तनहुँ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले सबै पार्टीले आर्थिक स्रोत जुटाउने योजना बनाउनु पर्ने बताएको छन् । नेपाली कांग्रेस शुक्लागण्डकी नगरपालिका प्रशिक्षण विभागले आयोजना गरेको प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उनले सो कुरा बताएको हो ।
आर्थिक स्रोत जुटाउने योजना बन्न नसक्दा नेपाल विकासमा पछि परेको उनको भनाइ छ । राजनीतिक दलसँग विचार राम्रो भए पनि त्यस विचारलाई पूरा गर्नका लागि आर्थिक स्रोतको योजना बन्न नसकेकाले विकास बजेट थोरै हुँदा देश पछि परेको बताए।
देश विकास गरी गरिबी हटाउन आर्थिक स्रोत जुटाउने सम्बन्धमा पार्टीबिच एकता हुनुपर्ने बताए। नेपालको राजनीतिमा सिद्धान्त र त्यसलाई कार्यान्वयन गर्ने स्रोतका बिचमा कहीँ कतै तालमेल नमिलेको मन्त्री पौडेलको भनाइ थियो । मन्त्री पौडेले, ‘पार्टीका सिद्धान्तहरू राम्रा छन् भाषण पनि मिठा गर्छन् तर गर्न स्रोत कसरी जुट्छ भन्नेमा ध्यान दिएका छैनन् ।’
नेपालमा आर्थिक व्यवस्था कसरी व्यवस्थित गर्ने हो ? भन्ने पाटोलाई बिर्सेको स्थिति रहेको उनको भनाइ छ । ‘स्रोतबिना कुनै पनि विषयको कार्यान्वयन सम्भव छैन, स्रोत नभई समाजवाद लागू हुन सम्भव छैन’ उनले भने।
राजनीतिक पार्टीले विचार मात्र ल्याएको र कार्यान्वयन गर्ने स्रोत ल्याउन नसकेको उनको भनाइ थियो । नेपाली कांग्रेसको केन्द्रीय सदस्य समेत रहनु भएका मन्त्री पौडेलले पार्टी सङ्गठन मजबुत बनाउने विषयमा पार्टीका नेता तथा कार्यकर्ताले विशेष ध्यान दिनुपर्नेमा जोड दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २ गते, २०८२ - १६:५४
काठमाडौँ। भारत र श्रीलङ्कामा आगामी फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म आयोजना हुने आइसिसी टी–२० विश्वकपको ट्रफी नेपालमा पनिा ल्याइने भएको छ । अन्तर्...
पौष २ गते, २०८२ - १६:४२
काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले संयुक्त राष्ट्र संघको सहयोगको नेपालले कदर गर्ने बताएको छिन्। संयुक्त राष्ट्र संघसँग नेपालको साझेदारीको ७० ...
पौष २ गते, २०८२ - १६:२७
काठमाडौं । जेनजी आन्दोलनका क्रममा गत भदौ २३ र २४ गते भएका घटनाबारे जाँचबुझ गर्न गठित आयोगले आफ्नो कार्य सम्पन्न गर्न एक महिना म्याद थप गर्न सरकारसँग आ...
पौष २ गते, २०८२ - १६:०६
झापा। आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्ष २०८२/०८३ को मङ्सिर मसान्तसम्ममा रु। एक अर्ब १४ करोड ९९ लाख ६३ हजार राजस्व सङ्कलन गरेको छ । ...
पौष २ गते, २०८२ - १५:४४
काठमाडौं । जेन–जेड आन्दोलनसम्बन्धी घटनाबारे छानबिन गरिरहेको जाँचबुझ आयोगले आगामी सातादेखि राजनीतिक तहका नेताहरूलाई बयानका लागि बोलाउने तयारी गरेको छ। ...
पौष २ गते, २०८२ - १५:३५
ललितपुर। प्रधानमन्त्री सुशीला कार्कीले सरकार अहिले सुशासन र निर्वाचन दुई मुख्य एजेन्डामा केन्द्रित रहेर काम गरिरहेको बताएको छिन् । आज ललितपुर महानग...
पौष २ गते, २०८२ - १५:२०
जनकपुरधाम। मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आगामी शुक्रबार प्रदेश सभाबाट विश्वासको मत लिने भएको छन् । नेपालको संविधानको धारा १६८ को...
पौष २ गते, २०८२ - १५:१३
कञ्चनपुर। कञ्चनपुरका उद्योगी व्यवसायीहरूले उद्योगहरूको डिमान्ड शुल्क घटाउनुपर्ने लगायतका माग राख्दै ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यात...
पौष २ गते, २०८२ - १४:५९
काठमाडौँ । नेकपा(एमाले) को ११ औँ महाधिवेशन अन्तर्गत भइरहेको निर्वाचनमा ५५५ मत खसेको छ। राजधानीको भृकुटीमण्डपमा जारी निर्वाचन प्रक्रियामा दिउँसो २स्३० ...
पौष २ गते, २०८२ - १४:५१
काठमाडौं । एसियाली विकास बैंक (एडीबी) ले नेपालको सार्वजनिक वित्त व्यवस्थापन सुदृढ गर्न १० करोड अमेरिकी डलर ९करिब १४ अर्ब ५९ करोड ५० लाख रुपैयाँ० बराबर...




प्रतिकृया लेख्नुहोस्: