Khabar Dabali १५ बैशाख २०८३ मंगलवार | 28th April, 2026 Tue

१५ मिटर लामो पुल निर्माण गर्न १० वर्ष

खबरडबली संवाददाता

मोरङ  । मोरङको कानेपोखरी–रङ्गेली सडकमा पर्ने गेउरिया खोलाको पुल शिलान्यास भएको १० वर्षपछि निर्माण सम्पन्न भएको छ । कानेपोखरी र रङ्गेली नगरपालिकाको सीमा खोलामा फिचर एन्ड सराउद्धिन जेविले २०७१ मा निर्माण थालेको यो पुल कात्तिक २३ गतेदेखि सञ्चालनमा आएको हो ।  

प्रारम्भिक चरणमा १५ प्रतिशत काम पनि नगरी सम्पर्कविहीन भएको निर्माण कम्पनीले पुनः दोस्रो पटक सम्झौता गरी काम थालेको थियो । दोस्रो पटक सम्झौता गरेर एक सातासम्म काम गरेर फरार भएको कम्पनी पछिल्लो पटक सरकारका सबैं अङ्ग परिचालन भएपछि काम गर्न तयार भएको थियो ।  

एक करोड १८ लाख रुपैयाँमा १५ मिटर लम्बाईको पुल निर्माण गरी २०७७ को चैत मसान्तसम्ममा सडक डिभिजन कार्यालय मोरङलाई हस्तान्तरण गर्ने सम्झौता भएको थियो । तर, त्यो अवधिमा कम्पनीले एक दिन पनि काम गरेन । 

कानेपोखरी–रङ्गेली सडक कालोपत्रे गर्ने ठेक्का पाएको कन्चनजङ्घा कन्ट्रक्सनले २०७७ को चैत १८ गते सरकारलाई सडक हस्तान्तरण गरिसकेको छ । पुल निर्माण गर्ने फिचर एन्ड सराउद्विन जेवी कन्ट्रक्सनले सडक हस्तान्तरण भएको ४ वर्ष ७ महिनापछि पुल बनाइसकेको छ । 

समयमा पुल नबन्दा गेउरिया खोलाले पाँच जनालाई बगाएको थियो । सङ्घीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय इटहरीले तीन पटक म्याद थप्दा पनि निर्माण नभएपछि कानेपोखरी गाउँपालिका र रङ्गेली नगरपालिकाले ठेक्का सम्झौता रद्द गर्ने प्रक्रिया अघि बढाएका थिए । 

दुबै पालिकाले निर्माण कम्पनीलाई कालोसूचीमा राख्न पत्राचार गरी सम्झौता रद्द गर्ने निर्णय गरेपछि निर्माण कम्पनी काममा फर्किएको थियो । पछिल्लो पटक २०८० को असार मसान्तमा पुल हस्तान्तरण गर्ने सम्झौता थियो । त्यसपछि पुन म्याद थपेर पुल निर्माण सम्पन्न भएको हो । सराउद्विन जेविका सञ्चालक सराउद्दिन अन्सारीले भने, “कम्पनीको इज्जत बचाउन दोब्बर खर्च गरी पुल निर्माण गरेका छौं । दुबैतर्फ पुलसम्म जोड्ने सडक कालोपत्रे गर्ने जिम्मा हाम्रो ठेक्कामा छैन् ।” 

हुलाकी सडक आयोजना इटहरीका सूचना अधिकारी उपेन्द्र दासले वल्र्ड बैंकको सहयोगमा कालोपत्रे र पुल जोड्ने पहुँच मार्ग निर्माण हुने बताए । पुल बनाउने कम्पनीको जिम्मा पुलको मात्र हो । त्यसैले एप्रोज मार्ग पुल विभाग अन्तर्गत निर्माण हुन्छ, दासले भने ।  

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कांग्रेसमा ज्वाइँ–ससुराबीच शक्ति सन्तुलन: किन रोके गगन थापाले अर्जुननरसिंह केसी लाई?

काठमाडौं । नेपाली कांग्रेसभित्र नेतृत्व चयनको बहस फेरि एकपटक रोचक मोडमा पुगेको छ। बाहिरबाट हेर्दा यो सामान्य ‘पद बाँडफाँड’ जस्तो देखिए पनि भित्रभित्रै...

पद बाँडफाँडमै अल्झियो नेकपा: इन्चार्ज टुङ्गिए, तर शीर्ष नेतामै तानातान

विभागहरूमा कसले ‘कमान्ड’ सम्हाल्ने भन्ने रस्साकस्सी

छोराको सम्झना, बाबुको आशा र परिवारको भविष्य धूलो र माटाेमा परिणत

सरकारी टोलीसँग संवाद गर्ने मौका मिलेन, हल्ला र सूचना फरक कुरा हो

६५ मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत् आयोजनाकाे २०८४ चैत महिनादेखि विद्युत् उत्पादन गर्ने लक्ष्य

म्याग्दी । धवलागिरि गाउँपालिका–४ बगरमा ६५ मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत् आयोजना निर्माण सुरु भएको छ । हाइड्रो भिलेज प्रालि प्रर्वद्धक रहेको ...

माछा मार्ने क्रममा बेपत्ता राई ५ दिनपछि मृता फेला

उदयपुर । सुनकोशी नदीमा माछा मार्ने क्रममा बेपत्ता भएका लिम्चुङबुङ गाउँपालिका–४ जाँतेका ५१ वर्षीय शमशेर राई ५ दिनपछि मृतावस्थामा फेला परेका छन् । जि...

चितवनमा तरकारीले पाएन मूल्य

चितवन । जिल्लामा व्यावसायिक रुपमा उत्पादित तरकारीले उचित मूल्य नपाउँदा किसान मर्कामा परेका छन् । यहाँ उत्पादन भएका तरकारीले लागत मूल्य समेत पाउन नसकेप...

सुरक्षित भनिएको सेवा किन बन्दैछ असुरक्षित?

गर्भपतनकै जटिलतामा अकालमै गुमिरहेका छन् आमाहरू

‘१८० मतको काकताली’देखि ‘खाकी रवाफ’सम्म: सांसदको व्यवहारले उठायो गम्भीर प्रश्न

ओखलढुंगा । कहिलेकाहीँ राजनीतिमा परिणामहरू यस्ता आउँछन्, जसले केवल जित–हार मात्रै होइन, त्यसपछिको चरित्रलाई पनि परिक्षणमा राख्छ। गतज फागुनको निर्वाचन प...

बाढीले बगायो बाटो, यात्रा अझै ठप्प: बिपी राजमार्ग खुल्ने प्रतीक्षा लम्बिँदै

काभ्रेपलाञ्चोक । शनिबार साँझको बाढीले थलिएको बीपी राजमार्ग अझै पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन। मर्मतको प्रयास भइरहे पनि प्रकृतिको अर्को प्रहारले ...

भोजपुरमा बाढीको क्षति : पुल बग्दा सडक अवरुद्ध, साना सवारी मात्र सञ्चालनमा

भाेजपुर । भारी वर्षासँगै आएको बाढीले पुल बगाउँदा अवरुद्ध बनेको भोजपुर-चखेवा सडक पुनः एकतर्फी सञ्चालनमा आएको छ । भोजपुर नगरपालिका-५ बोखिमस्थित चाल्से ख...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending