्रै होइन, त्यसपछिको चरित्रलाई पनि परिक्षणमा राख्छ। गतज फागुनको निर्वाचन प...
बैशाख १४ गते, २०८३ - ०९:४५
काभ्रेपलाञ्चोक । शनिबार साँझको बाढीले थलिएको बीपी राजमार्ग अझै पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन। मर्मतको प्रयास भइरहे पनि प्रकृतिको अर्को प्रहारले ...
बैशाख १४ गते, २०८३ - ०९:२९
भाेजपुर । भारी वर्षासँगै आएको बाढीले पुल बगाउँदा अवरुद्ध बनेको भोजपुर-चखेवा सडक पुनः एकतर्फी सञ्चालनमा आएको छ । भोजपुर नगरपालिका-५ बोखिमस्थित चाल्से ख...


प्रतिकृया लेख्नुहोस्: