काठमाडौं । मानव तस्करीमा जोडिएका कोशी प्रदेश सांसद लिलाबल्लभ अधिकारीलाई दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ।
आइतबार अपराह्न काठमाडौं जिल्ला अदालतका न्यायाधीश खिमानन्द भुसालको इजलासले दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको सूचना अधिकारी मेलिस बाँस्कोटाले जानकारी दिए।
आइतबार विराटनगरस्थित उनकै निवासबाट पक्राउ गरिएका अधिकारीलाई विमानबाट काठमाडौँ ल्याइएको हो ।
अधिकारीलाई मानव तस्करीसहित किर्ते गरेको आरोपमा काठमाडौँ प्रहरी परिसर अनुसन्धान गरिरहेको छ ।
अधिकारीलाई जापान मानव तस्करी गरेको आरोप लागेको थियो । उनलाई मानव तस्करीको आशंकामा जापान जानेक्रममा टोकियो विमानस्थलबाटै फिर्ता गरिएको थियो ।
अधिकारीसँगै जापान गएका तीन जनालाई प्रहरीले काठमाडौँ फर्किनेक्रममा विमानस्थलबाट पक्राउ गरको थियो उनीहरुले मन्त्रालयको नक्कली कार्ड बनाएर जापान उडेको खुलासा भएको छ ।
मानव तस्करीको आरोप लागेपछि शनिबार एमालेले अधिकारीलाई छानबिन गर्न माग गर्दै उनलाई पार्टीको सबै जिम्मेवारीबाट निलम्बन गरेको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ७ गते, २०८२ - १२:१९
सिरहा । सिरहा जिल्लाको सिरहा नगरपालिका–१२ सारसर क्षेत्रमा मोटरसाइकल मर्मतको पैसा नतिरेको विषयमा दुई समूहबीच झडप हुँदा ६ जना घाइते भएका छन्। जिल्ला ...
चैत्र ७ गते, २०८२ - १२:००
सप्तरी। सप्तरीको रुपनी गाउँपालिकामा एकै दिन एक सदा दम्पतिको निधन भएको छ। गाउँपालिका-४, छपकी टोल बस्ने ७० वर्षीय फुलेश्वर सदा र उनकी ६५ वर्षीय पत्नी दु...
चैत्र ७ गते, २०८२ - ११:४६
हुम्ला। यसवर्षको माध्यामिक शिक्षा परीक्षा (एसइई) मा हुम्लाका करिब एक हजार तीन सय विद्यार्थी सहभागी हुने भएका छन्। यसमा नियमित, पूरक र ग्रेडवृद्धि परीक...
चैत्र ७ गते, २०८२ - ११:२८
बर्दीबास। महोत्तरीको रामनगरस्थित एभरेष्ट चिनी मिलले विविध चुनौतीका बाबजुद यस वर्षको उखु क्रसिङ सफलतापूर्वक सम्पन्न गरेको छ। गत पुस ७ गते सञ्चालनमा आएक...
चैत्र ७ गते, २०८२ - ११:०३
बुटवल । लगातार वर्षापछि खसेको पहिरोका कारण सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–पाल्पा सडकखण्ड अवरुद्ध भएको छ। पाल्पाको तिनाउ गाउँपालिका-३ दोभान स्थित...
चैत्र ७ गते, २०८२ - १०:५५
सल्यान। बिरामी बोकेर नेपालगञ्ज जाँदै गरेको एम्बुलेन्समाथि शसुक्रबार राति सुर्खेतमा आक्रमण भएको छ । रुकुम चौरजहारीबाट बिरामी लिएर नेपालगञ्जतर्फ जाँदै ग...
चैत्र ७ गते, २०८२ - १०:३७
रुकुम पूर्व। रुकुम पूर्वमा भारी हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । गएरातिदेखि निरन्तर भइरहेको हिमपातका कारण रुकुम पूर्वको भुमे गाउँपालि...
चैत्र ६ गते, २०८२ - १७:२८
काठमाडौँ । अहिले काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा हावाहुरीसहित पानी परिरहेको छ । शुक्रबार अपराह्नपछि उपत्यकासहित तराईका केही जिल्लामा हुर...
चैत्र ६ गते, २०८२ - १७:२०
काठमाडौं । नेपाली कांग्रेस को केन्द्रीय कार्यसमितिको बैठक आइतबार बिहान ८ बजेसम्मका लागि स्थगित गरिएको छ। आजबाट सुरु भएको बैठक सहमहामन्त्री डिला संग...
चैत्र ६ गते, २०८२ - १६:१६
काठमाडौँ। परराष्ट्र मन्त्रालयले कन्सुलर सेवा विभागको अनलाइन दर्ता प्रणालीमा हालसम्म मध्यपूर्वबाट ८२ हजार १०० जना नेपाली नागरिकले आफ्नो विवरण दर्ता गरा...


प्रतिकृया लेख्नुहोस्: