वासिङ्टन । गाजाको नागरिक सुरक्षा निकायले प्यालेस्टिनी भूभागको उत्तरमा दुई घरमा इजरायली आक्रमणमा परी १३ बालबालिकासहित ३० जनाको मृत्यु भएको जनाएको छ ।
उत्तरी गाजाको जबालियाको एक घरमा आइतबार बिहान भएको पहिलो आक्रमणमा १३ बालबालिकासहित कम्तीमा २५ जनाको मृत्यु हुनुका साथै ३० जनाभन्दा बढी घाइते भएका नागरिक सुरक्षा निकायले जनाएको छ ।
गत अक्टोबर ६ देखि इजरायली सेनाले उत्तरी गाजाको जबालियालगायत क्षेत्रमा हमास लडाकूसमूहलाई पुनः सङ्गठित हुनबाट रोक्न चाहेको भन्दै हवाई तथा स्थलगत आक्रमण गरिरहेको छ । गाजा शहरको साबरा क्षेत्रमा भएको अर्को आक्रमणमा पाँच जनाको मृत्यु भएको छ भने अन्य अझै बेपत्ता छन् ।
“अझै पनि धेरै सर्वसाधारण भग्नावशेषमुनि पुरिएका छन्,” प्यालेष्टिनी सुरक्षा निकायले भनेको छ । सन् २०२३ को अक्टोबर ७ मा दक्षिणी इजरायलमा एक हजार २०६ जनाको मृत्यु भएको हमासले गरेको आक्रमणपछि गाजामा युद्ध सुरु भएको थियो ।
इजरायलको जवाफी कारबाहीमा गाजामा ४३ हजार ५५२ जनाको मृत्यु भएको मृतकमध्ये अधिकांश सर्वसाधारण रहेको संयुक्त राष्ट्रसङ्घले जनाएको छ । गाजा युद्ध जारी छ र यो क्रमशः लेवनानतर्फ विस्तार भएको देखिन्छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर ९ गते, २०८१ - १८:०३
काठमाडौं । निर्वाचन आयोगले मंसिर १६ गते हुने उपनिर्वाचनको मतदानका दिन सार्वजनिक बिदा दिने सम्बन्धमा पत्र लेखी पठाउने निर्णय गरेको छ । आयोगका सहसचि...
मंसिर ९ गते, २०८१ - १७:५९
काठमाडौं । कुवेत पुर्याएर करिब ४ लाख रुपैयाँ एक युवतीलाई बेचेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा नुवाकोटको तादी गाउँपालिका–५ का...
मंसिर ९ गते, २०८१ - १७:५२
मधेश । मधेश प्रदेशमा चालू आर्थिक ०८१/८२ मा नेपाल प्रहरीमा कार्यरत विभिन्न दर्जाका ७२ जना प्रहरी विभागीय कारबाहीमा परेका छन । आठ जिल्ला रहेको मधेश ...
मंसिर ९ गते, २०८१ - १७:४७
मनाङ । जाडो मौसम सुरु भएसँगै यहाँका नदी, खोला र ताल जम्न थालेका छन् । यहाँका नदी, खोला र तालतलैया जमेर चट्टान बनेका छन् । तीन हजार मिटरमाथिका अधिकांश ...
मंसिर ९ गते, २०८१ - १७:४३
बाजुरा । बाजुराको हिमाली गाउँपालिकाको बिच्छया युनामा रुखले च्यापिएर एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । आइतबार दिउँसो विद्युतकाे लाइन ता...
मंसिर ९ गते, २०८१ - १७:३७
काठमाडौं । लागूऔषध खैरो हेरोइनसहित नागढुंगाबाट प्रहरीले एक जनालई पक्राउ गरेको छ । इलामको चुलाचुली गाउँपालिका–४ का २१ वर्षीय अबिरल हिङमाङलाई पक्राउ ...
मंसिर ९ गते, २०८१ - १७:३५
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा (तामाङ) ले उद्योग चलाउन गर्न सबै सकारात्मक हुनुपर्ने बताएका छन् । उद्योग वाणिज्य, भूमि तथा प्र...
मंसिर ९ गते, २०८१ - १७:३१
पेशावर । पाकिस्तानको उत्तरपश्चिमी क्षेत्रमा तीन दिनदेखि चलेको साम्प्रदायिक भिडन्तमा कम्तीमा ८२ जनाको मृत्यु हुनुका साथै १५६ जना घाइते भएका एक स्थानीय ...
मंसिर ९ गते, २०८१ - १७:२६
ब्रसेल्स । युरोपेली सङ्घ (इयू) आयोगका अध्यक्ष उर्सुला भोन डेर लेयेनले बाकुमा भएको कोप–२९ सम्झौतालाई ‘जलवायु सहयोग र वित्तका लागि नयाँ युग’को रुपमा चित...
मंसिर ९ गते, २०८१ - १७:२०
क्यानबेरा । अस्ट्रेलिया सरकारले सामाजिक सञ्जाल कम्पनीहरूलाई आफ्नो प्लेटफर्ममा दुष्प्रचार र गलत सूचनालाई नियमन गर्न बाध्य पार्ने प्रस्तावित कानुनहरू औप...
प्रतिकृया लेख्नुहोस्: