Khabar Dabali १५ बैशाख २०८३ मंगलवार | 28th April, 2026 Tue

चलचित्र ‘पूर्णबहादुरको सारंगी’ लाई ‘कथा चोरी’ को आरोप

कथाकार–निर्देशक पौडेल भन्छन्ः उपन्यासको नाम भर्खर सुन्दैछु

खबरडबली संवाददाता

काठमाडौं । अहिले हलहरूमा हंगामा मच्चाइरहेको चलचित्र ‘पूर्णबहादुरको सारंगी’ माथि एक उपन्यासकारले ‘कथा चोरी’ को आरोप लगाएपछि विवाद उब्जिएको छ । चलचित्रका निर्देशक तथा कथाकार सरोज पौडेलले भने चर्चाका लागि अनावश्यक विवाद उब्जाउन खोजिएको भन्दै कडा आपत्ति जनाएका छन् ।

उपन्यासकार डा। शिवशंकर बस्यालले आफ्नो उपन्यास ‘सङ्ग्रामपूर’ को कथा ‘पूर्णबहादुरको सारंगी’ सँग मिल्दोजुल्दो भएको दाबी गरेका हुन् । उनले मिल्दाजुल्दा भन्दै १० वटा प्रसङ्ग पनि उल्लेख गरेका छन् । यो संयोग नभई नियोजित नै भएको भएको उनको दाबी छ ।

बस्यालले मिल्दोजुल्दो दाबी गरेका १० प्रसङ्गः

१. पूर्णबहादुर र कमल चलचित्रका दुई मात्र मूल पात्र हुन् । जसरी सङ्ग्रामपुर उपन्यासमा रूपमान र समीर १

२. पूर्णबहादुरको स्त्री बिछोडको रहस्यमयी प्रसङ्ग संग्रामपुरमा रूपमानको स्त्री बिछोडको प्रसङ्ग जस्तै रहस्यमयी छ।

३. छोराको पालनपोषणमा दिलोज्यान मरिमेटी पूर्णबहादुरको शैली रूपमानसँग मिल्दा छन्।

४. आमाको रहस्यमय कथा पूर्णबहादुरका अगाडि कमलले सोधेजस्तै पटक पटक रूपमानलाई समीरले निरन्तर सोधिरहने प्रसङ्ग मिल्दो छ ।

५. जसरी कमललाई विद्यालयका प्रधानाध्यापकले समाजको निम्न जात भनेर अपमान गरेर व्यङ्ग्य गरेका छन्, समीर लगायत रूपमानलाई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अर्थात् मुखिया र छोराले उस्तै शैलीमा अपमानित गरेका छन् ।

६. पूर्णबहादुरको सारङ्गीको कमल पनि सङ्ग्रामपुर उपन्यासको समीर जस्तै टप विद्यार्थी हुनु ।

७. त्यही टप भएको खबर सङ्ग्रामपुर उपन्यासको समीरकै शैलीमा दौडिँदै पूर्णबहादुरको सारङ्गीमा कमलले उही भावमा बाबुलाई खबर बताउनु ।

८. संग्रामपुर उपन्यासको समीरले जस्तै पूर्णबहादुरको सारङ्गीको कमल गन्धर्वले मेडिकलमा नाम निकाल्नु ।

९.  बालाई आर्थिक जोहो गर्न कठिन हुन्छ भनेर सङ्ग्रामपुर उपन्यासको समीरले मेडिकल पढ्न नखोजेजस्तै कमल गन्धर्वले पनि यही भावले मेडिकल पढ्न जान नखोज्नु ।

१०. रूपमानकै जोर जबरजस्तीले समीर मेडिकल पढ्न गए जस्तै पूर्णबहादुरकै जबरजस्तीले कमल मेडिकल पढ्न जानु ।

बस्याल भन्छन्, ‘यी बाहेक सूक्ष्म ढङ्गले सङ्ग्रामपुर उपन्यासको प्रभाव त्यहाँभित्र देख्न पाइन्छ । पूर्णबहादुरले नाचेको नाचको भाव, छोराको परिचयबाट चिनिने प्रसङ्ग, आफ्नो तिघ्रामा बल छ भन्ने दृश्यहरू पनि उपन्यासको छाया चित्रसँग मिल्छन् ।’

उपन्यासकारको यो दाबीलाई पूर्णबहादुरका निर्देशक पौडेलले भने सिधै खारेज गरिदिएका छन् । एउटै समाजभित्रको कथा टिप्दा एकाध प्रसङ्ग मिल्न सक्ने भए पनि ‘कथा चोरी’ को आरोप नाजायज र फजुल रहेको उनले बताए ।

आफूले अहिलेसम्म संग्रामपुर उपन्यास नपढेको मात्र नभएर नाम समेत नसुनेको पौडेलले प्रष्ट पारे । ‘मैले आज भर्खर नाम सुनेको हो । किताब कतै पाइन्छ कि भनेर खोजी गरिरहेको छु । उहाँसँग भेट्नलाई पनि इच्छुक छु,’ पौडेलले भने ।

‘पूर्णबहादुरको सारंगी’ को कथा आफ्नो पिताको देहान्तपछि लेखेको र यो विसुद्धरुपमा आफ्नो मौलिक सिर्जना भएको उनको भनाइ छ ।

‘यो पूर्णरुपमा काल्पनिक कथा हो । कतैबाट पनि प्रभावित छैन । यदि मिल्न गएको खण्डमा त्यो संयोग हुने छ,’ पौडेलले भने ।

सार्वजनिक गरिएका ९ वटा बुँदाकै आधारमा आफू कथा चोरीको आरोप नस्वीकार्ने उनको भनाइ छ । यदि साँच्चै चोरी गरिएको लाग्छ भने कानूनी उपचारको खोजी गर्न पनि पौडेलले चुनौती दिए ।

‘चोरी नै भएको थियो भने उहाँ कानूनी उपचारमा जानुहुन्थ्यो होला । अथवा मलाई भेटेर भन्नुहुन्थ्यो होला । सामाजिक सञ्जालमा लेख्नुको मतलव सिर्फ चर्चाका लागि हुन सक्छ । वा पूर्णबहादुरको सारंगीले दर्शकको अभूतपूर्व माया पाइरहँदा यसलाई कसरी तल झार्न सकिन्छ भनेर नियोजितरुपमा भ्रामक प्रचारबाजी गर्न खोजिएको पनि हुन सक्छ । यदि कानूनीरुपमा जानुभयो भने त्यसको सामना गर्न हामी तयार छौं,’ पौडेलले दृढतापूर्वक भने ।

कथा चोरीजस्तो गम्भीर आरोप लगाएर आफूलाई र चलचित्रलाई बदनाम गर्न खोजिएकाले यसलाई कसरी प्रतिवाद गर्ने भनेर छलफल गरिरहेको उनले बताए । चलचित्रका निर्माता विनोद पौडेलले पनि चोरी भएको लागेमा प्रतिलिपि ऐनमा जान सुझाव दिएका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यो फेसबुकमा रैला मच्चाएर पुस्तक बिकाउने फन्डा र चलचित्रलाई हानी पुर्‍याउने षड्यन्त्र हो । रेकर्ड मा रेकर्ड हुँदैछ, अब चलखेल सुरु हुँदैछ । तर हामीलाई दर्शक को साथ छ । बाँकी त हामी अरूलाई टेरिँदैन ।’

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कांग्रेसमा ज्वाइँ–ससुराबीच शक्ति सन्तुलन: किन रोके गगन थापाले अर्जुननरसिंह केसी लाई?

काठमाडौं । नेपाली कांग्रेसभित्र नेतृत्व चयनको बहस फेरि एकपटक रोचक मोडमा पुगेको छ। बाहिरबाट हेर्दा यो सामान्य ‘पद बाँडफाँड’ जस्तो देखिए पनि भित्रभित्रै...

पद बाँडफाँडमै अल्झियो नेकपा: इन्चार्ज टुङ्गिए, तर शीर्ष नेतामै तानातान

विभागहरूमा कसले ‘कमान्ड’ सम्हाल्ने भन्ने रस्साकस्सी

छोराको सम्झना, बाबुको आशा र परिवारको भविष्य धूलो र माटाेमा परिणत

सरकारी टोलीसँग संवाद गर्ने मौका मिलेन, हल्ला र सूचना फरक कुरा हो

६५ मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत् आयोजनाकाे २०८४ चैत महिनादेखि विद्युत् उत्पादन गर्ने लक्ष्य

म्याग्दी । धवलागिरि गाउँपालिका–४ बगरमा ६५ मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत् आयोजना निर्माण सुरु भएको छ । हाइड्रो भिलेज प्रालि प्रर्वद्धक रहेको ...

माछा मार्ने क्रममा बेपत्ता राई ५ दिनपछि मृता फेला

उदयपुर । सुनकोशी नदीमा माछा मार्ने क्रममा बेपत्ता भएका लिम्चुङबुङ गाउँपालिका–४ जाँतेका ५१ वर्षीय शमशेर राई ५ दिनपछि मृतावस्थामा फेला परेका छन् । जि...

चितवनमा तरकारीले पाएन मूल्य

चितवन । जिल्लामा व्यावसायिक रुपमा उत्पादित तरकारीले उचित मूल्य नपाउँदा किसान मर्कामा परेका छन् । यहाँ उत्पादन भएका तरकारीले लागत मूल्य समेत पाउन नसकेप...

सुरक्षित भनिएको सेवा किन बन्दैछ असुरक्षित?

गर्भपतनकै जटिलतामा अकालमै गुमिरहेका छन् आमाहरू

‘१८० मतको काकताली’देखि ‘खाकी रवाफ’सम्म: सांसदको व्यवहारले उठायो गम्भीर प्रश्न

ओखलढुंगा । कहिलेकाहीँ राजनीतिमा परिणामहरू यस्ता आउँछन्, जसले केवल जित–हार मात्रै होइन, त्यसपछिको चरित्रलाई पनि परिक्षणमा राख्छ। गतज फागुनको निर्वाचन प...

बाढीले बगायो बाटो, यात्रा अझै ठप्प: बिपी राजमार्ग खुल्ने प्रतीक्षा लम्बिँदै

काभ्रेपलाञ्चोक । शनिबार साँझको बाढीले थलिएको बीपी राजमार्ग अझै पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन। मर्मतको प्रयास भइरहे पनि प्रकृतिको अर्को प्रहारले ...

भोजपुरमा बाढीको क्षति : पुल बग्दा सडक अवरुद्ध, साना सवारी मात्र सञ्चालनमा

भाेजपुर । भारी वर्षासँगै आएको बाढीले पुल बगाउँदा अवरुद्ध बनेको भोजपुर-चखेवा सडक पुनः एकतर्फी सञ्चालनमा आएको छ । भोजपुर नगरपालिका-५ बोखिमस्थित चाल्से ख...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending